अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

लेबनान– उत्तरी गाजामा रहेको विद्यालयमा राखिएको सेल्टर भएको इजरायली आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ। अल जजिराले ठुलो विस्फोट र आगो बलिरहेको दृश्य खिचेको जनाएको छ।

२०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ४२ हजार ७१८ जना मारिएको तथा एक लाख २८२ जना घाइते भएको जनाएको छ।


प्राध्यापक तथा हिजबुल्लाह विशेषज्ञ अमाल साद गोयरावले अमेरिकी आडमा इजरायलले पछिल्लो ७२ घण्टामा धेरै युद्ध अपराधको घटना गराएको आरोप लगाएको छ।

पछिल्लो समाचार अनुसार अमेरिकी प्रतिनिधित्व गर्दै आमोस हिचेस्टाइनले सोमबारदेखि वार्ता सुरु गरेका छन्। उनले लेबनानमा प्यालेस्टाइनी सभामुख नबिह बेरीसँग सोमबार तथा अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनसँग मंगलबार भेट गरेका छन्।


होचेसटाइनलले युद्ध रोकिने बाटोसहित वार्ता सुरु गरेको जनाइएको छ। वार्तामा लेबनानको सम्प्रभुताको विषय मुख्य रूपमा उठाइएको छ। धेरै मानव अधिकारवादीको मतमा उत्तरी गाजामा आदीबासीको समाप्तिको विषयमा अहिले भिन्न मत उत्पन्न हुन थालेका छन्।

अहिले गाजमा रहेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रणनीतिक मामला सल्लाहकार रोम डरमसँग भेट गरेका छन्। यस विषयमा एउटा योजनामा छलफल भएको जनाइएको छ।

समाचार श्रोतका अनुसार ब्लिन्केनको सुरुवाती प्रस्तावलाई नेतान्याहुले अस्वीकार गरेका छन्। अर्को समाचारका अनुसार ४ अक्टोबरमा विस्फोट भएको स्थानमा नेता हसिम सादेफाइनको उपस्थिति तथा उनको अवस्थाका बारे हिजबुल्लाहले कुनै प्रतिक्रिया जनाएको छैन।
 

मलेसियामा श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट

काठमाडौँ  ।मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) निर्धारण गरेको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष (२०२५) को बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । यो तलबमान आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउनेछ ।  यसअघि मलेसियामा श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) कायम गरिएको थियो । मलेसियाले नयाँ तलब दुई वर्षपछि बढाएको हो । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने प्रधानमन्त्री इब्राहिमको भनाइ छ । मलेसियाको न्य्नूतम पारिश्रमिक नीतिअनुसार राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकले पाउने न्यूनतम तलबमा भेदभाव गर्न पाइँदैन । यो सन् १९९७ मा जारी भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को समान पारिश्रमिक महासन्धि (१००) अनुसार मिल्दोजुल्दो छ । मलेसियाको रोजगार ऐनले पनि स्थानीय र विदेशी श्रमिकबीच कुनै पनि प्रकारको भेदभावलाई निषेध गरेको छ । नयाँ तलबमान कार्यान्वयनमा आए न्यून तलबमा श्रम गर्न जाने नेपाली श्रमिकलाई सबैभन्दा बढी तलब दिने मुलुक मलेसिया बन्नेछ । अहिले मलेसियामा रहेको आप्रवासी श्रमिकको संख्यामा नेपाली तेस्रो स्थान (१६.१७ प्रतिशत) मा पर्छन् । यहाँ तीन लाख ९९ हजार ६ सय १४ जना नेपाली कार्यरत छन् । जसमा १० हजार ९ सय ५७ जना महिला छन् । 

गाजामा इजरायलको निरन्तर आक्रमण, बालबालिकासहित ७३ को मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणहरूले उत्तरी गाजाको बेइत लाहिया शहरमा ७३ जनाको ज्यान गएको छ । जसमा अधिकांश महिला र बालबालिकाहरू रहेको गाजा पट्टीको हमास प्रशासित अधिकारीहरूले बताएका छन् । शनिबार राति भएको बमबारीपछि अरू दर्जनौं घाइते भएका छन् र धेरैजना भग्नावशेषमा थिचिएका छन् । इजरायलले हताहतीको विवरण जाँच गरिरहेको बताइएको छ । शनिबार अबेर इन्डोनेसियन अस्पताल नजिकै इजरायली सेनाको गम्भीर गोलीबारी भएको खबर आएपछि पछिल्ला आक्रमणहरू भएको बिबिसीले जनाएको छ ।  गाजाका स्वास्थ्य अधिकारीहरूले भनेका छन् कि बेइत लाहियामा उद्धार प्रयासहरू सञ्चार र इन्टरनेट सेवाहरू अवरुद्ध भएका कारण अवरुद्ध भएका छन्। हमास प्रशासित सरकारी सञ्चार कार्यालयले बमबारीले भीडभाड भएकाू आवासीय क्षेत्रहरूलाई लक्षित गरेको बताएको छ र ७३ जनाको मृत्यु भएको जनाएको छ । फिलिस्तिनी समाचार एजेन्सी वाफाका अनुसार, यो आक्रमणमा एक पूरा आवासीय कम्प्लेक्स ध्वस्त भएको छ। 

इजरायली आक्रमणमा हमासका सर्वोच्च नेता मारिए

काठमाडौं । गाजामा भएको आक्रमणमा हमासका शीर्ष नेता याह्या सिनवार मारिएको इजरायलले पुष्टि गरेको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले ​गाजामा इजरायली सेनाले गरेको कारबाहीमा उनी मारिएको गएराति पुष्टि गरेको बीबीसीले जनाएको छ । यसैगरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सिनवार मारिएको पुष्टि गरेको समाचारमा उल्लेख छ ।  सिनवार गत अक्टोबर ७ मा भएको आक्रमणको मास्टरमाइन्ड हुन् ।  इजरायली रक्षा बलले अक्टोबर १६ मा मध्य गाजाको एक भवनमा आक्रमण गरेको थियो । जसमा हमासका ३ जना सदस्य मारिएको खबर आएको थियो । पछि थाहा भयो कि ती मध्ये एक याह्या सिनवार थिए। ​​​​​​​सिनवारको मृत्युबारे अनुसन्धान गर्न डीएनए परीक्षण गरिएको थियो । यसअघि पनि इजरायलले सिनवारलाई मार्ने धेरै प्रयास गरेको थियो । तर, यसमा सफलता हात लाग्न सकेको थिए ।​ सिनवारको मृत्युबारे हमासको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।​ ​​​​​​​सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक हुन् । अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याह्या सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो । प्रधानमन्त्री नेतान्याहुले सिनवार मारिए पनि युद्ध अझै जारी रहेको बताए । उनले भने, 'सिनवारको मृत्युको क्षण हाम्रा नागरिकहरूलाई स्वदेश फर्काउन निकै महत्त्वपूर्ण छ। तर, युद्ध अझै सकिएको छैन ।' हमासका पूर्व प्रमुख इस्माइल हनियाहको इरानमा जुलाई ३१ मा हत्या भएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले उनको मृत्युको पुष्टि गरेको छ । गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको हमलामा तीन जना महत्वपूर्ण व्यक्ति थिए । जसमा राजनैतिक प्रमुख इस्माइल हनियाह, सैन्य प्रमुख मोहम्मद दाइफ र गाजाका हमास नेता याह्या सिनवार पनि थिए ।  जुलाई ३१ मा इरानमा हानियाको मृत्युपछि सिनवार संगठनको नयाँ प्रमुख बनेका थिए ।

लेबनानमा अर्को इजरायली आक्रमणः मेयरसहित पाँचको मृत्यु

काठमाडौं ।  ५ दिनपछि इजरायली सेनाले फेरि लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । मंगलबार अबेर राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको बीबीसीले लेखेको छ । आफूहरूले हिजबुल्लाहको जमिनमुनिका गोदामलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । उता, दक्षिण लेबनानको नबाहित शहरमा भएको इजरायली आक्रमणमा ५ जनाको मृत्यु भएको छ । मारिनेमा नबातिहका मेयर पनि छन् । लेबनानमा अधिकारीहरूले हालै भएको आक्रमणमा लेबनानको दक्षिण क्षेत्रमा धेरै मानिस मारिएको बताएका छन् ।  लेबनानसँगै इजरायलले प्यालेस्टाइनी बस्ने गाजामा पनि आक्रमण जारी राखेको छ । उता, मंगलबार अमेरिकाले इजरायललाई पत्र लेखेर ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन भनेको छ, अन्यथा इजरायललाई दिँदै आएको सैन्य सहायता कटौती हुनसक्ने अमेरिकाको चेतावनी छ । 

लोकप्रिय