माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले दोश्रो राष्ट्रिय सम्मेलन गर्दै

माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले दोश्रो राष्ट्रिय सम्मेलन गर्दै

मकवानपुर । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले दोश्रो राष्ट्रिय सम्मेलन गर्दैछ । नेकपा माओवादी केन्द्रको जातीय मोर्चाको रूपमा रहेको यो मोर्चाले विधिवत रूपमा दोश्रो राष्ट्रिय सम्मेलन गर्न लागेको मोर्चाका अध्यक्ष  तथा संविधानसभा सदस्य तुलाबहादुर माझीले बताए ।

'गणतन्त्र, सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा हाम्रो अभियान ! माझी पहिचान सहितको स्वायत्त क्षेत्र स्थापनाको लागि दोस्रो राष्ट्रिय सम्मेलन !!' भन्ने मुल नाराका साथ मोर्चाले दोश्रो राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

मकवानपुर जिल्लाको वागमती गाउँँपालिकाको  पाँचपाण्डव झुरझुरेमा चैत १७ र १८ दुइदिन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको मोर्चाका महासचिव एवम् प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जानकारी दिइन्। उनका अनुसार मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट प्रतिनिधिहरूको उपस्थिति रहनेछ । सम्मेलनबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ ।

सम्मेलनमा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख अतिथि रहनेछन् भने पूर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थित हुने कार्यक्रम छ । कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल,  राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, सुस्पा भुजेल, पुर्व सांसद वुद्विमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलानलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएका छन् । त्यसैगरी मकवानपुर जिल्लाका राजनीतिक पार्टीका नेताहरू, सञ्चारकर्मीहरू र जनसमुदायको पनि उद्घाटन समारोहमा उपस्थिति रहनेछ ।

सम्मेलनमा जनयुद्धको क्रममा सहिद भएका माझी समुदायका परिवारलाई सम्मान, घाइते योद्वाहरू र परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनको तयारी पुर्ण रूपमा भएको केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझीले बताएकी छिन् । उनका अनुसार देशैभरबाट प्रतिनिधिहरू आउने क्रम शुरू भएको छ । प्रचारप्रसारको काम सकिएको छ । सम्मेलनको व्यवस्थापन जिल्ला समिति मकवानपुरले गरेको छ । सम्मेलन दुइदिन चल्नेछ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय