सुनचाँदीको मूल्य निरन्तर उकालो, सुन तोलामा २३ सयले बढ्यो

सुनचाँदीको मूल्य निरन्तर उकालो, सुन तोलामा २३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ।

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ भने तेजाबी सुनको भाउ पनि बढेको छ।

तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु. एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ।

यसैगरी चाँदीको मूल्य तोलामा रु. ७० ले वृद्धि भएको छ। बुधबार रु. एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज रु. एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेर एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार ७५ रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

एकै दिन २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा भारी गिरावट आएको छ। यसअघि बुधबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलामा २२ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  । बिहिबार घटेको सुनबजार शुक्रबार भने बढेको छ । शुक्रबार आज सुनचाँदीको दुवैको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य तोलामा एकै दिन चार हजार रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

लोकप्रिय