सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त, शपथ आजै लिने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त, शपथ आजै लिने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२)बमोजिम सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै सोडारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उनले दाबी पेस गरेका हुन्।

गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले  मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।

हरिसिद्धीमा गहुँ काट्दै विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ललितपुरस्थित हरिसिद्धीमा पुगेर गहुँ काटेका छन् ।  आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर उनले दिवस मनाएका हुन् ।  पछिल्लो समय विप्लव खेतीपाती र कृषि कर्ममा व्यस्त भइरहन्छन् ।  पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सन्देश दिन खोजेको उनको भनाई छ । विप्लवले सोही सन्दर्भमा श्रमिक दिवसको अवसरमा नेपाल तथा विश्वभरिका श्रमिकहरुलाई शुभकामना दिदै विश्वमा श्रमिकहरुको महत्त्व बढ्दै गएको बताएका छन् ।  उनले श्रमिक र पुजीपति वर्गविचको खाडल सांघुरो बनाउदै लैजानुपर्ने बताए । विप्लवले पुजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए । हरिसिद्धीमा विप्लवसँगै पार्टी निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताले गहुँ काटेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच एकता हुँदै

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबिच पार्टी एकता हुने भएको छ । बुधवार दिउँसो बानेश्वरमा एकता घोषणा हुने क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताए ।  मंगलबार बसेको दुवै पार्टीको संयुक्त बैठकले एकता गर्ने औपचारिक निर्णय गर्दै महाधिवेशन आयोजक समिति गठन गरेको थियो । महाधिबेशन आयोजक समितिको संयोजकमा मोहन वैद्य किरण र सहसंयोजकमा धर्मेन्द्र बास्तोला तथा सन्तबहादुर नेपाली रहेका छन् ।  आयोजक समितिमा २५ सदस्य कार्यालय, ८० सदस्यको सचिवालय गठन भएको छ । यस्तै, ५७८ सदस्यीय आयोजक समिति गठन गरेको छ । बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गरिसकेको छ । सिंहका अनुसार घोषणासभाअघि पशुपतिबाट मार्चपास हुँदैछ ।  साउनभित्र महाधिवेशन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सिकिएको बताएका छन्।  उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभियक्ति दिन आग्रह गरेका छन्। “जित्न सकिएन, सिक्न सकियो ।त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।  इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए। उनले निर्वाचित भएका नेकपा ९एमाले० का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन्।

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ । सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ लिनेछन् । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका सोडारीले अरु मन्त्रालय आफैंसँग राखेका छन् । एमाले र माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी हुन सोडारीले आग्रह गरेका छन् । तर, उनीहरु दुवै दलले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने जनाएका छन् ।

लोकप्रिय