‘श्रमाधान रोजगार मेला’आयोजना गर्दै सरकार

‘श्रमाधान रोजगार मेला’आयोजना गर्दै सरकार

काठमाडौँ ।सरकारले ‘श्रमाधान रोजगार मेला’ सञ्चालन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाईमा देशैभरि आगामी जेठ १७ देखि जेठ ३० गतेदेखि ‘श्रमाधान रोजगार मेला’ सञ्चालन गर्न लागिएको हो ।

देशका बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ । जसबाट नेपाली नागरिकको रोजगारी प्राप्त हुने, श्रमको आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने लक्ष्य राखेको छ। 

नेपालका सात वटै प्रदेशमा गर्न लागिएको यो कार्यक्रम प्रत्येक प्रदेशमा दुई दुई दिनको हुनेछ। जेठ १७ र १८ गते विराटनगरबाट सुरु हुने श्रम रोजगार मेला १९ र २० मा जनकपुरमा, २१ र २२ मा पोखरामा, २३ र २४ मा बुटवलमा, २५ र २६ मा सुर्खेतमा, २७ र २८ मा धनगढीमा हुँदै २९ र ३० गते ललितपुरमा आएर सम्पन्न हुनेछ।

उक्त कार्यक्रममा विभिन्न बुथहरू राखिनेछन्, जहाँ रोजगारी खोज्ने र रोजगारदाताबिच भेटदेखि श्रम बजारसँग सम्बन्धित विविध छलफल हुनेछ। उक्त कार्यक्रमस्थलमा रोजगारका नयाँ अवसरसँग जोडिन सरकारी र निजी  रोजगार बुथहरू हुनेछन् भने वैदेशिक रोजगारका विभिन्न पक्षहरूबारे थाहा पाउन वैदेशिक रोजगार बोर्ड बुथ हुनेछ। 

त्यस्तै श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक बारे जानकारी दिन सामाजिक सुरक्षा कोष बुथ, विभिन्न व्यावसायिक सीपहरू बारे थाहा पाउन व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुथ, सुरक्षित आप्रवासनबारे थाहा पाउन सामी बुथ, विदेशबाट फर्किएका कामदारहरूलाई समाजमा पुनर्स्थापित गर्ने बारे थाहा पाउन रेमी बुथ, उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित लगायत बहुआयामिक कुराहरू थाहा पाउन नेपाल उद्योग वाणिज्य महासङ्घ बुथ, नेपाल उद्योग परिसंघ बुथ, नेपाल च्याम्बर अफ कमर्स बुथ, तालिम तथा रोजगारबीचको अन्तर्य लगायत अन्य विभिन्न कुरा थाहा पाउन नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ बुथ, होटल व्यवसाय सँग सम्बन्धित रोजगारका विभिन्न पक्षहरूबारे थाहा पाउन होटल व्यवसायी महासंघ बुथ, श्रम सम्बन्धी कानुन सजिलो सँग जान्न ल बुथ हुनेछ। 

त्यस्तै भविष्यको श्रम बजारका लागि आजैदेखि तयारी गर्न कनेक्ट बुथ, वैदेशिक रोजगारबाट फर्केका नागरिकका सीप र दक्षतालाई उद्यमशीलतासँग जोड्न सेकेन्ड इनिङ्स बुथ, श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्या तत्काल सम्बोधन गर्न कल सेन्टर बुथ, श्रमका बहुआयामिक विषयहरूमा विज्ञहरू सहितको नीति मन्थन, नेटवर्किङ सत्र र अन्य धेरै साइडलाइन इभेन्ट समेत हुने मन्त्रालयले जनाएको छ। 

श्रमाधान रोजगार मेलाबारे जानकारी दिँदै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएको बताए। आगामी दिनमा मेलालाई जिल्ला, पालिका र वडासम्म पनि पुर्याउने उनको भनाई छ। 


 ‘श्रमाधान रोजगार मेला’मा के गरिन्छ ?

१.रोजगार खोज्नेहरूलाई विभिन्न क्षेत्रका रोजगारदाताहरूसँग भेट गराउँछ र रोजगारीका अवसर सृजना गर्छ। 

२.जागिर खोज्नेहरूको सीप अभिवृद्धि र रोजगारी बढाउन कार्यशालाहरू र नेटवर्किङ सत्रहरू सञ्चालन गर्नेछ।

३.उद्यमशीलता र स्वरोजगारको लागि अवसरहरू देखाउने छ।

४.रोजगारी खोज्नेहरूका बिच नवप्रवर्तन र व्यवसाय विकासलाई प्रोत्साहन गर्नेछ।

५.रोजगारी सृजना, उद्योगहरूको प्रवर्द्धन र गतिशील रोजगार बजारलाई बढवा दिएर नेपालको समग्र आर्थिक वृद्धिमा योगदान दिने छ।

६.अन्तरक्रिया, नेटवर्किङ, र सहयोगको लागि प्लेटफर्म सिर्जना गरेर जागिर खोज्नेहरू र रोजगारदाताहरू बिचको खाडललाई कम गर्नेछ। 

८.युवाहरूलाई विभिन्न रोजगारीका अवसरहरू सृजना गरेर व्यावसायिक विकासका लागि स्रोतहरूमा पहुँच प्रदान गरेर सशक्त बनाउने छ।

९.रोजगारीका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका रोजगारदाताहरू र नागरिक समाजका संस्थाहरू बिच साझेदारी र सहकार्यलाई बढवा दिने छ।


 

सय दिनमा सरकारले समीक्षा गर्न लायक कामै गरेन : नारायणकाजी श्रेष्ठ

विराटनगर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै आवश्यक नरहेको बताउनुभयो । ‘दुई वटा प्रमुख दल मिलेर सरकार बनाउने कुराले सामान्य संसदीय पद्धति र परम्परालाई पनि पालना गरेको छैन र नेपालको सन्दर्भमा दुई वटा पार्टी मिलेर निरङ्कुशता जाने सङ्केत भएको भनेर हामीले सुरुमै भनेका थियौँ । अहिले त्यही दिशातिर सरकार गइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ । हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन । बरु हाम्रो सरकारको पालामा भएका भ्रष्टाचारका दोषीलाई सफाइ दिने काम भइरहेको छ ।’  बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले कुनै काम नगरेको उहाँको भनाई थियो । ‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठूलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनःस्थापना, पुननिर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि । त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन,’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’ दुई वटा पार्टीले मिलेर बनेको सरकारले अध्यादेश ल्याउने अहिलेको देशको परिस्थिति नभएको उहाँले बताउनुभयो। यो कुरा कांग्रेस र एमालेले बुझ्नु पर्ने उहाँको भनाइ छ । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सोधेको प्रश्नमा श्रेष्ठले छानबिन र अनुसन्धान भेदभावपूर्ण भएको आशय व्यक्त गर्नुभयो । ‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने कुरा होइन । राज्यले कसैलाई पनि विधि पुर्‍याएर अनुसन्धान गर्न सक्छ । हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भेदभावपूर्ण हुनुहुँदैन,’ श्रेष्ठले भन्नुभयो, ‘तर, अहिले सबैको टिप्पणी के हो भने भेदभाव भइरहेको देखिन्छ । त्यस्तै गरी प्रत्यक्ष सहकारीको ठगीसँग सम्बन्धित भनेर आएको सत्तारुढ पार्टीकै नेताहरूलाई किन अनुसन्धान गर्ने काम गरिएन ? किन उनीहरूलाई कानुनको दायरामा ल्याइएन भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। त्यो सही पनि छ ।’ माओवादी सरकारमा हुँदा दोषी कसैलाई छोडिने छैन, छोड्नु हुँदैन । निर्दोष कसैलाई दुःख दिनु हुँदैन, जतिसुकै शक्तिशाली भएपनि दोषीलाई छोड्नु हुँदैन भन्ने कुरा गरेको उपाध्यक्ष श्रेष्ठले स्मरण गर्नुभयो । माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘सरकारतिर हाम्रो आँखा छैन । तर, आन्दोलन भनेको सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन,’ किन आन्दोलनमा जान लाग्नु भयो भन्ने प्रश्नमा उनले भने, ‘देश र जनताको जल्दाबल्दा समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने पनि प्रतिपक्षको काम हो । त्यसकारण हामीले विरोध गरेका हौँ ।’  दुई वटा पार्टीले मिलेर बनेको सरकार चलेसम्म आफूहरूले चलाउन दिने पनि उहाँको भनाई थियो। ‘सरकार नै चल्दै चलेन, सरकारले सङ्कट नै ल्यायो भने हामीले सोच्ने कुरा हो । तर, हामी आफूले चाहिँ सरकार कहिले ढाल्ने र सरकारमा जाने भन्ने सोचेको पनि छैनौँ, कल्पना गरेको पनि छैन र त्यतातिर जान पनि चाहन्नौँ,’ उहाँले भन्नुभयो । वर्तमान सरकारले काम गर्न नसकेपनि लोकतान्त्रिक विकल्पबाटै अर्को सरकार बन्नेतिर जानुपर्नेमा उहाँको जोड थियो । तर, वर्तमान राजनीतिक पार्टीले आफूलाई समीक्षा गरेर बदल्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो। ‘हामी माओवादीले हिजो पनि तुलनात्मक रूपमा राम्रो काम गरेका हौँ । अझ पनि बदलिनुपर्छ भनेर काम गरिरहेका छौँ,’ श्रेष्ठले भन्नुभयो । उनले वामपन्थी एकताको पक्षमा भएपनि तत्काल त्यो सम्भावना नरहेको बताउनुभयो । कम्युनिष्टहरुलाई मिलाउन चीनले भूमिका खेलिरहेको भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले त्यो चर्चामा कुनै सत्यता नभएको दाबी बताउनुभयो ।।

भ्रष्टाचारी संरक्षणको आरोप लागेपछि ओलीले डाके सत्तारुढ दलको बैठक

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।सरकारले सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको विपक्षी दलहरुको टिप्पणीकाबीच प्रधानमन्त्री ओलीले सत्तारुढ दलको बैठक बोलाएका हुन् ।  बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ । 

प्रधानमन्त्रीले आज सय दिनका उपलब्धि सार्वजनिक गर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारको सयदिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कमहरुको विवरण, आगामी योजनालगायतका विषय समेटेर सम्बोधन गर्ने छन् । एमाले अध्यक्ष समेत रहेका ओली पछिल्लो पटक प्रधानमन्त्री भएको मंगलबार एकसय दिन पुगेको छ । ओली नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सहकार्यका लागि सात बुँदे समझदारी भएको थियो । उक्त समझदारीमा राजनीति स्थिरता र संविधान संशोधनलाई मुख्य एजेण्डा बनाइएको थियो ।

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रितः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ । आज विहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’ उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उहाँले बताउनुभयो । सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उहाँले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिनुभयो । उहाँले पार्टीको पक्षमा देशब्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गर्नुभयो ।

लोकप्रिय