परीक्षा तालिका हेरफेरविरुद्ध काठमाडौं विश्वविद्यालयमा विद्यार्थी आन्दोलित

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र साइन्सको परीक्षा तालिका अस्वभाविक र गैरजिम्मेवारीपूर्ण तरिकाले हेरफेर गरेको भन्दै के.यू. का विद्यार्थीले परीक्षा बोर्डका अध्यक्ष तथा रजिस्ट्रार प्रा.डा. अच्युत वाग्ले समक्ष माग पत्र बुझाएका छन्।
विद्यार्थीहरुले के यू को परीक्षा प्रणाली जटिल रहेको भन्दै अस्वभाविक तालिका हेरफेरले विद्यार्थीलाई मार पर्ने बताएका छन् । आन्दोलनरत विद्यार्थी सन्तोष बुढाथोकी अनुसार-'यहाँ ड्रप सिस्टम रहेको छ अर्थात दुई लगातार २ सेमेस्टरमा विषय लागेमा र कटाउन नसकेको विषयहरुको क्रेडिट हाल सेमेस्टरको जम्मा क्रेडिटको आधी भन्दा बढी भएमा सो विद्यार्थीले पैलाकै सेमेस्टर दोहोर्यानु पर्ने हुन्छ। यस्तो सम्वेदनशिल प्रणालिमा समयमा परीक्षा नतिजा नआउदा विद्यार्थीमाझ अन्योलता निम्त्याउने गर्छ। पछिल्लो चरणमा परीक्षाका हरेक गतिविधि अस्वभाविक मात्रै नभै आम विद्यार्थीको भविष्य नै धोस्त पार्न तर्फ अग्रसर रहेको देखिन्छ।कहिले परीक्षा प्रश्नपत्र बाहिरिनु ,कहिले रिचेकिङ मार्फत १०० विद्यार्थी पास गर्दिने त कहिले मनपरी परीक्षा तालिका हेरफेर गर्ने गरेको हुदा हामी विद्यार्थीहरुले परीक्षाको मर्यादा कायम गर्ने माग सहित ज्ञापनपत्र तथा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छौँ। १४ दिनको पूर्व तयारीको समय सहित सार्वजनिक भएको तालिका एक हप्ता पछि अस्वभाविक रुप हेरबदल गरियो।'
यस्ता छन् विद्यार्थीका मागहरू
१.काठमाडौँ विश्वविद्यालयको एक चिनारी परीक्षाको मर्यादा हो , यो चिनारी जीवन्त राखियोस्।
२.परीक्षा तालिका सार्वजनिक गरिएको १५ दिन पछि मात्र परीक्षा सञ्चालन हुने बेहोरा परीक्षा कानुनमा यथाशीघ्र उल्लेख गरियोस्।
३ क्रेडिट(Credit hour ) साथसाथै विषयको सामग्री अध्ययन गरी न्यायोचित ढङ्गले परीक्षा तयारी बिदा दिइयोस् ।
४.मनपरी तरिकाले परीक्षा तालिका सार्वजनिक गर्ने र परिमार्जन गर्ने गैरजिम्मेवारपुर्ण गतिविधि रोकियोस्।
५.कुनै खण्डमा भवितव्य त्रुटि आइपरे,परीक्षा तालिका सार्वजनिक भएको ३ दिन विभिन्न परिमार्जन गरी सार्वजनिक गरियोस्।
६.परीक्षा कसैको निजी सम्पत्ति होइन, कुनै सङ्कायलाई परीक्षा सम्बन्धी समस्या आए , सबै संकायको प्रतिनिधि राखी गहन छलफल र समन्वय गरी मात्र कहीँ निर्णय गर्ने ।
७.कम्पार्ट परीक्षाको तालिका ७ दिन अगाडि सार्वजनिक गरियोस् ।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्विरोध नेतृत्व चयन (नामावलीसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व निर्विरोध रूपमा चयन गरेको छ। काठमाडौंस्थित प्रज्ञा भवनमा उद्घाटन गरीएको सम्मेलनमा देशभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनमा संगठनको भावी कार्यदिशा, रणनीति तथा सांगठनिक सुदृढीकरणका विविध विषयमा छलफल गरिएको थियो। निर्विरोध रूपमा चयन गरिएको नेतृत्वको नामावली यस्तो छ
अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही
काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्। यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।
यस्तो छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको दिन र रातिको मौसम अवस्था बारे जानकारी दिँदै देशभर विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने जनाएको छ। पछिल्लो विश्लेषण अनुसार देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायु सक्रिय भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा र देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले विशेष गरी कोशी प्रदेशमा वर्षा र चट्याङको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्। कृषक, यात्री तथा पर्वतीय भू(भागमा आवागमन गर्नेहरूका लागि मौसमको यो अवस्थाले असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।