यसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा

यसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा

काठमाडौं । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालनमा आएको छ ।

वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको जनाएका छन् । 

उनीहरुले जारी गरेको सूचनामा यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने खुलाइएको छैन ।

विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले इन्टरनेट सेवा बन्द गरेका थिए । त्यसबाट नेपालका सेवाग्राहीहरु मर्कामा परेका थिए ।

वर्ल्ड लिंक नेपालका सीईओ केशव नेपालका अनुसार इन्टरनेट सेवा अवरुद्ध नगर्न आग्रह गर्दै पत्र पठाएपछि सेवा पुनर्स्थापित भएको हो । उनका अनुसार ‘तिमीहरुले यसरी इन्टरनेट बन्द गर्न पाउँदैनौं’ भन्ने चेतावनीयुक्त पत्र पठाएपछि सेवा सञ्चालन भएको हो ।

भायानेटका अर्का एक प्रतिनिधिले पनि एयरटेललाई संयुक्त रुपमा आग्रह गरेपछि नेट चल्न थालेको बताए । उनका अनुसार सबै आईएसपी प्रभावितहरुले हामी छिट्टै समस्याको समाधान गर्न प्रतिबद्ध छौं तर नेपाली सेवाग्राहीलाई अप्ठेरोमा नपरुन् भनेर संयुक्त रुपमा आग्रह गरे पछि सेवा पुनर्स्थापित भएको हो । 

विहीबार बेलुका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई अनुरोध पनि गरेको थियो । मन्त्रालयले कानुनी व्यवस्था सम्झाउँदै यस्तो अनुरोध गरेको केही घण्टापछि नै इन्टरनेट चल्न थालेको थियो ।

नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्ने गरेका छन् । त्यसमार्फत उनीहरुले नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम नबुझाएको अवस्था छ ।

प्रज्ञा स्मृति राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता जेठ २४ गते काठमाडौंको नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा हुने भएको छ। प्रतिष्ठानकी निर्देशक गंगा दाहालले शनिबार आयोजित पत्रकार सम्मेलनमा यसअघि तीन संस्करण साइक्लिङ प्रतियोगिता आयोजना गरिसकेपछि पहिलोपटक शारीरिक सुगठन प्रतियोगिता गर्न लागिएको जानकारी दिइन्। राष्ट्रिय तथा प्रदेश खेलकुद परिषद्को सहयोगमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ५ वटा तौल समूह (६०, ६५, ७०, ७५, ७५ केजीभन्दा माथि) र महिलातर्फ खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। देशभरका जिल्लाबाट करिब १०० जना खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्न पाउने छन्। पुरुष ओभरअल विजेताले “प्रथम मिस्टर प्रज्ञा स्मृति” उपाधिसहित रू। २।५ लाख प्राप्त गर्नेछ भने महिलातर्फ प्रथम हुनेले रू.१ लाख पाउनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख १० हजार र अनुमानित खर्च ३५ लाख ३५ हजार रहेको आयोजकले जनाएको छ। स्व. प्रकाश र स्व. ज्ञानु दाहालको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खेलकुद र युवानेतृत्व विकासजस्ता क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।

प्रेस चौतारीका संस्थापक अध्यक्ष चालिसेको निधन

काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन भएको छ ।  संस्थापक अध्यक्ष चालिसेको शुक्रबार बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो । चालिसे गोरखापत्र दैनिकका पूर्वसम्पादक पनि हुन् ।

रूकुम पूर्वमा अध्यक्ष प्रचण्ड, स्थानीय उत्पादनको अवलोकन

रूकुम पूर्व, जेठ ८ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गर्नुभएको छ। उक्त सहकारीले स्थानीय उत्पादनको बजारिकरण तथा कृषकलाई उत्पादनमुखी बनाउन सहयोग पुर्‍याउँदै आएको छ। अवलोकनको अवसरमा सहकारीका अध्यक्ष रामेश्वर बुढा मगरले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरू र गतिविधिबारे जानकारी दिनुभयो। उहाँले स्थानीय रूपमा उत्पादन हुने अर्गानिक वस्तुको माग उच्च रहेको उल्लेख गर्दै त्यसअनुसार उत्पादन बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा अध्यक्ष बुढा मगरले अध्यक्ष प्रचण्डलाई सहकारीका अर्गानिक उत्पादनहरू उपहारस्वरूप प्रदान गर्नुभयो।

छत्तीसगढ़मा महासचिव बसवराजूसहित २७ माओवादी विद्रोही मारिएको दावी

भारतको छत्तीसगढ़मा रहेको बस्तर क्षेत्रअन्तर्गत नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमाक्षेत्रमा भारतीय सुरक्षाफलद्वारा सञ्चालन गरिएको अपरेसनमा सीपीआई (माओवादी) का महासचिव नम्बाल्ला केशव राव उर्फ बसवराजू सहित २७ जना माओवादी विद्रोही मारिएका छन्।  जनयुद्ध सञ्चालन गर्दै आएको भाकपा (माओवादीविरूद्ध)  यो कारबाही इतिहासमा नै हालसम्मकै सबैभन्दा ठूलो सफलता मानिएको छ। मुठभेड़को पृष्ठभूमि र कारबाही यो अपरेसन २१ मे बिहान सुराकीका आधारमा सुरु गरिएको थियो, जुन 'ब्ल्याक फरेस्ट' नाम दिइएको विशेष अभियान अन्तर्गत सञ्चालन भएको हो। कारबाहीमा CRPF, कोबरा बटालियन, STF, DRG र राज्य प्रहरीको संयुक्त टोलीले भाग लिएको थियो। जंगलमा बसवराजूसहित शीर्ष माओवादी नेताहरूको रणनीतिक बैठक भैरहेको सूचनाको आधारमा घेराबन्दी गर्दै गरिएको अपरेसनमा करिब ८ घण्टा लामो मुठभेड़ भएको बताइएको छ। घटनास्थलबाट दर्जनौं अत्याधुनिक हतियार, संचार उपकरण, दस्तावेज र विस्फोटक सामग्री बरामद गरिएको छ। केन्द्रिय गृहमन्त्री अमित शाहको प्रतिक्रिया अमित शाहले सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा पोस्ट गर्दै भनेका छन्: “नक्सलवाद अन्त्यको दिशामा यो ऐतिहासिक उपलब्धि हो। नारायणपुरमा भएको अपरेसनमा २७ कुख्यात माओवादी मारिएका छन्, जसमा सीपीआई माओवादीका महासचिव बसवराजू पनि छन्। ३० वर्ष लामो नक्सलविरोधी संघर्षमा पहिलो पटक महासचिव स्तरको नेता ढलेका छन्। म सुरक्षाफल र गुप्तचर निकायहरूलाई यो ठूलो सफलताका लागि बधाई दिन्छु।” शाहले थप जानकारी दिँदै अपरेसन ‘ब्ल्याक फरेस्ट’ को समाप्तिपछि छत्तीसगढ़, तेलंगाना र महाराष्ट्र राज्यहरूमा ५४ जना नक्सलीहरू पक्राउ परेका छन् भने ८४ जनाले आत्मसमर्पण गरेको दावी गरेका छन्। बसवराजू : एक युगको अन्त्य नम्बाल्ला केशव राव, उर्फ बसवराजू, सन् १९५४ मा आन्ध्रप्रदेशको वारंगल नजिकैको जियान्नापेट गाउँमा जन्मिएका थिए। उनी मेकानिकल इन्जिनियरिङ अध्ययन गरिरहेका बेला वामपन्थी विद्यार्थी आन्दोलनमा आबद्ध भए र 'रेडिकल स्टुडेन्ट्स युनियन' को सदस्य बने। त्यही बेलादेखि भूमिगत जीवन सुरु गरे। राजनीतिक यात्रा: बसवराजूले आफ्नो भूमिगत राजनीतिक जीवन १९८० को दशकमा सुरु गरे। सन् १९९२ मा तत्कालीन 'पीपुल्स वार ग्रुप' को केन्द्रीय समिति सदस्य भए। २००० मा PLGA (People’s Liberation Guerrilla Army) गठन भएपश्चात उनी सैन्य कमाण्डर बने। २०१८ मा संस्थापक महासचिव गणपति हटाइएपछि उनी संगठनको महासचिवमा नियुक्त भए। यो पद संगठनको सर्वोच्च नेतृत्व हो। उनी रणनीतिक गुरु मानिन्थे, जसले 'गुरिल्ला युद्ध' नीति निर्माण गरे। भूमिका र योगदान: • भारतका १० भन्दा बढी राज्यहरूमा माओवादी गतिविधिहरूको योजना बनाउन बसवराजूको भूमिका थियो। • जन अदालत, जनमुक्ति सरकार, गाउँपालिका समानान्तर संरचनाहरू निर्माण गर्ने योजना बसवराजूले नै अघि सारे। • उनले PLGA को प्रशिक्षण, हतियार व्यवस्थापन, र जंगल युद्धमा दक्षता वृद्धि गर्न धेरै काम गरे। राजनीतिक सन्दर्भ र विशेषज्ञहरूको टिप्पणी यद्यपि केन्द्र सरकार र सुरक्षाफलले यस कारबाहीलाई ऐतिहासिक सफलता मानेका छन्, माओवादी गतिविधिमा निगरानी राख्ने केही पत्रकार र सुरक्षा विश्लेषकहरूले "माओवादी आन्दोलन समाप्त भएको घोषणा गर्न अझै छिटो हुने" बताएका छन्। उनीहरूको भनाइ छ: “बसवराजूको मृत्युले संगठनलाई ठूलो आघात पुर्याएको छ, तर माओवादी आन्दोलन केवल व्यक्तिमा निर्भर छैन। जबसम्म संरचनात्मक कारणहरू – जस्तै सामाजिक असमानता, आदिवासी अधिकारको उपेक्षा, विकासको अभाव – समाधान हुँदैनन्, विद्रोहको बीउ बाँकी रहन्छ।” दीर्घकालीन प्रभाव र निष्कर्ष • नेतृत्व संकट: बसवराजूको मृत्युपछि सीपीआई (माओवादी) को रणनीतिक र वैचारिक निर्देशनमा संकट आउने देखिन्छ। बिबिसीमा प्रकाशित समाचारका आधारमा

लोकप्रिय