आजबाट उपत्यकाको फोहोर उठ्ने

आजबाट उपत्यकाको फोहोर उठ्ने

काठमाडौं, असार १६ । फोहोर विसर्जन गर्ने स्थान ककनी गाउँपालिका–२ स्थित सिसडोलका बासिन्दाले फोहोर फाल्न नदिएपछि प्रदूषित बनेको राजधानी सहर सोमबारदेखि सफा हुने भएको छ । आइतबार स्थानीय बासिन्दा र महानगरका पदाधिकारीबीच भएको वार्तामा १५ दिनभित्र समस्या समाधान गर्ने सहमति भएपछि सोमबारदेखि फोहोर उठाउने र फाल्ने काम सहज हुने भएको हो । फोहोरका कारण विगत केही दिनयता राजधानी निकै प्रदूषित बन्यो । असार १० गतेयता घरघरबाट फोहोर नउठ्ने र सडकमा थुप्रिएको फोहोर पनि उठ्न छाडेको थियो ।

महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रशासकीय प्रमुख, नगर प्रहरीका डीएसपी, सम्बन्धित तीन वडाका अध्यक्ष तथा स्थानीय सङ्घर्ष समितिका सदस्यसहित आइतबार दिनभर चलेको वार्तामा तीनबँुदे सहमति भएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १५ दिनभित्र समस्या समाधान गर्न समिति गठन गर्ने र प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अधिग्रहण र क्षतिपूर्ति दिनेसम्बन्धी सहमति भएको हो । “फोहोरले मानिसको स्वास्थ्यमा असर पुग्यो, खेती भएन, घरपालुवा जनावर मरे, त्यसैले प्रभावित क्षेत्र आसपासका सबै निजी जमिन किनिदिनु पर्यो” भन्ने लगायतका माग स्थानीयले राखेको उनले जानकारी दिए ।

सङ्घर्ष समितिका सल्लाहकार ज्ञानेन्द्रप्रसाद गजुरेलले आफूहरूले राखेको १५ बुँदे मागको सम्बन्धमा महानगर सकारात्मक देखिएपछि फोहोर फाल्न दिने सहमति गरेको बताए । सहमतिअनुसार प्रशासकीय प्रमुखको अध्यक्षतामा वातावरण व्यवस्थापन विभाग प्रमुख, प्रभावित तीनवटा वडाका अध्यक्ष र स्थानीयको सहभागिता रहेको समिति आइतबार नै गठन भएको छ ।

धादिङमा दुर्घटना दुईको मृत्यु, आठजना घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१०, हनुमानडाँडानजिकै आज सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ । आठजना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नम्बरको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौं लगिएको छ । न्सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको एक प्रत्यक्षदर्शीमनीष तामाङले बताए । उक्त दुर्घटनाका अरू घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

मिसेस नेपाल उर्मिलाले अनाथ बालबालिकासँग मनाईन प्रणय दिवस

काठमाण्डौं । ‘मिसेस नेपाल ग्लाम–२०२१’ बिजेता उर्मिला कार्कीले यसपटकको प्रणय दिवस तथा आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएकि छन् । काठमाडौंको मुलपानी फुयाँल गाउँमा रहेको ‘स्नेह बाल आश्रम’मा उनले प्रणय दिवस तथा जन्म दिन मनाएकी हुन् । हास्य कलाकार सुलेमान शँकर ‘इकु’ले सञ्चालन गरेको सो आश्रममा आश्रित १४ जना बालबालिकालाई उर्मिलाले खाना खुवाईन् । बिगतमा साथीहरुलाई पार्टी दिएर जन्मदिन मनाउने उर्मिलाले अबका दिनमा सामाजिक कार्य गर्दै जन्मदिन मनाउने बताईन् । आफ्नो जन्म दिनको अबसरमा उनले सो आश्रमका दुई जना बालबालिकाको १० कक्षा सम्मको खर्चका व्यहोर्ने भएकि छन् । यो उपाधि जित्दा आफुले सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएकाले सो कार्यलाई अघि बढाएको उर्मिलाले बताईन्,‘यहाँ आश्रित १४ जनाबालबालिकालाई सुलेमानले आफ्नै खर्चले पढाउनु भएको रहेछ । उहाँलाई केही सजिलो होस भनेर दुई जना बालबालिकालाई पढाउनको लागि आबस्यक खर्च मैले सहयोग गर्ने भएको छु ।’ उनले सो क्रममा भनिन्,‘अब मेरो साथीहरुलाई विभिन्न शुभकामको खुसी यहाँका बालबालिकासँग साट्नको र उनीहरुलाई सहयोग गर्न पनि आजैबाट अपिल गर्नेछु ।’

सोमबार कस्तो छ तपाईंको राशिफल ?

आज २०७७ जेठ ०५ गते सोमबार । कस्तो छ तपाईंको राशिफल ?  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मनमा शान्ति छाउनेछ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा प्रगति होला । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज श्रमको उचित मूल्याङ्कन होला । धर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा सफलता मिल्नेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्ला । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज आफन्त संगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यको चर्चापनि रहला । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल

शुक्रबार कस्तो छ तपाईंको भाग्य ? पढ्नुस् राशिफल

आज २६ बैशाख २०७७ शुक्रबारको राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक / सांस्कृतिक र परोपकारमा मन जानेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोटपटकपनि लाग्न सक्नेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामापनि सफलता मिल्न सक्छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

लोकप्रिय