एकता प्रयासको ११ वर्षे कथा : दुई पार्टीको प्रेम र घृणाका साक्षी वामदेव गौतम

एकता प्रयासको ११ वर्षे कथा : दुई पार्टीको प्रेम र घृणाका साक्षी वामदेव गौतम

तीन पार्टीबीचको एकता घोषणा निकै ठूलो प्रयासबाट सम्भव भएको हो । त्यसो त ०६३ सालमै मैले प्रचण्डजीलाई एमाले र माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ । त्यसवेला उहाँले भन्नुभो, ‘त्यसो भए तपाईंले आफ्नो पार्टीमा कुरा राख्नुस् र आउनुस् ।’ मैले प्रचण्डजीको प्रस्ताव तत्कालीन महासचिव माधवकुमार नेपालसमक्ष जस्ताको तस्तै राखेँ । उहाँले हुन्छ, लौ अघि बढ्नुस् भनेपछि मैले यही कुरा फेरि प्रचण्डजीलाई सुनाएँ । त्यसपछि प्रचण्डजीले भन्नुभो– एकता प्रस्तावबारे पहिले दुवै पार्टीबाट संस्थागत निर्णय गराऊँ । यो कुरा मैले महासचिव माधव कमरेडसमक्ष राखेँ । त्यसपछि केन्द्रीय कमिटी बैठकबाटै हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न कम्युनिस्ट पार्टीहरूबीच एकीकरण गर्नुपर्छ भन्ने निर्णय नै गर्‍यौँ । यो निर्णयसहितको दस्ताबेज आदान–प्रदान पनि भयो । माओवादीसँग वार्ताका लागि म र विष्णु पौडेल रहेको दुई सदस्यीय वार्ता कमिटी बन्यो । पछि समितिमा अहिलेका महासचिव ईश्वर पोखरेल पनि थपिनुभयो र माओवादीसँग दुई–तीन चरण बैठकसमेत बस्यौँ । माओवादीको तर्फबाट पनि तीनजना हुनुहुन्थ्यो । दस्ताबेज तयारीका लागि समितिसमेत बनेको थियो । तर, एकताको सार्थक धरातल बन्न नसकेपछि समिति आफैँ भंग भयो । माओवादीको कार्यदलमा मोहन वैद्य पनि हुनुहुन्थ्यो । सिद्धान्त, विचार, कार्यशैली नमिलेसम्म एकता सम्भव छैन भन्ने वैद्य माओवादी कार्यदलमा हावी भएपछि धेरै वातावरण बिग्रियो ।

केन्द्रीय कमिटी बैठकबाटै हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न कम्युनिस्ट पार्टीहरूबीच एकीकरण गर्नुपर्छ भन्ने निर्णय नै गर्‍यौँ । यो निर्णयसहितको दस्ताबेज आदान–प्रदान पनि भयो । माओवादीसँग वार्ताका लागि म र विष्णु पौडेल रहेको दुई सदस्यीय वार्ता कमिटी बन्यो । पछि समितिमा अहिलेका महासचिव ईश्वर पोखरेल पनि थपिनुभयो र माओवादीसँग दुई–तीन चरण बैठकसमेत बस्यौँ । माओवादीको तर्फबाट पनि तीनजना हुनुहुन्थ्यो । दस्ताबेज तयारीका लागि समितिसमेत बनेको थियो । तर, एकताको सार्थक धरातल बन्न नसकेपछि समिति आफैँ भंग भयो ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि माओवादीको नेतृत्वमा एमालेसहितको संयुक्त सरकार निर्माण भयो । सरकार बन्दा नै दुवै पार्टीबीच एकताको तहसम्म जानुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यहीबीचमा प्रधानसेनापति रुक्माङगद कटुवाल प्रकरण आयो । प्रचण्डजीको राजीनामापछि सरकार गिर्दा एकतामा समस्या खडा भयो, सम्बन्धमा तिक्तता छायो । यद्यपि, त्यसपछि पनि एकताका निम्ति सामान्य प्रयत्नहरू नभएका होइनन् । तर, अघि बढ्न सकेन ।

यिनै शृंखला अघि बढ्दै जाँदा १२ वैशाख ०७२ को भूकम्पपछि फेरि पार्टी एकताको विषयले प्रवेश पायो । भूकम्पलगत्तै प्रचण्डजीलाई लाजिम्पाटमा गएर मैले फेरि एकताको प्रस्ताव राखेँ । भनेँ– तपाईंले प्रमुख प्रतिपक्षी दलको हैसियतमा भूमिका निर्वाह गरिराख्नुभएको छ, अब सबै मिलेर भूकम्पपीडितको पुनस्र्थापना र संविधान निर्माणमा एकताबद्ध हुने घोषणा गर्नुस् । उहाँले त्यस्तै घोषणा पनि गर्नुभयो । त्यो घोषणापछि मैले संविधान निर्माणका लागि प्रयत्न गरौँ भन्ने प्रस्ताव प्रचण्डजीलाई मात्रै होइन, तत्कालीन प्रधानमन्त्री सुशीलजी र पार्टी अध्यक्ष केपी ओलीसमक्ष पनि राखेँ । सबैले हुन्छ भने पनि कसैले प्रयत्न नगरेपछि म फेरि यही प्रस्ताव लिएर साउनमा प्रचण्डजीको निवास लाजिम्पाटमा पुगे“ । प्रचण्डजीसँग पहिले संविधान जारी गर्ने, संविधान कार्यान्वयनका लागि तीनवटै पार्टी सम्मिलित संयुक्त सरकार निर्माण गर्ने र आगामी निर्वाचनसम्म एमाले र माओवादीबीच पार्टी एकता पनि गर्ने गरी जाऔँ भन्ने प्रस्ताव राखेँ । उहाँ यो प्रस्तावमा सहमत हुँदै भन्नुभो– आ–आफ्ना विचार थाती राखेर भए पनि संविधान जारी गर्नका लागि म तयार हुन्छु । त्यसपछि अरू सबै पार्टीलाई सहमत गराउन प्रचण्डजी, हाम्रो पार्टी अध्यक्ष ओलीजी र सुशीलजी सक्रिय बन्नुभयो ।

त्यो गम्भीर छलफलमा प्रचण्डजीले तीनवटा सर्त राख्नुभयो । पहिलो, सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, दोस्रो आउने सबै निर्वाचनमा दुई पार्टी मिलेर चुनाव लड्ने । तेस्रो, दुई पार्टीबीच एकता गर्ने । यी तीन काम गर्ने सर्तमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने उहाँको सर्त थियो ।

अन्ततः मधेस आन्दोलन र टीकापुरजस्ता ठूला घटना भए पनि तीन पार्टी विचलित नभई क्रियाशील हुँदा संविधान जारी भयो । तर, संविधान घोषणापछि एमाले नेतृत्वमा सरकार गठन गर्ने विषयमा संविधान जारी हुनुअघि नै छलफल चल्यो । तर, कांग्रेसले एमाले नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पा¥यो । त्यहीवेला सरकार गठनका विषयमा छलफल गर्न मैले फेरि प्रचण्डजीसँग छलफल गरेँ । कांग्रेसले समर्थन नगर्ने भएपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र मात्रै होइन, अरूलाई पनि सामेल गरेर सरकार बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भयो । तर, त्यो गम्भीर छलफलमा प्रचण्डजीले तीनवटा सर्त राख्नुभयो । पहिलो, सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, दोस्रो आउने सबै निर्वाचनमा दुई पार्टी मिलेर चुनाव लड्ने । तेस्रो, दुई पार्टीबीच एकता गर्ने । यी तीन काम गर्ने सर्तमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने उहाँको सर्त थियो ।

लाजिम्पाटमा प्रचण्डले गरेको यो प्रस्ताव मैले सीधै पार्टी अध्यक्ष ओलीलाई जस्ताको तस्तै सुनाएँ । अरू साथीहरूलाई पनि जानकारी गराएँ । उहाँको मौखिक प्रस्तावलाई हामीले पनि मौखिक रूपमै जवाफ दिँदै भन्यौँ– आगामी दिनमा हुने सबै निर्वाचनमा मिलेर जाने र पार्टी एकता पनि गर्ने । दुई पार्टीबीच यो मौखिक समझदारीपछि नै उहाँले प्रधानमन्त्रीको उम्मेदवार केपी कमरेडलाई समर्थन गर्नुभयो र माओवादी सरकारमा सामेल भयो । तर, सरकार बनेपछि निर्वाचनमा कसरी जाने, पार्टी एकता गर्ने कि नगर्ने भन्नेजस्ता कुनै पनि विषयमा योजना बनेन, खासमा सार्थक छलफल भएन ।

केपी कमरेडको सरकारले नौ महिना पार गर्न लाग्दैथियो । त्यहीबीचमा ०७३ वैशाखमा नहुनुपर्ने घटना भयो । माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर बनेको सरकारमा प्रचण्डजी प्रधानमन्त्री बन्नेसम्मको सहमतिमा हस्ताक्षर हुने स्थिति बन्यो । अन्तिम–अन्तिमवेला प्रचण्डजीले मलाई लाजिम्पाट बोलाउनुभयो । त्यहाँ उहाँले भन्नुभयो– कांग्रेसले मलाई समर्थन गरिसक्यो, तपाईंहरू ९एमाले०ले पनि समर्थन गर्‍यो भने राष्ट्रिय सहमतिको सरकार बन्छ । मैले तत्काल जवाफ फर्काएँ– यस्तो हुनै नसक्ने कुरा तपाईंले किन सोच्नुभयो रु दोस्रो, एमालेले तपाईंलाई समर्थन गरोस् भन्नुको अर्थ एमालेले आफ्नो अध्यक्षको नेतृत्वमा बनेको सरकार विघटन गर्ने भन्ने हो । यस्तो त एमालेले सोच्न पनि सक्दैन । मैले उहाँको प्रस्तावलाई त्यहीँ ‘रिजेक्ट’ गर्दिएँ । तर लामो छलफलपछि हामी निष्कर्षमा पुग्यौँ– सरकार फेर्ने तर गठबन्धन नफेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने । बालुवाटार पुगेर प्रधानमन्त्रीलाई मैले त्यो रिपोर्ट गर्दै भनेँ– प्रचण्डजीको प्रस्ताव मान्ने हो भने गठबन्धनबाट उहाँ प्रधानमन्त्री बन्नुहुन्छ, अन्यथा गठबन्धन टुट्ने नै भयो ।

त्यसपछि फेरि एकपटक प्रचण्डजीसँग छलफल गरेर टुंगो लगाउने भन्दै बालुवाटारमै छलफलमा बसियो । त्यसवेला फेरि पार्टी एकताको प्रसङगले प्रवेश पायो । प्रचण्डजी प्रधानमन्त्री बन्ने, पार्टी एकता गर्ने, सबै निर्वाचनहरू मिलेर लड्ने समझदारी फेरि भयो । तर, प्रचण्डलाई प्रधानमन्त्री बनाएर गठबन्धन जोगाउने कुरामा हाम्रो पार्टीमा मतभिन्नता भयो । कमरेड झलनाथ, माधव र म प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि गठबन्धन जोगाउँदै एकताको दिशामा जानुपर्छ बरु नौ महिना माओवादीले नेतृत्व गरेपछि नेतृत्व एमालेले लिनुपर्छ भन्नेमा थियौं । यो कुरालाई बरु प्रचण्डजीले स्वीकार गर्नुभो । तर हाम्रै पार्टीमा सहमति भएन । त्यहा“बाट विषय भा“डियो । बजेट पारित भएको केही दिनमै माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरायो र नयाँ किसिमले राजनीतिक घटनाक्रम विकास हुँदा पार्टी एकताको प्रसंग अपुरो रह्यो ।

वैशाख दोस्रो साता चार महानगरपालिकामध्ये एमाले र माओवादीले २-२ ओटा लिएर तालमेलसहित जाने सहमति भयो । यही कुरा अध्यक्षलाई रिर्पोटिङ गरेँ । तर उहाँले दुईओटा हुँदैन, ललितपुर महानगर दिँदा सहमति हुन्छ भने गरौं भन्नुभो । तर प्रचण्डजीले ललितपुर होइन, एउटा दिँदा भरतपुर हुन्छ भने सहमति गरौं भन्नुभो । त्यहाँ हामीले उम्मेद्वार बनाइसकेकाले फिर्ता लिने स्थिति हुन्न भन्ने अडान हाम्रो अध्यक्षले जानकारी गराएपछि त्यसपटकको प्रयास पनि त्यहीँ टुंगियो ।

उतारचढावबीच गत फागुनबाट फेरि एकताको विषय अघि बढ्यो । फागुनमा मैले प्रचण्डजीलाई भेटेर सिधै पार्टी एकताको कुरा गरेँ । त्यसभन्दा पहिले नारायणकाजी श्रेष्ठको निवासमा उहाँ र मबीच छुट्टै कुरा भएको थियो । यो कुरा अध्यक्ष ओलीलाई रिर्पोटिङ गरेको थिएँ । वार्ताबीचमा वैशाखको पहिलो साता पार्टी एकीकरणसम्म जाने निष्कर्ष निकालियो । पार्टी अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा मिलेर जानेगरी वार्ता चलाउन मलाई निर्देशन दिनुभयो । वार्ताको दौरानमा एमालेबाट म र माओवादीबाट नारायणकाजी खटिनुभएको थियो । हामीबीच चुनावमा मिलेर जाने र पार्टी एकता गर्ने सहमति भयो । यी दुई विषय टुंगो लागेपछि प्रचण्डजीलाई जानकारी गराउँदै दुई पार्टीका अध्यक्ष बसेर सबै कुरा टुंगो लगाउन भनियो । तर अध्यक्षसहितको बालुवाटारको पछिल्लो बसाई परिणाममुखी हुन सकेन । खासमा उहाँहरुको बसाई मुख्य विषयभन्दा पनि अन्य विषयमा अल्झिएछ । तर, त्यसपछि पनि हार मानिनँ । पहिलो चरणको निर्वाचनका लागि उम्मेद्वारी मनोनयन सुरु हुन लागेको थियो । वैशाख दोस्रो साता चार महानगरपालिकामध्ये एमाले र माओवादीले २-२ ओटा लिएर तालमेलसहित जाने सहमति भयो । यही कुरा अध्यक्षलाई रिर्पोटिङ गरेँ । तर उहाँले दुईओटा हुँदैन, ललितपुर महानगर दिँदा सहमति हुन्छ भने गरौं भन्नुभो । तर प्रचण्डजीले ललितपुर होइन, एउटा दिँदा भरतपुर हुन्छ भने सहमति गरौं भन्नुभो । त्यहाँ हामीले उम्मेद्वार बनाइसकेकाले फिर्ता लिने स्थिति हुन्न भन्ने अडान हाम्रो अध्यक्षले जानकारी गराएपछि त्यसपटकको प्रयास पनि त्यहीँ टुंगियो ।

मैले प्रयत्न जारी राखेँ । असार १४ मा दौस्रो चरणको निर्वाचनपछि प्रचण्डजी र म फेरि लाजिम्पाटमा बस्यौं । वार्ताहरुमा पहिले तालमेल गरेर एउटै चुनाव चिन्ह्बाट चुनावमा लड्ने र त्यसपछि संयुक्त सरकार संचालन गर्ने दौरानमा मात्रै पार्टी एकता गर्ने भन्दै आएका थियौं । तर त्यो बसाईंमा भने कमरेड प्रचण्डले भन्नुभो–असोज २ मा निर्वाचन आएको छ, हामी सरकारमा पनि छौं, अहिले नै एमालेसँग तालमेल गर्ने, एकताको घोषणा गर्ने भन्दा त्यसपछि यी सबै काम गर्दा नैतिकरुपमा पनि उपयुक्त हुन्छ । त्यसैले हामी प्रदेन नं २ को निर्वाचनको प्रतीक्षामा बस्यौं ।

 निर्वाचन सम्पन्न भएको तीन दिनपछि ५ असोजमै वार्ता सुरु भयो । त्यो बैठकमा प्रचण्डजी, म र जनार्दन शर्मा थियौं । त्यो बैठकबाटै हामीले पहिले पार्टी एकताको घोषणा गरेर मात्रै चुनावमा तालमेल गरेर जाने अन्तिम निष्कर्ष निकाल्यौं । त्यसअघिसम्म एउटै चुनाव चिन्ह लिएर लड्ने कुरा भएको थियो । तर बैठकमा प्रचण्डजीले भन्नुभो–एउटै चुनाव चिन्ह लिएर जाने, सरकारमा पनि सामेल भइरहने, प्रमुख प्रतिपक्षीसँग पनि मिलेर जाने कुराले हामी नैतिक रुपमा कमजोर हुन्छौं ।

असोज २ को निर्वाचनपछि हामी गम्भीर छलफलमा बस्यौं । निर्वाचन सम्पन्न भएको तीन दिनपछि ५ असोजमै वार्ता सुरु भयो । त्यो बैठकमा प्रचण्डजी, म र जनार्दन शर्मा थियौं । त्यो बैठकबाटै हामीले पहिले पार्टी एकताको घोषणा गरेर मात्रै चुनावमा तालमेल गरेर जाने अन्तिम निष्कर्ष निकाल्यौं । त्यसअघिसम्म एउटै चुनाव चिन्ह लिएर लड्ने कुरा भएको थियो । तर बैठकमा प्रचण्डजीले भन्नुभो–एउटै चुनाव चिन्ह लिएर जाने, सरकारमा पनि सामेल भइरहने, प्रमुख प्रतिपक्षीसँग पनि मिलेर जाने कुराले हामी नैतिक रुपमा कमजोर हुन्छौं । त्यसोभए पार्टी एकता घोषणा गरौं, त्यसपछि त चुनावमा एउटै चुनाव चिन्ह्बाट जाने कुरामा पनि नैतिकताको प्रश्न उठ्नेछैन । त्यही दिन मोडालिटी बनाइसकेपछि दुई अध्यक्षको बैठकमा प्रचण्डले प्रस्ताव राख्नुभो–पार्टी एकताको घोषणा गर्ने, एउटै चुनाव चिन्ह लिएर चुनावी तालमेल गर्ने । हाम्रो अध्यक्षले पनि त्यो प्रस्तावलाई समर्थन गर्नुभो ।

त्यसपछि उहाँहरुले सहमति लिपिबद्ध गर्न हाम्रोतर्फबाट विष्णु पौडेल र प्रचण्डजीले जनार्दन शर्मालाई खटाउनुभयो । दुई पार्टीका अध्यक्ष र मस्यौदाकारबीच छुट्टाछुट्टै वार्ता चल्न थालेपछि मलाई अध्यक्षले वार्तामा खटाउनुभएन । यद्यपि, उहाँहरुबीचको निरन्तर प्रगति विवरण लिएर मैले कमरेड प्रचण्डसँग छुट्टै कुराकानी गरिरहेको थिएँ । यही क्रममा गत १२ गते मंगलबार अष्टमीको दिनबाट दुई दिन अध्यक्षहरुबीच ललितपुरस्थित एक घरमा आमनेसामने गम्भीरतापूर्वक कुराकानी भयो ।

१७ गते ललितपुरस्थित एक घरमा अन्तिम छलफल भयो । पहिले हामीले एउटै निर्वाचन चिन्ह्बाट लड्ने सहमति गरेका थियौं । तर उहाँहरुले निर्वाचन आयोग, कहाँकहाँ सम्पर्क गर्नुभो । निर्वाचन ऐनको व्यवस्थाबमोजिम जाने भन्नेथ्यो, तर त्यो कानुन अनुसार चुनाव चिन्ह् लिने म्याद भदौ २७ गते नै सकिएको रहेछ । यो कुरा उठेपछि आ–आफ्नो चिन्ह लिएर भए पनि तालमेल गरेर जाने, चुनाव सकिएपछि एकताको सबै काम सम्पन्न गर्ने भन्ने अन्तिम समझदारी भयो ।

अरु बैठक पनि राती–बिहान निरन्तर हुँदै गए । १४ गते टिकाको राति दुई अध्यक्षको बैठकले मस्यौदा फाईनल गर्‍यो । भोलिपल्ट बालकोटस्थित अध्यक्षको निवासमा बसेको स्थायी समिति बैठकले एकताको मस्यौदालाई सर्बसम्मत अनुमोदन गर्‍यो । अध्यक्षले ‘ड्राफ्ट’ पढेर सुनाउनुभो । हामी सबैले हात उठाएर समर्थन जनायौं । कर्तलध्वनी बज्यो । सबै साथीहरु खुशी हुनुभो । सायद स्वतन्त्रता हुन्थ्यो भने बैठकमै साथीहरु नाच्नुहुन्थ्यो । राष्ट्र समृद्धीको यूगमा प्रवेश गर्‍यो, हामी समाजवादसम्म पुग्छौं भन्ने खुशीको अभिव्यक्ति सबै साथीहरुले प्रकट गर्नुभो ।

१६ गते साँझ माओवादीको सचिवालय बैठकले पनि एकताको प्रस्ताव पारित गर्‍यो । १७ गते ललितपुरस्थित एक घरमा अन्तिम छलफल भयो । पहिले हामीले एउटै निर्वाचन चिन्ह्बाट लड्ने सहमति गरेका थियौं । तर उहाँहरुले निर्वाचन आयोग, कहाँकहाँ सम्पर्क गर्नुभो । निर्वाचन ऐनको व्यवस्थाबमोजिम जाने भन्नेथ्यो, तर त्यो कानुन अनुसार चुनाव चिन्ह् लिने म्याद भदौ २७ गते नै सकिएको रहेछ । यो कुरा उठेपछि आ–आफ्नो चिन्ह लिएर भए पनि तालमेल गरेर जाने, चुनाव सकिएपछि एकताको सबै काम सम्पन्न गर्ने भन्ने अन्तिम समझदारी भयो । बेलुकी ५ बजे राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गरेर ६ बुँदे समझदारी सार्बजनिक गर्‍यौं । नयाँपत्रिकाबाट

डिग्रे मेलामा एक लाखले गरे दर्शन

रुकुमपश्चिम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार सकिएको हो ।  मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा यो वर्ष एकादशी देखि शुक्रबारसम्म  १ लाख  हाराहारीमा दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।   मन्दिरमा पूजापाठ गर्ने देखि आज अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्तिहरू डिग्रे पुगेको अनुमान समितिको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङ लगायतका छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको समितिले जनाएको छ ।  डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । तर वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । तर यय पटक भने तिथि घटबढका कारण ४ दिन विशेष मेला लागेको हो  । मेलामा पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ ।  मन्दिर व्यवस्थापन समितिका अनुसार एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शन सहित बलि चढाउन मिल्छ । एकादशी देखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिएको छ । हरेक वर्ष मेलाको अन्तिम दिन सगाल नाच देखाउँने गरिन्छ । मेला सकिएपनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर भने अहिलेसम्म समितिले जानकारी गराएको छैन । विवरण तयारीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ । 

सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान

काठमाडौं । काठमाडौँ, कात्तिक १३ गते । यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो । उहाँका अनुसार तिहारमा सयपत्री फूल नपुग भएमा त्यसलाई मखमली र गोदावरी लगायतको फूलबाट पूर्ति गरिनेछ ।  उहाँले भन्नुभयो, “यो वर्ष असोजमा आएको बाढीका कारण उत्पादनमा केही कमी  छ । तर मखमली नपुग भएमा सयपत्री, र सयपत्री नपुग भएमा मखली र गोदावरी फूलबाट त्यसलाई पूर्ति गरिने अवस्था छ । त्यही कारण यसपाली फूलको मूल्य केही महँगो पर्ने देखिन्छ ।” असोज ११ र १२ गतेको अविरल वर्षाका कारण यो वर्ष सयपत्री बालीमा धेरै क्षति पुर्‍याएको हुँदा आन्तरिक आपूर्तिमा कमी आएको छ । यो वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला चार लाख ७५ हजार, गोदावरी २० हजार र मिक्स माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार व्यावसायिक रूपमा खेती गरिएको फूलको माला खपत हुनेछ । उहाँका अनुसार यस आँकडामा घरायसी प्रयोजनका लागि गरिएको खेतीको गणना गरिएको छैन । हाल सात प्रदेशका विभिन्न जिल्लाहरू काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । सयपत्री मालाको ८० रुपियाँ एसोसिएसनका अनुसार यो वर्ष सयपत्री मालाको औसत प्रति थोक मूल्य ८० रुपियाँ पुगेको छ । गत वर्ष सयपत्री मालाको मूल्य ६५ रुपियाँ थियो ।  यो वर्ष सयपत्री माला आन्तरिक उत्पादन २५ लाख भएको छ भने १५ लाख माला आयात गरिएको छ । गत वर्ष आन्तरिक उत्पादन १५ लाख ५० हजार र १९ लाख ५० हजार आयात भएको थियो ।  अघिल्लो २२ करोड ७५ लाख बराबर कारोबार भएकोमा यो तिहारसम्म ३२ करोड बराबर कारोबार हुने अनुमान गरिएको छ । मखमली मालाको ४५ रुपियाँ यो वर्ष मखमली मालाको औसत प्रति थोक मूल्य ४५ रुपियाँ पुगेको छ । गत वर्ष मखमली मालाको मूल्य ४३ रुपियाँ रहेको थियो । मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार भएको छ भने एक लाख ५० हजार  निर्यात हुने अवस्थामा छ । गत वर्ष मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार रहेकोमा एक लाख माला निर्यात भएको थियो । यसैगरी, गत वर्ष एक करोड ८१ लाख कारोबार भएकोमा यो वर्ष दुई करोड १३ लाख बराबरमा कारोबार हुने देखिएको छ ।  गोदावरी मालाको एक हजार  गत वर्ष जस्तै यो वर्ष गोदावरी मालाको प्रति थोक मूल्य एक हजार रुपियाँ छ । गत वर्ष र यो वर्ष गोदावरी मालाको माग उस्तै छ अर्थात् २० हजार रहेको छ । करिब दुई करोड बराबरको कारोबार हुने पूर्वानुमान गरिएको छ । मिक्स माला तीन सय ५० रुपियाँ यो वर्ष मिक्स मालाको मूल्य तीन सय ५० रुपियाँ छ । गत वर्ष यो मालाको मूल्य तीनसय रुपियाँ रहेको थियो । गत वर्षजस्तै यो वर्ष पनि मिक्स मालाको माग ३० हजार छ । गत वर्ष ९० लाख बराबरको कारोबार भएकोमा यो वर्ष एक करोड पाँच लाख बराबरको कारोबार हुने बताइएको छ ।

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन्। तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ। “८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, अध्यक्ष भडारीले भने, “४० मेगावाट क्षमताको राहुघाट र २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ।” राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताए। गत साउनमा छ दशमलव दुई सय ७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युत्गृहको अधिकांश संरचना निर्माण सकिएका उनले जानकारी दिए। तुदी पावरका दुई आयोजना अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। राहुघाटको बाँधदेखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युत्गृह छ। १४ अर्ब लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो। चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताए। प्रसारण लाइनको पर्खाइमा ठूलोखोला संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१ दशमलव दुई मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सकेको छ। मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत् आयोजनाको २२० केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माणका लागि छ दशमलव शूल्य छ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो। उक्त आयोजनाले प्रसारण लाइन र सवस्टेशनको प्रतिक्षा गरिरहेको आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बताए। २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको भन्दै विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए। माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ। राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन्। प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन नेपाल विद्युत प्राधिकरणमार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माणाधीन छन्। मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद १५ महिना थपिएको छ। आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए। एक सय ३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ। भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो। दुई २०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तीव्रता दिइएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए। अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो। एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ टावरमध्ये हालसम्म करिब ४० वटा निर्माण सकिएको छ। रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नं १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन्। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्।

चीनको एआई बूममा नयाँ अनुप्रयोगहरूको लहर

हेफेई । "मलाई तिर्खा लागेको छ," एक आगन्तुकले पूर्वी चीनको अनहुई प्रान्तको हेफेईमा आयोजित सातौं वर्ल्ड भ्वाइस एक्स्पोमा १.७ मिटर अग्लो र ६५ किलो तौलको एक विशाल मानवाकार रोबोटलाई भन्यो। बिना कुनै हिचकिचाहट, कालो मानवाकार रोबोटले डेस्कमा रहेका दुई अन्य वस्तुहरू मध्ये कफीको बोतललाई पहिचान गर्यो र आगन्तुकलाई हस्तान्तरण गर्यो। "ठूलो भाषा मोडेलद्वारा संचालित, हाम्रो दोस्रो-पीढीको मानवाकार रोबोट अझ स्मार्ट छ र कफी खन्याउने जस्ता संवेदनशील कार्यहरू गर्न सक्षम छ," कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी आईफ्लाइटेकका प्रमुख रोबोटिक्स वैज्ञानिक जी चाओले भने। आईफ्लाइटेकको सुपरब्रेन रोबोटिक प्लेटफर्मले कम्पनीको ठूलो भाषा मोडेल खुला गरेर देशभर ४५० रोबोटिक्स उद्यमहरू र १५,००० विकासकर्ताहरूलाई सशक्त बनाएको छ, जीले बताए। बिहीबारदेखि आइतबारसम्म सञ्चालनमा रहेको सातौं वर्ल्ड भ्वाइस एक्स्पोमा मानवाकार रोबोटहरू, मानव-मेसिन अन्तरक्रिया प्रणालीहरू र अपग्रेड गरिएका ठूलो भाषा मोडेलसहित २०० भन्दा बढी एआई उत्पादनहरू प्रदर्शित छन्। यस कार्यक्रमले एआईले विकास गरेको उल्लेखनीय गतिको झलक दिन्छ र विभिन्न परिस्थितिहरूमा यसको प्रयोगको बढ्दो प्रचलनलाई देखाउँछ। हाङ्झाउस्थित रोबोटिक्स स्टार्टअप युनिट्रीले आफ्नो स्टार मानवाकार रोबोट, युनिट्री एच१, जसले प्रति सेकेन्ड ३.३ मिटरको गति लिन सक्छ, प्रदर्शित गर्यो। "हामीले यस्ता १०० भन्दा बढी रोबोटहरू बेचिसकेका छौं, प्रत्येकको मूल्य $९०,००० छ, जसले मानवाकार रोबोटहरूको पूर्ण व्यापारिकीकरणको लागि ठूलो बजारको झलक दिन्छ," युनिट्रीका प्राविधिक सेवाका प्रमुख ली जुनले भने। चीनमा, एआई नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूको विकासको लागि एक महत्वपूर्ण इन्जिन बन्दैछ। यस वर्षको सरकारी कार्य प्रतिवेदनमा, चीनले डिजिटल अर्थतन्त्रको विस्तारलाई अघि बढाउन र उत्पादन क्षेत्रको रूपान्तरण तथा आधुनिकीकरणको नेतृत्व गर्न एआई प्लस पहल घोषणा गर्यो। एक्स्पोमा नयाँ ऊर्जा सवारी साधन (एनईभी) हरूका लागि एक स्वचालित भ्वाइस-इन्टरएक्शन परीक्षण प्रणाली प्रस्तुत गरियो र व्यापक रुचि प्राप्त गर्यो। एनईभी भित्र, एक रोबोटले मानव यात्री जस्तै सवारी साधनसँग अन्तरक्रिया गर्दछ। यसैबीच, एक बाह्य प्लेटफर्मले वास्तविक-समयमा अन्तरक्रियाको सटीकता, स्थिरता र समयतालाई ट्र्याक गर्दछ र देखाउँछ। यसले सबै संकलित डाटालाई स्वचालित रूपमा विस्तृत प्रतिवेदनमा संकलन गर्दछ। "भ्वाइस अन्तरक्रिया एनईभीको बौद्धिक ककपिटको मुख्य कार्य हो। पहिले, यसले अनुसन्धान तथा विकास अवधिमा साता दिनसम्मको मानव परीक्षण आवश्यक पर्दथ्यो," राष्ट्रिय बुद्धिमान भ्वाइस इन्नोवेसन सेन्टरका महाप्रबन्धक वू जियाङझाओले भने। "यस ऑटो-टेस्ट प्रणालीसँग, परीक्षण समय मात्र दुईदेखि तीन दिनसम्म छोट्याउन सकिन्छ, जसले अटोमोबाइल उद्योगमा बौद्धिक उन्नयनलाई ठूलो समर्थन पुर्याउँछ।" "एआईले अटोमोबाइल उद्योगलाई पुनःआकार दिन्छ," चिनियाँ कार निर्माता चेरीका अध्यक्ष यिन टोंग्युएले भने। बोल्ने सवारी साधनहरू विकास गर्नेदेखि विदेशी बजारका लागि विदेशी भाषाहरूमा कुरा गर्न सक्ने कारहरू सम्म र अब मानवीकृत बौद्धिक ककपिट प्रणालीसम्म, चेरी एआई बूमलाई आत्मसात गर्दैछ, यिनले भने। स्मार्ट फ्रिजदेखि एआई चस्मा र स्मार्ट कपसम्मको दैनिक आवश्यकताका वस्तुहरू अब एआईको ठूलो भाषा मोडेलहरूसँग एकीकृत छन्, जसले प्रयोगकर्ताहरूलाई रोमाञ्चक नयाँ अनुभवहरू प्रदान गर्दछ। अनहुईस्थित उच्च-प्रविधि कम्पनी मि-माउसले एक्स्पोमा आफ्नो सबैभन्दा धेरै बिक्ने स्मार्ट माउससँगै नयाँ विकसित स्मार्ट किबोर्ड पनि प्रदर्शन गर्यो, जसलाई ठूलो भाषा मोडेलद्वारा संचालित गरिएको छ। धेरै ठूलो भाषा मोडेलहरूसँग एकीकृत गरिएको यस किबोर्डले केही कुञ्जीहरूको थिचाइमा लेखहरू सिर्जना गर्न, पावरपोइन्ट प्रस्तुति बनाउन, चित्रहरू कोर्न र अनुवाद गर्न सहजै सक्छ। "स्मार्ट किबोर्ड र माउसले कार्यालय कामदारहरूको लागि दोहोरिने कार्यहरू कम गर्न मद्दत गर्न सक्छ," मि-माउसका महाप्रबन्धक फेंग हाइहोंगले भने, थप्दै कि उनीहरूले एक महिनाभन्दा कम समयमै करिब १०,००० स्मार्ट माउसहरू बिक्री गरे। एआई बूमको कारणले, चीनमा अहिले ४,५०० भन्दा बढी एआई कम्पनीहरू रहेका छन्। यसको मुख्य एआई उद्योगले २०२३ मा ५७८ अर्ब युआन ($८१.३ अर्ब) को आकारमा पुग्यो, जुन वार्षिक रूपमा १३.९ प्रतिशतले वृद्धि भएको छ, आधिकारिक तथ्यांक अनुसार। भविष्यमा, एआईले औद्योगिक र प्रतिस्पर्धात्मक ढाँचा तथा वैज्ञानिक अनुसन्धानलाई रूपान्तरण गर्नेछ, सबै पेशा र व्यवसायहरूमा परिवर्तन ल्याउनेछ, र सबैभन्दा महत्वपूर्ण रूपमा, जनताको राम्रो जीवनको आकांक्षालाई पूरा गर्नेछ, आईफ्लाइटेकका अध्यक्ष लिउ छिङफेङले एक्स्पोमा भने। स्रोतः चाइला डेली

आजको मौसम

लोकप्रिय