तीन अंकले घट्यो नेप्से

तीन अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार सामान्य अंकले घटेको छ । नेप्से ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा पुगेको छ । 

३०५ धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ०३६ रुपैयाँमा किनबेच भएको छ । आज तीन उपसमूहको समूहगत सूचक बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यसदिन गोर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपालको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ ।

नेप्से २० अंकले घट्यो

काठमाडौं ।दुई दिनको उच्च गिरावटपछि हिजो दोहोरो अंकले बढेको शेयर बजार बुधबार पुनः आरोलो लागेको छ । बुधबार २० अंकले घट्दै नेप्से २६ सय ४५ मा झरेको छ । बुधबार ३ सय २४ स्टकको १ करोड ५७ लाख बढी कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबारमा आएका मध्ये वित्त र व्यापार बाहेक अरु सबै उपसमुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण बुधबार १ सय ५५ कम्पनीको शेयर मूल्य घट्दा ७६ कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ । आइसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा महुली लघुवित्त सर्वाधिक ४ दशमलव २८ प्रतिशतले घटेको छ ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल कात्तिक ५ गते सोमबार सन् २०२४ अक्टोबर २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा रहेको छ ।  त्यसैगरी, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ । यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।  मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो ।  साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ठ भूमिकाको कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।   मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई  पनि सम्मान गरिएको थियो ।  नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान गर्ने गर्दछ ।

दसैँका खसी बोका बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु  गरेको छ। कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ र च्याङ्ग्राको एकहजार २३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । उपभोक्ताका लागि उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट गरी क्रमशः ६६० र एकहजार २२० रुपैयाँ तोकिएको छ । काठमाडौंको थापाथलीस्थित प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म २०८ वटा खसीबोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको जनाएको छ । यस्तै अन्य खसीबोका र च्याङ्ग्रा ल्याउने क्रम जारी रहेको कार्यलयको भनाइ छ । दशैँको समयमा कम्पनीले प्रत्येक वर्ष खसीबोका र च्याङ्ग्रा खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको छ। 

लोकप्रिय