बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ

बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुनेगरी अघि बढाउने व्यवस्था पनि समझदारी पत्रमा उल्लेख गरिएको बताए ।


बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो परियोजनामा अनुदान र ऋण दुवै हुनेगरी योजनाहरु अघि बढाउने व्यवस्था गरिएको बताए । दुवै देशको हितमा हुनेगरी बीआरआई परियोजना अघि बढाउने विषयमा नेपाल–चीनबीच समझदारी भईसकेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा २०१७ मा समझदारी पत्रमा हस्ताक्षर गर्यौ। त्यस पछाडि त्यसको व्याख्यात्मक रुप त्यस विषयमा लगातार छलफल हुँदै आयो । र त्यसको मस्यौदा तयार भयो। त्यो मस्यौदा तयार भईसकेपछि त्यो मस्यौदा करिवकरिव अन्तिम स्थितिमा पुगेको अवस्था हो । र त्यसलाई हस्ताक्षर गर्ने हाम्रो नीति छ ।’

स्याङ्जा, पर्वत र तनहुँमा पहिरोमा पुरिएर सातजनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछि पहिरोमा परी पर्वत, तनहुँ र स्याङ्जामा सातजनाको मृत्यु भएको छ। पर्वतको फलेवास नगरपालिका–१, कार्किनेटाका कुलप्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ। कुलप्रसादका ४० वर्षीय छोरा झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३, पाखरीगोर ढुंगाका ३२ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७, काउरेका ४० वर्षीया हीरा नेपाली र सुनमाया कुमालको घर पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ। पहिरोले पुरिएर हीरा र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरो खस्दै गर्दा घरभित्र रहेका सामान स्थानीयवासी मिली निकाल्न जाने क्रममा हीरासहित तीनजना बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा दुवैजनाको शव फेला परेको हो। बेपत्ता एकजनाको प्रहरीले खोजी गरिरहेको छ। स्याङ्जाको बिरुवा गाउँपालिका–६, लामाखेतका ईश्वरी लम्सालको घर शनिबार बिहान पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ। बिरुवा–६, स्याङ्दी माझकोटका ६५ वर्षीया गुइश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

कसैले चाहँदैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : लेखनाथ दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले चाहाँदैमा राजीनामा नदिने बताएका छन्। संघीय संसदको प्रतिनिधि सभामा शुन्य समयमा आफ्नो धारणा राख्दै उनले सरकारले एक महिना भित्र संवैधानिक प्रावधान अनुसार राजीनामा दिने बताए।  “सरकारलाई समर्थन दिइसकेको राजनीतिक दलले विशवासको मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विशवासको मत लिने संवैधानिक प्रावधान छ। -असार_ २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ,” उनले भने, “संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो < कसैले चाहँदैमा राजीनामा आउँदैन।” उनले संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने भन्दै ‘अनैतिक र भ्रष्टहरू’ले नैतिकताको पाठ सिकाउन जरुरी नभएको बताए। अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनका लागि समय लिइसकेको र यसलाई नैतिकतासँग जोडेर हेर्नु आवश्यक नभएको उनले बताएका छन्। सरकारलाई समर्थन दिएको दल नेकपा एमाले, जसपा नेपालले समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको छ। एमाले आजैदेखि संसदको प्रतिपक्षी बेन्चमा बसेको छ। 

सिद्धार्थ राजमार्ग भासियो

वालिङ (स्याङ्जा)। स्याङ्जाको गल्याङ नगरपालिका–११, तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको करिब ५० मिटर सडक भासिएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।  विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बीपीसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । रासस

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार भने उक्त सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।यसअघि गत जेठ २५ गते एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो।  यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।      

लोकप्रिय