जनताको सेवा गर्न वरीयता चाहिदैन : उपप्रधानमन्त्री यादव

जनताको सेवा गर्न वरीयता चाहिदैन : उपप्रधानमन्त्री यादव

काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्नका लागि वरीयताले फरक नपर्ने बताएका छन् । 

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । 

पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईंले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताए । उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए ।

उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरेका छन् ।

भारतको बजेट : बिहारको बाढी रोक्न नेपालमा स्टक्चर बनाउँने घोषणा

काठमाडौं ।भारतमा आज आर्थिक वर्ष २०२४–२०२५ का लागि वार्षिक बजेट पेश भएको छ । बजेटले विश्वकोे पाँचौँ ठूलो अर्थतन्त्र भएको भारतको अर्थतन्त्र नयाँ आर्थिक वर्षमा ७ प्रतिशतले बढ्ने अनुमान गरेको छ। भारतीय सरकारले ११.१ लाख करोड रुपैयाँको पुँजीगत खर्च र वित्तीय घाटालाई जिडिपीको ५.१ प्रतिशतमा घटाउने योजना सहित नयाँ बजेट ल्याएको छ ।  सो बजेटमा भारतको बिहारमा वर्षेनी आउँने बाढी रोक्न र सिंचाइलाई व्यवस्थित गर्नका लागि नेपालमा बाढी नियन्त्रण तथा सिंचाइको लागि स्टक्चर बनाउने घोषणा गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज बजेट भाषणको क्रममा सो योजनाको लागि ११५०० करोड छुट्टाएको जानकारी दिइन् ।ती योजना सप्तगण्डकी र सप्तकोशी नदिसँग सम्बन्धित हुने बताइएको छ । भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले आज आफ्नो तर्फबाट सातौं पटक बजेट ल्याएकी हुन् ।उनले बजेट गरीब, महिला, युवा र किसानहरू, मध्यमवर्ग, रोजगारी, सीप, रोजगारी र एमएसएमईमा केन्द्रित रहेको बताइन् । यस्ता छन् भारतीय बजेट भाषणका प्रमुख बुँदाहरू १.गरिब, महिला, युवा र किसानमा केन्द्रित छ । २.बजेटले रोजगारी र सीपमा जोड दिएको छ । ३.बजेटमा युवाका लागि २ लाख करोड रुपैयाँको व्यवस्था गरिएको छ । ४.कृषिमा ३२ वटा उच्च उपज र जलवायु मैत्री प्रजातिहरू ल्याइनेछ। ५.बागवानी बालीका १०९ नयाँ प्रजातिहरू जारी गरिनेछ। ६.आगामी दुई वर्षमा एक करोड किसानलाई प्राकृतिक खेतीका लागि सहयोग गरिने भएको छ । ७.१० हजार बायो इनपुट रिसोर्स सेन्टर स्थापना गरिनेछ । ८.आत्मनिर्भरताका लागि सरकारले दाल र तेलहन मिसनमा ध्यान दिनेछ । ९.तरकारी उत्पादन र आपूर्ति प्रणालीका लागि क्लस्टर तयार गरिनेछ।  

बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका छन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ । सो आन्दोलनका क्रममा १ सय जनाभन्दा बढीको ज्यान गएको छ । 

लुम्बिनीमा पोखरेल पक्षीय आचार्य अघि सारिएपछि दल नेता गिरी ‘रिङ आउट’

काठमाडौं । नेपाली कांग्रेस र एमालेबिच केन्द्रमा भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले पाउने भएसँगै एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएका छन् । एमाले संसदीय दलका नेता लीला गिरी सोमबार बिहान मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनकहाँ जान तयारी अवस्थामा बसेका थिए।तर उनको सपनामा महासचिव शंकर पोखरेलको फोनले उडाइदियो । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरे।   नेकपा एमाले र नेपाली कांग्रेससहितको समर्थनमा आचार्यले ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरे।  एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा पुगेर दाबी पेस गरिएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेपालखबरलाई जानकारी दिए।   प्रदेश प्रमुखले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। यहाँ एमाले संसदीय दलका नेता समेत रहेका लिला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै थियो।   तर, अन्तिम अवस्थामा केन्द्रबाट आएको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन्।लुम्बिनी प्रदेशमा एमालेभित्र विद्यमान गुटबन्दीकै परिणामस्वरुप गिरीलाई पन्छाएर आचार्यलाई मुख्यमन्त्री बनाइएको चर्चा छ। लुम्बिनी प्रदेशमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबिच गुटबन्दी छ । गिरी उपाध्यक्ष पौडेल निकट मानिन्छन् भने आचार्य महासचिव पोखरेल निकट हुन् ।  

मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबिच सहमति

काठमाडौँ । काठमाडौँ महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ । 

लोकप्रिय