प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी आह्वान

प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदबाट महालेखा परीक्षकमा सिफारिस तोयम रायविरुद्ध उजुरी आह्वान गरेको छ।

समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन भनेको हो।

उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ ।

उजुरी गर्न चाहनेले संघीय संसद सचिवालयको नम्बर ०१–४२००२७७ मा सम्पर्क गर्न सकिने छ भने कार्यालयको इमेलमार्फत पनि उजुरी दिन सकिने जनाइएको छ।

हिजो सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।यसअघि आइतबार बसेको संवैधानिक परिषद बैठकले महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको थियो ।

कतारी राजा शेख बंगलादेशको भ्रमण सकेर नेपाल प्रस्थान

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरेका छन्।  द पेनिन्सुला कतारका अनुसार ढाका विमानस्थलबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं प्रस्थान गरेका हुन् ।  राजा शेखलाई बंगलादेशका विदेशमन्त्री डा. हसन महमदसहितका सरकारी अधिकारीले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् ।  त्रिभुवन विमानस्थलका अनुसार उनी क्यूएएफ ६ उडानबाट अपराह्न ४ः४० बजे विमानस्थल अवतरण गर्ने तालिका छ। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जाँदैछन् ।

सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले घोषणा गरेका हुन् । इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।

जंगलमा लागेको आगो बस्तीमा पसेर जलायो १२ घरगोठ, एक जना घाईते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पसेर ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ बर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् । उनको दुवै हात जलेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीमा परी मध्यविन्दु १४ का नवलसिंह ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन र नगद १ लाख ६० हजार, भोगीराम ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन, ४ वटा कुखुरा, टेकबहादुर क्षेत्रीको घरगोठ, लत्ताकपडा भाडा वर्तन, ३ वटा बाख्रा, कर्मसिंह सोमैको घरगोठ लत्ताकपडा, भाडावर्तन पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसैगरी, खमबहादुर बारघरेको बाख्राको गोठ, लत्ताकपडा अन्नपात, हस्तबहादुर ढेंगाको बाख्रा गोठ, लत्ताकपडा अन्नपात र श्रीलाल सोमैको बाख्रागोठ लत्ताकपडा अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी मध्यविन्दु १४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाइगोरुको गोठ, लत्ताकपडाअन्नपात, थेबेल सिसंह लम्कामगरको गाईबाख्राको गोठ, गोरु एउटा, बाख्रा ३ वटा, भैसी १ वटा, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ ।

बालाजु बाइसधारा मेला, मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गर्दा जस्तै पुण्य मिल्ने विश्वास

काठमाडौं । काठमाडौँको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा मेला भर्नका लागि बिहानैदेखि बालाजु भक्तजनको घुईँचो लागेको बताए। बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।मेला भर्नेहरुको घुइँचोका कारण सवारी साधन डाइभर्सन गर्नुपरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कतारका राजा काठमाडौँमा

लोकप्रिय