एमाले सचिवालय बैठक : सरकार ढलाउने निर्णय, बनाउनेबारे पछि छलफल गर्ने

एमाले सचिवालय बैठक : सरकार ढलाउने निर्णय, बनाउनेबारे पछि छलफल गर्ने

काठमाडौं। नेकपा(एमाले)को संसदीय दल बैठक सम्पन्न भएको छ । बैठकले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत नदिएर सरकार ढलाउने निर्णय गरेको छ भने बनाउनको लागि पछि बैठक बस्ने बताएको छ । 

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित भएर सरकार ढलाउने प्रक्रियामा समेल हुन निर्देशन पनि दिएको छ।

यद्यपी एमालेले सरकार बनाउने विषयमा भने पछि छलफल गर्ने भएको छ । त्यसैले मन्त्रीहरु क-कसलाई के बनाउने  र सत्ता शक्ति बाडफाडबारे भने बैठकले केही निर्णय लिएको छैन् ।

आज सत्तारुढ दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलको बैठक शुक्रबार दिउँसो तीन बजे बस्दैछ। बालुवाटारमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सात बुँदे सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्। सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन्।

दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्दै विप्लव

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्न थाल्नुभएको छ । उहाँले प्रदेश राजधानी देउखुरीस्थित राप्ती गाउँपालिकाको सभाहलमा ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्व’ विषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया गरिरहनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी दाङले कार्यक्रमको आयोजना गरेको हो ।

रास्वपाले भोलिदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।  पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो  । उहाँका अनुसार पोखराको आन्दोलन आज अन्तिम हो ।’  

लेनिनको शतवार्षिकीमा अक्टोबर क्रान्तिको बहस

दाङ । रुसी अक्टोबर क्रान्तिका नायक तथा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनकाे शतवार्षिकीको अवसरमा याे वर्ष देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । उनका विश्व, कम्युनिस्ट आन्दोलनमा लेनिनले विकास गरेकाे विचार, संघर्ष र  समग्र याेगदानका विषयहरु समेटेर आगामी जनवरीमा समापन गर्नेगरी जनस्तरबाट केन्द्रीयस्तरमा गठित लेनिन स्मृति शतवार्षिकी समितिले राजनधानीमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने राजधानी बाहिर पनि कार्यक्रमहरु भइरहेका छन् । साेही अभियान अन्तर्गत आजको सन्दर्भमा लेनिनका योगदान, रुसमा भएको युगान्तकारी अक्टोबर क्रान्ति र प्रतिक्रान्तिका शिक्षाहरु, लेनिनवादको महत्व लगायतका विषयहरुलाई जनस्तरसम्म पुर्याउने उद्देश्य राखेर लेनिन शतवार्षिकी समिति दाङले यही कार्तिक १० गते गर्न लागिरहेकाे वृहत् विचार अन्रतक्रिया कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे लेनिन शतवार्षिकी समिति दाङका संयाेजक प्रमाेद धितालले जनाएका छन् । दाङको घोराहीमा आगामी कार्तिक १० गते ‘लेनिन र आजको समय’ विषयक विचार गोष्ठी हुन  लागेकाे धितालले प्राणमञ्चसँग बताए । लेनिन स्मृति शतवार्षिकी, दाङ आयोजक समितिको आयोजनामा हुने सो कार्यक्रममा सतवार्षिकका केन्द्रीय संयोजक निनू चापागाइँ र सदस्य डा.अमर गिरी मुख्य वक्ताको रुपमा उपस्थित हुनेछन् । कार्यक्रममा आयोजक समितिकै केन्द्रीय सदस्य तथा दाङका संयोजक प्रमोद धितालले पेश गर्ने ‘लेनिन र आजको समय’ शिर्षकको कार्यपत्रमाथि शशिधर भण्डारी, निर्मल आचार्य, डा. शुरामणि बेलबासे, सविन पोख्रेल र गणेश आचार्यले टिप्पणी गर्नेछन् । केन्द्रमा गठित लेनिन स्मृति शतवार्षिकी समितिको केन्द्रीय आयोजक समितिले अन्तराष्ट्रिय लेनिन सेमिनार लगायत विभिन्न कार्यक्रम गरिसकेको छ भने तथा जिल्लाहरुमा गठित आयोजक समितिहरुले यस अघि विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । केन्द्रीय स्तरबाहेक पोखरा र दाङमा लेनिन स्मृति शतवार्षिकी आयोजक समितिहरु गठन गरिएका छन् । आयोजकहरुले आगामी जनवरीसम्म थप कार्यक्रम सहित शतवार्षिकी अभियान सम्पन्न गर्ने योजना बनाएका छन् । दाङको घोराहीमा हुने वृहत विचार गोष्ठीमा सक्रिय सहभागीताका लागि सम्पूर्ण समाज रुपान्तरणकारी, प्रगतिशील तथा वामपंथीहरुलाई आयोजक समितिले अनुरोध गरेको छ ।

लोकप्रिय