पर्यटन मन्त्री हितबहादुर तामाङद्धारा पदभार ग्रहण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् ।
सिंहदरवारस्थित मन्त्रालयमा पुगेर मन्त्री तामाङले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्ने क्रममा उनले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा तापक्रम घट्दै, तराईमा हुस्सु बढ्दै
काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम फेरि तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। हिजो (मंगलबार) यो तापक्रम ८.८ डिग्री सेल्सियस थियो भने यसअघि सोमबार ८ डिग्री सेल्सियस नै थियो। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डमा कालोपत्रे गरिदै
बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर सडकमा कालोपत्र गरिएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो । यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयकी इञ्जिनियर कल्पना मिश्रले बताइन् ।
हरि रोका भन्छन् -'ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ'
काठमाडौं । अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले प्रधानमन्त्री केपी ओलीको चार दिने चीन भ्रमण राम रमिता र गरिष्ठ (दुष्पाच्य) भोजनमा सीमित हुने देखिएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा ओलीको चीन भ्रमणलाई लक्षित गरी उनले यस्तो टिप्पणी गरेका हुन् । ‘आजसम्मको देउवा–ओली गठबन्धन सरकारले आयोजना गरेको ‘बीआरआई’ छलफल र निष्कर्ष हेर्दा ओलीको चीन भ्रमण, चारदिने राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ’, रोकाले लेखेका छन्, ‘पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैँ, ऋणको केही अंश अनुदानमा बदल्ने प्रयत्नसम्म भइहाल्छ कि ?’ ओली सरकारको परराष्ट्र नीति असफलताको पराकाष्टा भएको उनको भनाइ छ । प्रधानमन्त्री ओली मङ्सिर १७ गतेदेखि चीन भ्रमणमा जाँदै छन् ।
सर्वोच्चको बोर्डमा कालो छ्यापे पछि बिनु यादव पक्राउ
काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालत अगाडिको बोर्डमा कालो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।