काठमाडौंमा बाढी र डुवान एकको मृत्यु, ३९ को सकुशल उद्दार

काठमाडौंमा बाढी र डुवान एकको मृत्यु, ३९ को सकुशल उद्दार

काठमाडौं । काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला परेको छ । आज बिहान अन्दाजी ७ः२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । 

मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ । बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले जानकारी दिए । उक्त शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।  बल्खुस्थित तरकारी बजार र सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ । बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन् ।  

उता कीर्तिपुर र ललितपुरका विभिन्न ठाउँमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार गरिएको छ । कीर्तिपुरको सुन्दरीघाटबाट १५ जनाको उद्धार गरिएको छ । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेको छ । डुबानमा परेको खबरसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरीको टोली खटिएको थियो । 

उक्त टोली बुधबार बिहान ५ बजेदेखि परिचालन भएको थियो । ट्युब र डोरीको सहायताले १५ जनाको उद्धार गरेको डिएसपी थापाले जानकारी दिए । यस्तै अविरल वर्षाका कारण ललितपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । 

ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धारका लागि  बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरिएको थियो ।  

उनकाअनुसार अहिलेसम्म २४ जनाको उद्धार भएको छ । ३ जना बालक, ८ जना महिला र १३ जना पुरूषको विभिन्न ठाउँबाट उद्धार गरिएको र अझैपनि उद्धारको काम भइरहेको एसपी सुवेदीले बताएका छन् । मनहरा खोलामा आएको बाढी ललितपुर महानगरपालिका–९ बालकुमारी च्यासलस्थित एमाले पार्टी कार्यालय र च्यासल फुटबल ग्राउण्डमा पसेको छ भने करिडोर क्षेत्र पनि डुबानमा परेको छ ।  

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर ९ शंखमुल, वडा १ कुपन्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथली लगायतका क्षेत्रमा बाढी पसेको छ । अविरल वर्षाका कारण गएको पहिरोले बागमती  गाउँपालिका–३ पाङ्दुरडोल  र टार्कुचेमा पहिरो खस्दा कान्ती लोकमार्ग पुर्ण अवरूद्ध  भएको छ।  त्यस्तै महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो जाँदा काभ्रे जाने बाटो अवरूद्ध भएको छ।  

गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्ममा बाढी पस्दा ४ सय कुखुरा मरेका छन् । वर्षाकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेका कारण सडक अवरूद्ध भएको छ । त्यहाँ पिपलको रूख डोजर लगाएर हटाउने काम भइरहेको एसपी सुवेदीले जानकारी दिए । 

 तेस्तै, मनोहरा खोलाको बाढीका कारण ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड पनि डुबानमा परेको छ ।

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

लोकप्रिय