जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । जंगली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीनजनाको मृत्यु भएको छ । अन्य १६ जना बिरामी परेका छन् । 

यो एउटा पछिल्लो उदाहरण हो, वर्षाको यो मौसममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका समाचार वर्षेनी आउने गरेको छ । काँहाको च्याउ विसालु हुन्छ र कहाँको स्वास्थवर्धक हुन्छ भन्ने थाहा नपाउँदा ज्यान समेत गुमाउन परेको छ ।  त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि जंगली च्याउ नखान आग्रह गर्दै आएको छ। 

वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थाल्छन् । जंगली च्याउ निकै विषालु हुन्छन् । त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्ने मन्त्रालयले जनाएको छ।

पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन । त्यसैले जंगली च्याउ कहिल्यै नखान मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । कोसी र लुम्बिनी प्रदे लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज सूर्योदय बिहान ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ ।

सरकारले १०० दिनसम्म सत्ताको दुरूपयोग मात्रै गर्‍यो : प्रभु साह

काठमाडौँ ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिन सत्ताको दुरुपयोग मात्रै गरेको टिप्पणी  गर्नुभएको छ।  ओली सरकार विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममा मात्रै सीमित रहेको उहाँले बताउनुभयो ।  बुधबार काठमाडौंमा आज आयोजित एक कार्यक्रममा साहले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी उहाँले बताउनुभयो ।  वर्तमान सरकार विपक्षी दलहरूलाई तर्साउने र फुटाउने खेलमा लागेको पनि उहाँले आरोप लगाउनुभयो । ‘यो सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्‍यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माइनस बढी छ । नकारात्मक बढी छ’ साहले भन्नुभयो । वर्तमान सरकारको काम विपक्षीहरूलाई तर्साउन र झुटा मुद्दा लगाउनेमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले गौर हत्याकाण्डका दोषीहरू खुलेआम घुम्दा सरकारले उनीहरूलाई संरक्षण दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको भनेको मदन भण्डारीको अपमान गर्ने काम भएको समेत उहाँको टिप्पणी छ । एमालेको हाल मदननगरमा भएको जग्गा पनि अहिले कीर्तिपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहले बताउनुभयो ।

वडाध्यक्ष यादवको हत्या आरोपमा दुई आरोपी पुर्पक्षका लागि थुनामा

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा दुई आरोपीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ । इजलास नं. ४ मा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको एकल इजलासले औरही नगरपालिका- ७ निवासी सञ्जीव झा र दिलीपकुमार मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत भदौ ९ गते जलेश्वर–बर्दीबास सडकखण्डमा पर्ने बर्दीबास- ८ स्थित कल्भर्टनजिकै वडाध्यक्ष यादव मृत अवस्थामा फेला परेका थिए । वडाध्यक्ष यादवकाे मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरेकाे थियाे । प्रहरीकाे अनुसन्धानपश्चात् दुवै आरोपीलाई नियन्त्रणमा लिई अदालतमा पेस गरेको थियो । जिल्ला अदालत महोत्तरीकी श्रेस्तेदार नूतन झाले सोमबार बयान भएको र मंगलबार बहसपछि पुर्पक्षमा राख्न न्यायाधीशले आदेश दिएको जानकारी दिइन् । पीडित पक्षले सोमबार र मंगलबार अदालतको मुख्य गेटअगाडि धर्नासमेत दिएको थियो ।

प्रधानमन्त्रीले ३ बजे सय दिनका उपलब्धि सार्वजनिक गर्ने

काठमाडौँ ।  सरकारको सय दिन पार गरेको अवसरमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गर्नुभएको हो ।

लोकप्रिय