संविधान संशोधनका नाममा उपेक्षित वर्गको अधिकार खोस्ने चलखेलः पूर्वमन्त्री शर्मा
गिरिराज नेपाली
दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य रेखा शर्माले नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको सरकार संविधान संसोधनको नाममा जनताका अधिकार खोस्ने चलखेलमा लागेको बताउनुभएको छ । वर्तमान सरकार संविधान संसोधन गरी समानुपातिक समावेशिताको अधिकार सहित संविधानले उत्पीडित जाति वर्ग र समुदायले संविधान मार्फत प्राप्त गरेको अधिकार हनन गर्ने गरी संविधान नै संसोधनको आन्तरिक गृहकार्यमा रहेको बताउनुुभयो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिकाले आयोजना गरेको तिज मिलन तथा शुभकामना आदाप्रदानमा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शर्माले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको उत्पीडत जाति समुदायको अधिकार छिन्ने गरी संविधान फेर्ने र अधिकार मास्ने खेलमा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘दलित, मुुस्लिम, महिला, जनजातिहरुलाई संविधानले समानुपातिक समावेशिताको अधिकार दिएको छ । त्यो कुरा सत्ता गठबन्धन दलहरुले फेर्न चाहान्छन् । मुलुकको उत्पीडित जाति समुदाय र वर्गलाई आफ्नो अधिकार र स्वतन्त्रतावाट बञ्चित गर्न गठबन्धन सरकार चाहान्छ ।’
मुलुक परिवर्तनसँगै प्राप्त गरेको उपलब्धीको रक्षा क्रान्तिकारी शक्तिहरुले गर्ने भएकाले अब मुलुक परिवर्तनका लागि नभई प्राप्त अधिकारको रक्षाका लागि उत्पीडित जाति, वर्ग र समुदाय एक भएर लाग्नुुपर्ने उहाँले जोड दिनुुभयो । उहाँले थप्नुुभयो– ‘हिजो परिवर्तन र अधिकार प्राप्तीको लडाई थियो, आज अधिकार रक्षाको लडाई जरुरी छ । जसले हिजोको जनयुद्ध र जनआन्दोलनको झझल्को दिलाउन सकोस् ।’ महिला दिदिबहिनीहरु मुुलुकको हरेक परिवर्तनमा अग्रिणी भूमिकामा रहि परिवर्तनका लागि संघर्षशिल बन्दै आइरहे पनि हिजोको त्यो व्यवस्थाले महिलाहरुलाई थिचोमिचो र अन्यायमा पारे पनि अहिले महिलाहरु परिवर्तन सँगै अधिकार प्राप्ती अनुुभूूत गर्न पाएकाले मुुलुक परिवर्तनसँगै प्राप्त उपलब्धीको रक्षा जोगाउने प्रमुख दायित्व महिला, उत्पीडित जाति समुदायको रहेको उहाँको भनाई थियो ।
पूर्वमन्त्री शर्माले हरितालिका तीज महिला दिदि बहिनीहरुको सुख, शान्ति र मनोरञ्जनको पर्व रहेकाले यसमा विकासित समाजसँगै विकृत समेत बढ्दै गईरहेको बताउनुुभयो । तर विकृतिलाई निरुत्साहित गर्दै हाम्रा मौलिक पर्व एवं संस्कृतिहरुको परम्परा मौलिकतालाई जोगाउन जरुरी रहेको बताउनुुभयो । पछिल्लो समय चार्डपर्वका नाममा हुने खाने र हुदा खानेहरुको अन्तर समेत मौलाउदै गइरहेकाले यसलाई सास्कृतिक, सामाजिक सहिष्णुुता कायम राख्न सबैले प्रयत्न गर्नुुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘पर्वले हामी राम्रो सिकाउने, तर पर्वका नाममा हामीले धेरै कुरा नराम्रो सिकेका छौं । गरिव र धनी बीचको अन्तर विरोध र अन्तर सम्वन्ध हामीले हाम्रा चार्डपर्व र संस्कार सस्कृतिहरुबाट छुटाउदै आइरहेको छौं ।’
कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले मौलिक पहिचान सहित हाम्रा संस्कार संस्कृति हराउदै गइरहेकाले ति मौलिक पहिचान सहितको संस्कार संस्कृति जोगाउनुु हाम्रो दायित्व रहेको बताउनुुभयो । मौलिक चालचलन र सस्कार संस्कृति नै हाम्रा पहिचान रहेकाले यि यस्ता पर्वहरु देखासिकी नभई आपसी खुुसीयाली पर्वका रुपमा मनाउनुुपर्ने बताउनुुभयो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका अध्यक्ष दुरपति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङका ईन्चार्ज पुनम शेरपाईली लगायतलेको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक : सभामुख घिमिरे
काठमाडौं । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ ।मंगलबार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको छ । फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनुभयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरि मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैं तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताउनुभयो । फुटसल प्रतियोगितामा संघीय संसदका दुवै सदनका सांसद एवं कर्मचारीहरु सहभागि हुनुहुन्छ ।
एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले को केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा
काठमाडौ। नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो। यो सङ्गै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गर्नुभएको हो। कार्यक्रममा दुबै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो । संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षका हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको बताउनुभयो । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताउनुभयो। समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्ने उहाँले बताउनुभयो ।