खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे मा हुँदै

खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे मा हुँदै

कतार । खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे २०२४ मा हुने भएको छ । कतारको नेपाली सामाजिक सस्थाहरु मध्ये जेठो सस्थाको रुपमा स्थापित खोटाङ सेवा समाज कतारको एघारौ कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै १२औं अधिवेशनको लागि सस्थाका पदाधिकारिहरु तिब्र तयारीमा जुटेका हुन्।

प्रवासको पसिना स्वदेशको साकार सपना भन्ने मुल नारा सहित सन १९९८ जनवरी ३१ तारिक मा स्थापना भएको सस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै १२औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला खोटाङ र कतारमा सामाजिक कार्यमा सकृय सस्थाले शिक्षा स्वास्थ्य र खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गरिसकेको सस्थाका प्रमुख सल्लाहकार रुद्र शर्माले बताएकाछन ।

विभिन्न पेशा ब्याबसायमा आवद्ध खोटाङेहरुको भब्य उपस्थिति रहने अपेक्षा सहित सस्थाको १२औ अधिवेशन प्लाजा मलको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने  महासचिव पर्शुराम श्रेष्ठ पवनले बताएकाछन साथै अन्य ब्याबस्थापकिय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भब्य रुपले सफल बनाइदिन अध्यक्ष कैलाश श्रेष्ठले अनुरोध गरेका छन्।

सस्थाको अधिवेशनलाइ मध्यनजर गर्दै साधारण सदस्यता खुल्ला गरिएको हुदा कतारमा रहेका सम्पुर्ण खोटाङेहरुलाइ यथाशीघ्र सदस्य बन्न तथा सदस्यता नविकरण गर्न सबैलाइ सस्थाको फेसबुक पेज मार्फत सुचित गरिएको हुँदा स्वतस्फूर्त ढङ्गले सस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्न उपाध्यक्ष डिल्लिशेर खड्काले अनुरोध गरेका छन्।

सांस्कृतिक तथा साहित्यक रुपमा आफ्नो छुट्टै पहिचान बनाएको खोटाङ जिल्लालाइ कतारमा पनि प्रबर्द्धन गर्ने उदेश्य सहित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीको साथमा साहित्यको उच्च  संयोजन रहने उपाध्यक्ष बलराम लोप्चनले बताएका छन्।

तीन दिनदेखि सुनको भाउ स्थिर, यस्तो छ चाँदीको मूल्य

काठमाडौं । सुनको भाउ तीन दिनदेखि स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ। अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो। त्यस्तै चाँदीको भाउ बुधबार तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ कायम भएको छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ ।जारी बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ।कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तंगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् ।

चीन र ईयूबीच उच्चस्तरीय वातावरण तथा जलवायु सम्मेलन सम्पन्न

काठमाडौं । चीन र युरोपेली संघ (ईयू)बीचको पाँचौं उच्चस्तरीय वातावरण तथा जलवायु वार्ता ब्रसेल्समा सम्पन्न भएको छ।  बेल्जियमको राजधानी ब्रसेल्समा मङ्गलबार भएको छलफलमा दुवै पक्षले हरित सहयोगलाई अझ व्यवस्थित र मजभुत बनाउने विषमा सहमत भएको पिपुल्स डेली चाइनाले जनाएको छ। भेटवार्तामा चिनियाँ उपप्रधानमन्त्री दिङ सुएङयाङ र युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष मारोस सेफकोभिक लगायत सहभागी थिए । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य समेत रहेका दिङले हालैका वर्षहरूमा चिनियाँ राष्ट्रपति सी चिन फिङ र युरोपेली संघका नेताहरूले पटकपटक भेटघाट गरेका छन् ।

अमेरिकी पूर्वसभामुखले दलाई लामालाई भेट्ने, चीनको कडा चेतावनी

काठमाडौं । अमेरिकाका पूर्वसभामुख न्यान्सी पेलोसीसहितको एक प्रतिनिधिमण्डलले भारतको हिमाञ्चल प्रदेशमा गएर तिब्बती धर्म गुरु दलाई लामालाई आज (बुधबार) भेट्ने भएको छ। उक्त भेटघाटका क्रममा अमेरिकी सदनमा चीन–तिब्बत विवादलाई लिएर हालै पारित भएको एक विधेयकका विषमा समेत चर्चा हुने जनाइएको छ। यसरी अमेरिकी पूर्वसभामुख समेत रहेको टोलीले दलाई लामासँग भेट्न लागेको विषयलाई लिएर चीनले कडा असन्तुष्टि जनाएको छ।चीनले भनेको छ, “यदि, अमेरिका तिब्बतलाई चीनको हिस्सा नमानेर आफ्नो प्रतिबद्धताको सम्मान गर्दैन भने चीनले यसमा कडा कदम चाल्नेछ।”  चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले १४ औँ दलाई लामा कुनै विशुद्ध धार्मिक व्यक्ति नभएको बताएका छन् । धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा लिप्त एक निर्वासित राजनीतिक व्यक्ति भएको टिप्पणी रहेको छ ।  लिनले खासगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले कांग्रेसमा पारित भएको  चीन–तिब्बत विवाद सुल्झाउने वकालत गरिएको कानुनको समर्थन नगर्न अपिल गरेका छन् । लिनले भनेका छन्, “अमेरिकाले यो विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुन बनाउनु हुँदैन। चीन आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितलाई दृढताका साथ रक्षा गर्न कडा कदम उठाउनेछ ।”  भारतस्थित चिनियाँ दूतावासले पनि लामो वक्तव्य जारी गर्दै अमेरिकी पक्षसँग दलाई लामा समूहको चीन विरोधी पृथकतावादी प्रकृतिलाई पहिचान गर्न आग्रह गरेको छ । “शिजांग चीनले तिब्बतलाई भन्ने नामसँग जोडिएको मुद्दामा अमेरिकाले चीनसँग गरेको प्रतिबद्धताका सम्मान गरोस् र दुनियालाई गलत सन्देश दिने काम बन्द गरियोस्,” दूतावासले जनाएको छ ।   चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शिजांग हमेसा चीनको हिस्सा रहेको बताएका छन् । उनले शिजांग चीनको आन्तरिक मामिला भएको बताएका छन् ।  “कुनै पनि बाहिरी हस्तक्षेपको कहिल्यै पनि अनुमति दिइने छैन । कुनै पनि व्यक्ति वा ताकतले कहिल्यै पनि चीनलाई नियन्त्रित गर्ने र दबाउन शिजांगलाई अस्थिर गर्ने प्रयास नगरोस् । यस्तो प्रयास कहिल्यै पनि सफल हुनेछैन,” उनले भनेका छन् ।  उनले अमेरिकासँग शिजांगलाई चीनको हिस्सा मान्ने आफ्नो प्रतिबद्धतामा कायम रहन पनि आग्रह गरेका छन् । उनले शिजांगको स्वतन्त्रताको समर्थन नगरे चीनले आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितको रक्षार्थ कडा कदम उठाउने चेतावनी दिएका छन् ।  दलाई लामा भेट्न खोज्ने अमेरिकी प्रतिनिधिमण्डलमा न्यान्सीबाहेक टेक्सासका रिपब्लिकन नेता तथा अमेरिकी कांग्रेसमा विदेश मामिला समितिका अध्यक्ष माइकल मैककाल पनि सामेल छन् । बीबीसी

लोकप्रिय