इङ्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी

इङ्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी

काठमाडौं, भदौ ११ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत राती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

आफ्नै मैदानमा भएको खेलमा जोजे मौरिन्होको म्यान्चेस्टर युनाईटेडले लेस्टर सिटीलाई २-० ले हरायो ।

खेलमा म्यानयुलाई विजयी गराउन वैकल्पिक खेलाडिहरु मार्कस रास्फोर्ड र मराउने फेलियानीले एक/एक गोल गरे । यसअघि रोमेलु लुकाकुले पाएको एउटा पेनाल्टी अवसर खेर फालेका थिए ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २-१ ले हरायो । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले अतिरिक्त समयमा निर्णायक गोल गरे ।

यसअघि बर्नमाउथका चार्ली ड्यानियल्सले पहिलो गोल गरेका थिए भने सिटीका ग्याब्रिएल जिससले बराबरी गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई २-० ले तथा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३÷० ले हराएका छन् ।

हडर्सफिल्ड टाउन र साउथह्याम्पटन तथा वाट्फोर्ड र ब्राईटनले भने गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज चार खेल हुनेछन् । आज हुने खेलहरुमा चेल्सी र एभर्टन, लिभरपुल र आर्सनल, टोटनह्याम र बर्न्ले तथा वेष्ट ब्रोम र स्टोक सिटी भिड्नेछन् ।

रजत पदक विजेता एरिकालाई भव्य स्वागत

काठमाडौं । सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गर्नुभयो । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट हुनुभएको थियो । उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पारेर फर्कनुभएको हो । 

एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

नेपालकी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न चुकेकी छिन्। चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथिको स्वर्णको भिडन्तमा एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी हुन्।  चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिका भियतनामकी खेलाडीविरुद्ध अंक जोड्न चुकिन्। यद्यपी एरिकाले शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी थिइन्। एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्।  एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन्। क्वार्टरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफिया बेरुल्टसेभा थिइन्। एरिका र सोफिबीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो। …रेफ्रीÚ निर्णयका आधारमा एरिका विजयी भइन्। पहिलो अंक एरिकाले बटुलेकी थिइन्।  सोफिया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन्। १९ औं एसियाली खेलकुदको कराते पनि यही हल भएको थियो। सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन्। एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन।  एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन्।  यस्तै भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। यी सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए। सबै प्रतियोगितामा उनको प्रशिक्षक कुशल श्रेष्ठ थिए।

क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ।  खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो।  आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो। शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन्। यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ। सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ। तालिकामा नेपाल ६ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ।    

पारालिम्पिक्समा पदक विजेता पलेशालाई भव्य स्वागत

काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उहाँसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक प्राप्त गर्नुभएको थियो । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

लोकप्रिय