आइपिएलमा मुम्बईलाई हराउँदै बेंगलोर विजयी

आइपिएलमा मुम्बईलाई हराउँदै बेंगलोर विजयी

काठमाडौं, वैशाख १९ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ । मुम्बई इन्डीयन्सलाई १४ रनले पराजित गर्दै आठ खेलमा तेश्रो जित दर्ता गरेको हो । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमा सिमित भयो ।

बेंगलरविरुद्ध ब्याटिङमा उत्रिएको मुम्वईले खराव सुरुवात गर्‍यो । ओपनर इशान किशन पहिलो बलमै बोल्ड भए । चौथो ओभरमा उमेश यादवले पहिलो बलमा ९ बलमा ९ रन जोडेका सूर्यकुमार यादवलाई पेभेलिएन फर्काए । त्यसपछि दोश्रो बलमा मुम्बईका कप्तान रोहित शर्मा पनि शून्यमै आउट भए । जतिबेला तीन विकेट गुमाएको मुम्वईको २१ रन मात्रै थियो ।

त्यसपछि काइरन पोलार्डले १३ बलमा १३ रन, जेपी ड्युमिनीले २९ बलमा २३ र हार्दिक पान्ड्याले ४२ बलमा ५० रन जोड्दै जितको सम्भावना देखाए । क्रुनाल पान्ड्याले २३ रन र बेन कटीङले १२ रन मात्रै जोडे ।अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बेंगलोरका लागि साउथी, यादव र मोहमद सिराजले समान २ विकेट लिए ।

त्यसअघि टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । खराव प्रदर्शन गररहेको बेंगलोरलाई कप्तान विराट कोहलिले सम्हाले भने अन्तिमका ब्याटस्म्यान कोलिन डे ग्राण्डहोमले आक्रमक ब्याटिङ गरेपछि बेंगलोरले सम्मानजनक स्कोर बनाएको थियो । ग्राण्डहोमले १० बलमा ३ छक्काको मदतले नटआउट २३ रनको योगदान दिए । बेंगलोरले अन्तिम ओभरमा मात्रै २४ रन जोडेको थियो । कप्तान विराट कोहलीले २६ बलमा २ चौका र १ छक्का सहित ३२ रन जोडेपछि बेंगलोर सम्हालिएको थियो ।

ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन भोराले सम्हालिएको प्रदर्शन गरेका थिए । भोराले ३१ बलमा २ चौका र ४ छक्काको मदतले ४५ रन जोडे । ब्रेन्डन मक्कुलमले ४ चौका र २ छक्का प्रहार गर्दै २५ बलमा ३७ रन जोडे । मन्दिप सिंहले १० बलमा १४ रन जोडेपनि वासिङ्टन सुन्दर र टिम साउथी समान १ रनमा पेभेलियन फर्किए ।

मुम्बईका लागि हार्दिक पान्ड्याले ३ विकेट तथा जस्प्रित बुमराह, मायांक मार्कान्डे र मक्लीनाघनले १/१ विकेट लिए । जितपछि बेंगलोर ६ अंक सहित सातौं स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक जोडेको मुम्वई सातौं स्थानमा छ ।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।