कुटपिटबाट युवकको मृत्यु, एक दम्पतीसहित ५ जना पक्राउ

कुटपिटबाट युवकको मृत्यु, एक दम्पतीसहित ५ जना पक्राउ
सांकेतिक तस्वीर

धनगढी । धनगढीमा छिमेकीको कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

उनका अनुसार रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।

मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो ।

कुटपिटबाट गम्भीर भएपछि रानालाई स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाग्लुङको बुर्तिबाङमा ५० शय्याको अस्पताल सञ्चालन

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन सर्वेक्षण  गरेर जनशक्तिसमेत थप गरी अस्पताल सञ्चालन गरेको हो । अस्पताल सञ्चालनसँगै बागलुङका जनतालाई स्वास्थ्यमा सहज पहुँच पुग्नेछ । अस्पतालको शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकको स्वास्थ्य सेवा रहेको बताए । उनले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले यस वर्ष आफ्नै स्वामित्वमा रहने गरी बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपललाई ५० शय्याको अस्पतालको रूपमा विकास गर्ने निर्णय गरेको बताए ।  यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्यय थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वतः बढ्ने उनको भनाइ छ ।   ०६७ सालमा तत्कालीन बागलुङ जिल्ला अस्पताललाई धौलागिरि अञ्चल हुँदै प्रादेशिक अस्पताल विकसित गरिएसँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालसरहको सेवा–सुविधाको रूपमा विकास गर्ने योजना रहेको थियो । अस्पतालको रूपमा विकास गर्ने गरी पूर्वाधार निर्माणको काम भए तापनि अस्पतालको रूपमा विकास हुन सकेको थिएन । अस्पताल नहुँदा जनताले पाउनुपर्ने निःशुल्क उपचार, औषधि, २४ घन्टे सेवा, ओपिडी, इमर्जेन्सी सेवा कटौती भएका थिए ।

राष्ट्रिय रैथाने खाना महाेत्सव पुस १२ गते देखि

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकाेत्सबकाे अबसरमा राष्ट्रिय खाना महाेत्सव आयाेजना गरिने भएकाे छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनकाे मेघाैलीमा खाना महाेत्सव गर्न लागिएकाे हाे । मेघाैलीकाे जानकी माध्यामिक बिध्यालय मेघाैलीमा आयाेजना गर्न लागिएकाे महाेत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयाेजक मायाराम चाैधरीले जानकारी दिनुभयाे । उहाँका अनुसार रु ६१ लाखकाे अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकमरी दिईयाे । चाैधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर,  गुरुङ, वाेटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महाेत्सवमा राखिने छ ।  स्थानिय समुदायकाे जीवन स्तरमामा सुधार ल्याउन महाेत्सव फलदायी हुने चाैधरीले बताउनुभयाे । महाेत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकमे छ । पत्रकमर सम्मेलनमा बाेल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षकाे समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएकाे बताउनु भयाे । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलाेकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेकाे, आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेकाे उहाँले बताउनु । दिगाे पर्यटन विकासका पूर्वाधारहरु थपिएकाे, हाेटल रेष्टुरेन्टमा सेवा बृद्वि भएकाे, पर्यटककाे संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएकाे उहाँले बताउनुभयाे । महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनाैतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएकाे बताउनु भयाे । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलाेपटक आयाेजना गरिएकाे हुँदा सिकाे गर्ने ठाउँ नहुनु, भाैतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यकाे रुपमा रहेकाे बताउनु भयाे । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाकाे बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षकाे आयाेजना गरिएकाे र साे उद्वेश्य प्राप्तिमा सफल भईएकाे बताउनुभयाे । स्थानिय जनतामा याे महाेत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयाे । यस महाेत्सब स्थानिय खाना संगै ७७ जिल्लाकाे प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईकाे नेपालकाे नक्सा विशेष आकर्षककाे रुपमा रहने उहाँले बताउनुभयाे ।

प्याब्सन दाङकाे अध्यक्षमा न्याैपाने

दाङ  । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे अध्यक्षमा निर्मल न्याैपाने विजयी भएका छन् । आइतबार भएकाे प्याब्सन दाङकाे १६ओैँ अधिवेशनबाट न्याैपाने अध्यक्षमा निर्वाचित भएका हुन् ।  न्याैपाने ६२ मतका साथ विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्वन्द्वी विजयमान जिएमले ५६ मत लिएका थिए । कुल १५७ मतमा ११८ मत खसेकाे थियाे ।  त्यस्तै बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र चन्द विजयी भएका छन् । चन्दले ६० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गिरीराज डाँगीले ५८ मत लिएका थिए ।  उपाध्यक्षमा शाेभाखर भुसाल, सचिवमा आदिम केसी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै काेषाध्यक्षमा हरि वली ६० मतका साथ निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पाेषण न्याैपानेले ५८ मत लिएका थिए ।  सहसचिवमा कृष्णप्रसाद पाेख्रेल, सहकाेषाध्यक्षमा बिमल अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।  सदस्यमा विजय गाैतम, हरि प्रसाद पाैडेल, सुनिल गाैतम, केश कुमार खड्का, बामदेव शर्मा, पार्वता भुसाल, पुष्करदेव चाैधरी, गाेविन्द खनाल,  दिपक पाेख्रेल र विष्णु हमाल निर्विरोध निर्वाचित भएका छन् ।

रामेछापमा जुनारको उत्पादन बढेपछि किसान खुसी

रामेछाप । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनी, वडा नम्बर ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा नम्बर ४ सालु र वडा नम्बर १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री थालिएको हो । गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ । मन्थली र रामेछाप नगरपालिकामा लगाइएको बगैँचाबाट मात्र यस वर्ष २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताइन् । परियोजनाका अनुसार गत वर्ष बगैँचाबाट १९ करोडको मात्र जुनार बिक्री भएको थियो । पन्ध्र रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान हिमाल तामाङले बताए । अघिल्लो वर्ष दुई लाख ५० हजारको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताए । ओख्रीनीकै दिलमाया तामाङले पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताइन् । ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताए । ओख्रेनीका मात्र नभइ सुकाजोरका रामकुमार कार्की र ज्ञानुका कार्कीको बगैँचामा पनि जुनार पहेँलपुर भएको छ । पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ । जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन् । ओख्रेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायत किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन् । रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो । रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन झण्डै ५० प्रतिशतले वृद्धि भएको बताए ।

लोकप्रिय