अग्नि सापकाेटाकाे विश्लेषण: यसकारण आवश्यक पर्यो वाम गठबन्धन…
अग्नि सापकाेटा/
माओवादी केन्द्र र एमालेबीचको निर्वाचन गठबन्धन निर्माण तथा पार्टी एकतासम्म जाने घोषणा निःसन्देह नेपाली राजनीतिको पछिल्लो ठूलो परिघटना हो ।
यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो तरंग पैदा भएको छ । नेपालको राजनीतिक वातावरणले यतिवेला अन्तर्राष्ट्रिय जगत्को ध्यान खिचेको छ ।
लामो प्रक्रियाको निष्कर्ष
झट्ट हेर्दा आममानिसका लागि आकस्मिकजस्तो लागेको छ । सर्वसाधारणले आकस्मिक वा अपर्झट निर्णय भएर यो गठबन्धन खडा भएको भनेर बुझे पनि वास्तवमा २०६४ देखि यसको अभ्यास निरन्तर भइरहेको थियो । हाम्रो पार्टी शान्तिप्रक्रियामा आएदेखि नै कम्युनिस्ट तथा वामपन्थी दलहरू एकता प्रक्रियामा जानुपर्छ भन्ने बहस भएको हो । त्यतिवेला यससम्बन्धमा मस्यौदासमेत बनिसकेको थियो ।
स–साना झुन्ड हुँदा काम गर्ने सोच पनि सानै हुन्छ । गठबन्धन निर्माणले फराकिलो सोचका साथ काम गर्ने वातावरण तयार गर्दै छ ।
तर, त्यो अघि बढ्न सकेन । ०६४ को पहिलो संविधानसभाअगाडि एमालेले त्यसमा रुचि कम देखायो । उक्त संविधानसभाको निर्वाचनमा हाम्रो पार्टीले सबैभन्दा धेरै जनमत पायो । हामीले हाम्रै पहलमा कम्युनिस्ट केन्द्र निर्माणको अभियान चाल्यौँ । ०६५ मा तत्कालीन नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र) बीच एकीकरण भयो । अन्य विभिन्न साना समूह तथा कम्युनिस्ट व्यक्तिहरू त्यो प्रवाहमा समाहित हुनुभयो । तर, एमालेसँगको एकता प्रक्रिया अगाडि बढ्न सकेन ।
दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले पहिलेभन्दा जनमत सुधार गर्यो । हाम्रो पार्टी तेस्रो भयो । संविधानका कैयौँ मुद्दामा हामी र एमालेबीच विभिन्न फरक मत रहे । तथापि, हाम्रो तर्फबाट एकता प्रक्रियाका लागि वेलावेला पहल भए । नयाँ संविधानपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई हाम्रो समर्थन र त्यसमा सहभागिता अब प्रगतिशील र वामपन्थी शक्ति मिलेर अघि बढ्नुपर्छ भन्ने थियो । तर, बीचमा त्यसमा समस्या आयो र केही समय यो प्रक्रिया अलमलियो । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको नतिजा आउँदै गर्दाचाहिँ माओवादी केन्द्र र एमालेलाई एकल ढंगले अघि बढ्दा राष्ट्र, जनता र दुवै
पार्टीको हित हुन्न भन्ने गहिरो गरी लाग्यो । दुवै दलका नेतृत्वले सोचेजस्तो परिस्थिति छैन भन्ने बुझ्यौँ । राजनीतिक स्थिरता, सामाजिक न्यायसहितको आर्थिक समृद्धि, आमउत्पीडितको हितका लागि देशका कम्युनिस्ट, वामपन्थी तथा प्रगतिशील शक्ति एकै ठाउँ उभिनुपर्छ भन्ने लाग्यो ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि पार्टी एकता प्रक्रिया विधिवत् रूपमा अघि बढ्छ र महाधिवेशनबाट वैचारिक, राजनीतिक, रणनीतिक र कार्यनीतिक कार्यक्रमहरू संश्लेषण हुन्छन् । स्वार्थ र सत्ताभन्दा धेरै माथि उठेर एकतालाई सुदृढ गर्दै छौँ ।
प्राकृतिक गठबन्धन
राजनीतिक र आर्थिक कार्यक्रमका हिसाबले नेपालका कुनै दुई ठूला पार्टीहरूमा समानता छ भने माओवादी र एमालेमै हो । दुवै पार्टी वैज्ञानिक समाजवाद र भौतिकवादमा विश्वास गर्छन् । हाम्रो लक्ष्य स्वाभिमानपूर्ण राजनीतिक र आर्थिक अवस्थाको सिर्जना हो जहाँ कुनै पनि मानिसले आफ्नो योग्यता प्रस्फुटन गर्ने मौका पाउनेछ ।
आमजनताको चाहना पनि नेपालका कम्युनिस्ट, वामपन्थी तथा प्रगतिशीलहरू अलग–अलग रहनुहुन्न, मिल्नुपर्छ भन्ने नै थियो । नेपालको झन्डै दुईतिहाइ जनमत कम्युनिस्ट तथा वामपन्थी शक्तिको पक्षमा छ । राजनीतिक स्थिरता आमजनताको चाहना हो । सामाजिक न्यायका सवालहरूमा पनि माओवादी र एमालेमा धेरै समानता छन् । आन्तरिक तथा बाह्य राष्ट्रियतालाई सुदृढीकरणको नेतृत्व पनि कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरू नै गर्नुपर्छ भन्ने जनमत छ ।
राजनीतिक स्थिरता र समृद्धिका लागि
वाम गठबन्धन आजको ठोस आवश्यकता हो । यो गठबन्धन देशको सार्वभौमसत्ता एवं देश र जनताको आर्थिक समृद्धितर्फ परिलक्षित छ । अहिलेको वस्तुगत अवस्थालाई बुझेर नै दुवै दलको नेतृत्वबाट एकताको पहल भएको छ । राष्ट्रको आवश्यकतालाई मनन गरेर दुवै दलको नेतृत्वको त्याग र योगदानको प्रतिफल पनि हो यो गठबन्धन निर्माण । यो गठबन्धनपछि आमजनतामा अब यो गठबन्धनको पक्षमा दुईतिहाइसहित तत्कालका लागि राजनीतिक स्थिरता कायम हुन्छ । कमसेकम पाँच वर्षका लागि स्थिर सरकार बन्छ र त्यो सरकारले समतामूलक आर्थिक समृद्धिका कार्यक्रमलाई तीव्र गतिमा लैजान सक्छ भन्ने आत्मविश्वास आमजनतामा छ ।
नयाँ संविधानले निर्दिष्ट गरेको लक्ष्यमा नेपालका दक्षिणपन्थी वा यथास्थितिवादी पार्टीहरूले लैजानै सक्दैनन् । नयाँ संविधानपछि एकातिर दक्षिणपन्थी र अर्कातिर वामपन्थी धारका शक्तिहरू धु्रवीकृत हुनुपर्ने बाध्यता आएको थियो ।
तत्कालका लागि चुनावी तालमेलजस्तो देखिए पनि यो दीर्घ प्रक्रियाको सुरुवात मात्रै हो । गठबन्धन निर्माणको क्रम अघि बढ्दै जाँदा पार्टी एकीकरण पनि सुनिश्चितजस्तै भएको छ । वस्तुगत आवश्यकताले पार्टी एकीकरणतिर लैजान हामीलाई प्रेरित ग¥यो, फलस्वरूप एकता संयोजन समिति पनि बनिसकेको छ । प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनपछि पार्टी एकता प्रक्रिया विधिवत् रूपमा अघि बढ्छ । एकता महाधिवेशनबाट वैचारिक, राजनीतिक, रणनीतिक र कार्यनीतिक कार्यक्रमहरू संश्लेषण हुन्छन् ।
समाजवादतर्फ अघि बढ्न
नयाँ संविधानमा ‘समाजवादतर्फ उन्मुख’ हुने उल्लेख भएको छ । तसर्थ, संविधानको कार्यान्वयन गर्ने भनेको समाजवादलाई लागू गर्दै समाजवादी क्रान्तितर्फ अघि बढ्नु हो । तसर्थ, हामी दुवै पार्टी दूरगामी लक्ष्यका साथ पार्टी एकीकरणतर्फ जान लागेका हौँ । अब कांग्रेसजस्तो यथास्थितिवादी पार्टीले त्यसको नेतृत्व गर्न सक्दैन । अग्रचेतना र स्पिरिट भएको कम्युनिस्ट शक्तिले मात्र सक्छ ।
पार्टी एकीकरण दुईवटा भौतिक वस्तु आपसमा जोडेजस्तो होइन । यो रासायनिक प्रतिक्रियाजस्तो हो जहाँ दुई पार्टी मिल्दा रूपान्तरण हुनेछन् र नयाँ पार्टी बन्नेछ
कतिपयले यो गठबन्धन चुनावसम्मका लागि मात्र हो भन्ने तर्क पनि गरेको सुनिन्छ । एकता भइहाल्यो भने पनि टिकाउ हुँदैन भन्ने जमात पनि छ । तर, यो गठबन्धन एकीकरणतिर जाने र त्यो टिकाउ हुने केही आधार छन् । जस्तै, दुवै पार्टीका आधारभूत कार्यक्रम मिलेका छन् । आधारभूत तह नै बलियो भएपछि धेरै विषयमा सहमति निर्माण गर्न सकिन्छ । त्यसक्रममा दुवै पार्टीका विचारका विषयमा छलफल गर्दै लगिनेछ । निर्वाचन सकिएपछि त्यो प्रक्रिया थालनी हुन्छ । लगत्तै एकीकरणलाई औपचारिक रूपमा टुंग्याउन महाधिवेशनतर्फ जान्छौँ । महाधिवेशनले नयाँ वैचारिक संश्लेषण गर्नेछ ।
जनताको सेवा गर्न
यो गठबन्धनबाट आतंकित भएकाहरू तत्कालीन स्वार्थ र सत्ता प्राप्तिका लागि मात्रै पार्टी एकीकरणको चर्चा गरिएको दाबी गर्छन् । निश्चय पनि राजनीतिक पार्टीको लक्ष्य सत्तामा पुगेर जनताको सेवा गर्नु नै हो । आगामी दिनमा स्थिर सरकार दिएर आमजनतालाई स्वाभिमानीपूर्ण जीवन बाँच्न सक्ने बनाउने उद्देश्यले यो गठबन्धन निर्माण भएकै हो । नयाँ संविधानले निर्दिष्ट गरेको लक्ष्यमा नेपालका दक्षिणपन्थी वा यथास्थितिवादी पार्टीहरूले लैजानै सक्दैनन् । नयाँ संविधानपछि एकातिर दक्षिणपन्थी र अर्कातिर वामपन्थी धारका शक्तिहरू धु्रवीकृत हुनुपर्ने बाध्यता आएको थियो ।
तर, यसको उद्देश्य त्यति मात्र होइन । यो गठबन्धन समाजवादको आधार तयार गर्नका लागि हो । चुनाव सँघारमा भएकाले तात्कालिक हिसाबले पनि यो महत्वपूर्ण छ नै, देशलाई आर्थिक समृद्धिको बाटोमा डोहो¥याउन पनि यस्ता गठबन्धन आवश्यक थियो । आधारभूत कार्यक्रममा समानता भएका पार्टीहरू मिल्नु राष्ट्रको हितमा पनि छ । दीर्घकालीन हिसाबले प्रगतिशील शक्तिले राष्ट्रको नेतृत्व गर्नु फाइदाजनक छ । स–साना झुन्ड हुँदा काम गर्ने सोच पनि सानै हुन्छ । गठबन्धन निर्माणले फराकिलो सोचका साथ काम गर्ने वातावरण तयार गर्दै छ ।
यो गठबन्धन निर्वाचनमा इमानदारीपूर्वक जाला र त्यसपछि कायम रहँदै एकीकरणतिर अघि बढ्ला भन्ने हाम्रो दाबीलाई पत्याउन धेरैलाई गाह्रो भइरहेको छ । गठबन्धन निर्माणपछि कैयौँ शक्तिको सोचमा भूकम्प पनि गएको छ । यो निरन्तरतामा ठूलो क्रमभंगता भएका कारण पनि त्यसो हुन गएको हो ।
निश्चय पनि गठबन्धनको जति सम्भावना छ, त्यति नै चुनौती पनि देखिन्छ यो टिकाउन र अघि बढाउन । अहिले केहीबाट एकले–अर्कालाई निलेको भन्ने विश्लेषण भइरहेको छ, तर यो त्यसो होइन । माओवादी पार्टी एमालेकरण हुने वा एमाले पार्टी माओवादीकरण हुने भन्ने पनि होइन । पार्टी एकीकरण दुईवटा भौतिक वस्तु आपसमा जोडेजस्तो होइन । यो रासायनिक प्रतिक्रियाजस्तो हो जहाँ दुई पार्टी मिल्दा रूपान्तरण हुनेछन् र नयाँ पार्टी बन्नेछ । दुवै पार्टीका नेता–कार्यकर्ताले यसरी सोचिरहेका छौँ र नयाँ पार्टी निर्माण हुनेछ । नयाँ पत्रिकाबाट
– पूर्वमन्त्री सापकोटा माओवादी केन्द्रका कार्यालय सदस्य हुन्
दैलेखमा पेट्रोलियम अन्वेषणका लागि अब दुई सय मिटर ड्रिलिङ बाँकी
दैलेख । दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार शनिबारसम्म तीन हजार आठ सय मिटर ड्रिलिङको काम सम्पन्न भएको छ। अव दुई सय मिटर ड्रिलिङ बाँकी छ। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ सुरु गरिएको थियो। खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले पुस महिनाभित्र ड्रिलिङको काम सम्पन्न हुने बताए। ‘सात महिनामा तीन हजार आठ सय मिटर ड्रिलिङ सम्पन्न भएको छ,’ लुइँटेलले भने, ‘यो महिनाभित्र ड्रिलिङ र अरू प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ चिनियाँ र नेपाली टोलीले दुई चरणमा ड्रिलिङको काम गर्दै आइरहेको छ। जियोलोजिष्ट लुइँटेलका अनुसार दैनिक १५ देखि २० मिटरसम्म ड्रिलिङ हुने गरेको छ। दैलेखको पञ्चकोसी क्षेत्रमा वर्षौदेखि ज्वाला बलिरहेको र यस क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास रहेको अनुसन्धानबाट देखिएपछि अन्वेषण सुरु गरिएको हो। ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ। प्राविधिक टोलीले प्रत्येक मिटरबाट संकलन गरेको स्याम्पल ड्रिलिङस्थल, खानी तथा भूगर्भ विभाग र चीनमा परीक्षणका लागि पठाउँदै आइरहेको आजको नागरिक दैनिकमा खबर छ ।
ओली प्रधानमन्त्री भएपछिका तीन महिनामा बढ्यो ८९ अर्ब सार्वजनिक ऋण
काठमाडौं । केपी ओली नेतृत्वको सरकार सय दिन पूरा गर्ने सम्मुखमा छ । उनी प्रधानमन्त्री भएको तीन महिना (साउन–असोज)मा मात्रै देशको सार्वजनिक ऋण ८८ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । योसँगै असोज मसान्तसम्म सरकारको थाप्लोमा २५ अर्ब २३ अर्ब तीन करोड सार्वजनिक ऋण पुगेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। यसअघि ०८०/८१ को अन्त्यसम्म २४ खर्ब ३४ अर्ब नौ करोड ऋण थियो । ओली ३० असारमा प्रधानमन्त्री भएका थिए । पछिल्लो तीन महिनामा सरकारले एक खर्ब ३६ अर्ब रुपैयाँ ऋण उठाएको छ भने ६९ अर्ब सावाँ भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण आन्तरिकतर्फ १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्यतर्फ १२ खर्ब ८६ अर्ब ७३ करोड पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा सार्वजनिक ऋण ४४.२३ प्रतिशतबराबर पुगेको छ । सरकारले चालू आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । असोज मसान्तसम्ममा एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण प्राप्त गरेको छ । यस अवधिमा ५९ अर्ब ६० करोड आन्तरिक ऋणको सावाँ र नौ अर्ब ४३ करोड बाह्य ऋणको सावाँ भुक्तानी गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २४.९२ प्रतिशत छ । जसमध्ये आन्तरिक ऋण ३४.८५ प्रतिशत र बाह्य ऋण प्राप्ति ९.८२ प्रतिशत छ । अर्थविद् डा. चन्द्रमणि अधिकारी सरकारको आम्दानीभन्दा खर्च धेरै हुँदा ऋण परिचालन बढाउन दबाब भएको बताउँछन् । ‘अहिले सरकारको आम्दानीभन्दा खर्च धेरै (बजेट घाटा) छ । खर्च धान्नका लागि पनि ऋण परिचालन बढाउन दबाब भएको देखिन्छ । विदेशी ऋण परियोजनामा आउने हुन् । तर, पुँजीगत कार्य नहुँदा वैदेशिक ऋण परिचालन बढ्न सकेको छैन । चालू खर्च बढी भएको छ, तर राजस्व संकलन कमजोर भएको छ । त्यसले गर्दा ऋण प्राप्ति बढाउन दबाब भएको देखिन्छ,’ उनले भने, ‘समग्रमा स्रोत अभावकै कारण ऋण प्राप्ति बढाउन परेको देखिन्छ । यसरी पहिलो त्रैमासमा ऋण बढी परिचालन गरेको अवस्थामा आर्थिक वर्षान्तमा स्रोत व्यवस्थापनमा चुनौती हुन सक्छ ।’ ब्याजमै भयो १४ अर्ब खर्च सार्वजनिक ऋण बढ्दै जाँदा ऋण भुक्तानीमा हुने खर्चसमेत बढेको देखिन्छ । चालू आवको तीन महिनामा सरकारले ऋणको सावाँ–ब्याज भुक्तानीमा ८३ अर्ब सात करोड खर्च गरेको छ । यस अवधिमा ६९ अर्ब तीन करोड सावाँ फिर्ता गरेको सरकारले ब्याजमा १४ अर्ब चार करोड खर्चिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ । तीन महिनामा आन्तरिक ऋणको ब्याज ११ अर्ब ८५ करोड र बाह्य ऋणको ब्याज दुई अर्ब १९ करोड भुक्तानी गरेको हो । चालू आर्थिक वर्ष ०८१/८२ मा ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब वार्षिक बजेट विनियोजन गरिएको थियो । असोज मसान्तसम्ममा वार्षिक विनियोजनको २०.६२ प्रतिशत ऋण सेवामा खर्च भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कुल ऋण सेवा खर्च १.४६ प्रतिशत छ ।
किन चुलिदैछ कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि
काठमाडौं । कांग्रेस नेता शेखर कोइराला आफ्नै पार्टीसमेत संलग्न सरकारले सय दिन पनि पूरा नगर्दै चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सामान्यतः सरकार बनेको सय दिनलाई ‘हनिमुन’ अवधिका रूपमा लिएर अरूले पनि शंकाको सुविधा दिने राजनीतिक प्रचलन छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई महिना मात्र हुँदै गर्दा सत्तारूढ दलकै नेता कोइरालाबाट आलोचना हुन थालेको हो । अनेक शंका–उपशंकाका बीच कोइराला भने अन्य कारण नभएर प्रधानमन्त्री ओलीका केही कार्यशैलीगत विषयप्रति मात्र आफ्नो असन्तुष्टि रहेको बताउँछन् । खासगरी ओली सरकारले गरेका केही निर्णय र पहलकदमीप्रति कोइरालाको मुख्य चासो देखिएको छ । उद्योगीहरूबाट ‘डेडिकेटेड र ट्रंकलाइन’ को महसुल भुक्तानी गर्ने विषयलाई लिएर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको योजनाप्रति आफ्नो समर्थन नरहेको उनले बताए । ‘कुलमानका कमीकमजोरी थिए भने त्यसलाई हेर्न राज्यका संयन्त्रहरू थिए तर डेटिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानीको विषयमा जसरी उनलाई हटाउन खोजियो, त्यसमा मेरो असन्तुष्टि हो,’ उनले भने । बालुवाटारमा सर्वदलीय बैठक राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन गरिएको निर्णयप्रति पनि कोइरालाको आपत्ति नै थियो । संसद्मा रानाविरुद्धको प्रस्ताव दर्ता गर्न कांग्रेस र एमालेका मुख्य सचेतकहरूले हस्ताक्षर संकलन गरिरहेको दिन कोइराला पार्टी सभापति शेरबहादुर देउवा र इतरसमूहका नेताहरूसँग असन्तुष्टि जनाउ दिएर आँखा उपचारका लागि सिंगापुर हिँडेका थिए तर पूर्वको सिंगापुर जान उनले पश्चिम दिल्लीको बाटो लिएका थिए । ‘एकपटक हामी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा गएर फसेका छौं, अहिले फेरि उपसभामुखलाई हटाउने भनेर फस्न हुन्न भन्ने मेरो कुरा थियो । न दुई तिहाइ पुग्ने अवस्था थियो, न उनीविरुद्धको आरोप पुष्टि हुने अवस्था नै थियो, त्यसैले शेरबहादुरजीलाई नै असन्तुष्टि जनाएर म हिँडेको थिएँ,’ उनले भने । सत्ता गठबन्धनमा कांग्रेस–एमालेका अलावा अशोक राई नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि छन् । सत्तामा रहेका सबै दलको सांसद संख्या जोड्दा पनि दुई तिहाइ पुग्दैन । ‘तर अपुग २/३ सांसद पुर्याउन सरकारलाई समस्या थिएन । मधेसमा सत्ता सहकार्य गरेको जनमत वा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमध्ये एउटा दलले समर्थन गर्दा सहजै दुई तिहाइ पुग्थ्यो । कोइरालाकै असन्तुष्टिले प्रधानमन्त्री ओली र हाम्रा सभापति देउवा हच्किनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेका बेला पार्टीभित्रै असन्तुष्टि बढाउँदा समीकरण तलमाथि हुन सक्ने चिन्ता देखिएपछि रोकिएको हो ।’ कोइरालाको असन्तुष्टिकै कारण उनीनिकट सदस्यहरूले उपसभामुखलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । कोइरालाको साथ नपाएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रानालाई उपसभामुखबाट हटाउने निर्णयबाट पछि हटे । माओवादीसँग सहकार्य गरेकै बेलादेखि सरकारको स्थिरिता र विकासका लागि कांग्रेसले एमालेसँग समीकरण गर्नुपर्ने पक्षमा कोइराला थिए । डेढ वर्षअघि एमालेले सरकार छाडेपछि कांग्रेस–माओवादी सत्ता सहकार्यमा रहेका बेला कोइरालाकै योजनामा कोशी प्रदेश सरकार गठनमा ‘विद्रोह’ गरिएको थियो । संघ र अरु सबै प्रदेशमा माओवादीसँगको गठबन्धनमा सरकार बन्दा कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । कार्की कोइरालाका विश्वासपात्र हुन् । त्यतिबेलादेखि नै कोइरालाले प्रतिनिधिसभाको संसदीय दलमा बहुमत जुटाउने कसरत पनि गरेको नेताहरू बताउँछन् । बहुमत सांसद आफ्नो पक्षमा नदेखिएपछि नै देउवालाई विस्थापित गर्ने योजनाबाट कोइराला पछि हटेका हुन् । माओवादीले गत फागुनमा कांग्रेस छाडेर एमालेसँग सत्तासमीकरण बनाएको थियो । त्यस समीकरणले चार महिना पार नगर्दै गत असारमा कांग्रेस–एमालेको सत्ता सहकार्य सुरु भयो । आफैंले चाहेअनुसारको समीकरण बने पनि नयाँ सरकारले सय दिन पार नगर्दै कांग्रेस नेता कोइरालामा छटपटी देखिन थालेको हो । कतिपय नेताको बुझाइमा भने ओली सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेको अवस्थामा कोइराला लाभ लिन प्रयासमा भित्रभित्रै लागिरहेका छन् । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतबाट भ्रमणको निमन्त्रणा हुने प्रचलन छ । तर ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभाका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता मिलाउन पनि ठूलै कसरत गर्नुपर्यो । कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसमेत ओली नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थिरताको प्रत्याभूति दिने गरी काम गर्न नसकेको बताउँछन् । साउदको भनाइले समेत सरकारलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको संकेत दिन्छ । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेल ओली नेतृत्वको सरकारले पनि जनतामा भरोसा जगाउन नसके कांग्रेसभित्रबाट कोइरालाले प्रधानमन्त्रीका लागि प्रयास गर्नुपर्ने बताउँछन् । ‘शेखर दाइमा आफ्नो भविष्यको चिन्ताभन्दा सरकारले बढाएको निराशाले छटपटी छ । सरकारका कारण चरम निराशा अझै बढ्दै गए विस्फोटक स्थितिबाट मुलुकलाई जोगाउन शेखर दाइ अघि बढ्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ,’ उनले भने, ‘पार्टीभित्र कुनै विवादमा नपरेका, केही आशा गर्न सकिने नयाँ अनुहार पार्टीको १४औं महाधिवेशनबाट नेताका रूपमा स्थापित भएकाले नै शेखर दाइ उपयुक्त पात्र हो ।’ आजको कान्तिपुर दैनिकबाट
बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो । हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।