अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ) कम्पनी संचालनमा

अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ) कम्पनी संचालनमा

वाशिंगटन डिसी, चैत ४ । अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ) कम्पनी स्थापना भएको छ ।

अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने र विभिन्न पेशामा संलग्न व्यक्तिहरुले संचालनमा ल्याएका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत उक्त प्रतिष्ठानका पदाधिकारीले जानकारी गराएका छन् ।

उक्त पत्रकार भेटघाट कार्यक्रम मार्फत विभिन्न पदाधिकारीहरुले प्रतिष्ठानको पृष्ठभूमि, परिचय, उद्देश्य, योजना, वर्तमान पदाधिकारीको परिचय दिनुको साथै विभिन्न विषयमा संचारकर्मी तथा सहभागीहरुले राखेका जिज्ञासाको उत्तर दिएका थिए । उक्त सम्मेलनमा छापा विज्ञप्ति जारी गर्दै मार्फत संयुक्त राज्य अमेरिकामा बसोवास गरिरहेका नेपाली पेशाकर्मीहरुले नेपाली डायस्पोरा लगानी कोष नामक सामूहिक लगानी गर्न सकिने कम्पनी स्थापना र संचालन गरेको घोषणा गरेका थिए ।

नेपाल, क्यानाडा, लगायत विश्वका विभिन्न मुलुकहरुमा शाखा कार्यालयहरु खोल्दै जाने उद्देश्यका साथ गठन गरिएको कम्पनी भर्जिनिया राज्यमा स्टक कर्पोरेशनको रुपमा जनवरी २०१९ मा दर्ता गरिएको हो । नेपालमा रहेका नेपालीहरुको जीवनमा परिवर्तन ल्याउने तथा लाखौंको संख्यामा रहेका डायस्पोराका नेपालीहरुलाई प्रतिफल प्राप्त हुने गरी सामूहिक लगानीको अवसर उपलब्ध गराउनु हाम्रो प्रमुख उद्देश्य हो । हामी भविष्यमा विश्वभर लगानीका विविध संभावनाहरुको खोजी गर्ने योजनामा रहेका छौं । मुख्यतया डायस्पोरा नेपालीहरुको स्वामित्वमा उनीहरुद्वारा नै संचालित रहने भए तापनि हामी अन्य सरोकारवालाहरु समक्ष समेत लगानीको लागि खुला गर्ने छौं भनी छापा विज्ञप्तिमा जनाइएको छ ।

साथै एनडिआईएफले प्रमुख रुपले नेपाल सरकारले प्राथमिकता क्षेत्र भनी निर्धारण गरेका स्वच्छ ऊर्जा, पूर्वाधार, पर्यटन, प्रविधि र कृषि उद्योग जस्ता क्षेत्रहरुका साथै उच्च सामाजिक आर्थिक प्रभाव पार्ने र दिगो प्रतिफल दिने अन्य उत्पादनमूलक क्षेत्रहरुमा समेत लगानी विस्तार गर्नेछ भनि जनाएको छ ।

हामीले बढ्दो संख्यामा रहेका नेपाली डायस्पोरामा विद्यमान रहेको लगानीको विशाल संभावनालाई उजागर गर्ने र यसलाई विकासको महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौं ।

एनडीआईएफले १० करोड कित्ता शेयर प्रतिशेयर मूल्य १० डलरका दरले जम्मा १ अरब डलरको शेयर निस्कासन गरेको जनाएको छ । हाल हामी प्राइभेट प्लेस्मेण्टबाट ‘ए’ वर्ग र ‘बी’ वर्गका कमन स्टक जारी गर्न गइरहेका छौं । साथै एनडीआईएफ संयुक्त राज्य अमेरिकाको सेक्युरिटी ऐन १९३३ बमोजिम संयुक्त राज्य अमेरिका तथा अन्य मुलुकहरुबाट इक्विटी शेयरका प्राइभेट प्लेस्मेण्टका लागि संयुक्त राज्य अमेरिकी सेक्युरिटी एण्ड एक्स्च्यान्ज कमिशन (एसईसी) मा रेगुलेशन डी फाराम दर्ता गराइसकेको जनाएका छन् ।

‘ए’ वर्गका कमन स्टकका लागि न्युनतम शेयर खरिद प्रतिशेयर १० डलर पर्ने १००० वटा शेयर गरी जम्मा १० हजार डलर मूल्य बराबर तथा बि वर्गका लागि न्युनतम प्रतिशेयर १० डलरका दरले १०० शेयरको जम्मा एक हजार डलर मूल्य पर्ने शेयर खरिद गर्नुपर्ने प्रावधान राखिएको छ । कर्पोरेट सामाजिक उत्तरदायित्वको रुपमा खुद नाफाको बढीमा ५ प्रतिशत रकम स्वास्थ्य, शिक्षा तथा सर्वांगीण मानव विकास लगायतका क्षेत्रमा सामाजिक योगदानका लागि छुट्याउने लक्ष्य राखेको जनाएका छन् ।

पत्रकार सम्मेलन मार्फत सामाजिक क्षेत्रका कामहरुको विस्तार गर्ने उद्देश्यले विभिन्न नेपाली सामाजिक संघसंस्थाहरुसँग मिलेर सहकार्य गर्ने छौं भनि समेत उल्लेख गरेका छन् ।

तस्वीरः राजीव श्रेष्ठ

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय