गण्डकीको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकीको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

कांग्रेस र राप्रपाका सांसदले सभा बैठक बहिस्कार गरेका थिए । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।

बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो । 
कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले विना जानकारी अनुपस्थित भएको हो ।

देशभित्र देखिएका चुनौतीको सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चुनौतीको सामना गर्न पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।  नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौती देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।  यसअघि जस्तै अहिलेको चूनौती समाधान गर्न कांग्रेस सफल हुने उनको विश्वास छ । सभापति देउवाले देशमा खेलकुदप्रति युवाको आकर्षण रहेको भन्दै खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्ने बताए । 

रास्वपा सचिवालय बैठक आज, उपनिर्वाचनको समीक्षा हुने

काठमाडौं । उपनिर्वाचनको समिक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षासँगै आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकको एजेण्डा सहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा बजेट अधिवेशन बोलाउने विषयका साथै सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बुझिएको छ। मन्त्रिपरिषद बैठक विशेष परिस्थितिमा बाहेक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

हरिसिद्धीमा गहुँ काट्दै विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ललितपुरस्थित हरिसिद्धीमा पुगेर गहुँ काटेका छन् ।  आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर उनले दिवस मनाएका हुन् ।  पछिल्लो समय विप्लव खेतीपाती र कृषि कर्ममा व्यस्त भइरहन्छन् ।  पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सन्देश दिन खोजेको उनको भनाई छ । विप्लवले सोही सन्दर्भमा श्रमिक दिवसको अवसरमा नेपाल तथा विश्वभरिका श्रमिकहरुलाई शुभकामना दिदै विश्वमा श्रमिकहरुको महत्त्व बढ्दै गएको बताएका छन् ।  उनले श्रमिक र पुजीपति वर्गविचको खाडल सांघुरो बनाउदै लैजानुपर्ने बताए । विप्लवले पुजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए । हरिसिद्धीमा विप्लवसँगै पार्टी निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताले गहुँ काटेका छन् ।

लोकप्रिय