एमबीबीएसमा चिट चोराउन उच्च पदस्थसम्मको हात रहेको खुलासा

एमबीबीएसमा चिट चोराउन उच्च पदस्थसम्मको हात रहेको खुलासा

काठमाडौं, कार्तिक ९

टियुमा चलेको वौद्धिक दलाली

चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तह (एमबिबिएस) प्रवेश परीक्षामा चिट चोराउने गिरोहको नयाँ रहस्य सतहमा आएको छ र यसमा डिन कार्यालयका उच्च पदस्थसम्मको हात रहेको देखिएको छ ।

आइओएमबाटै दुई ब्याचअघि एमबीबीएस गरेका डा.राहुल रौनियार एक परिक्षार्थीसँग फेसबुकमार्फत पैसा मागेको प्रमाण भेटिएको छ ।

जहाँ उनले लेखेका छन् ५० लाख फर स्कोलारसिफ अनि २५ लाख फर पेइङ । यसको अर्थ हुन्छ छात्रवृत्तिका लागि ५० लाख र प्रवेश परीक्षा पास गराउँन २५ लाख रुपैयाँ माग गरिएको छ । यो रकम कसरी माग भएको थियो र माग गर्ने राहुल रौनियानबारे माग गरिएका विद्यार्थीहरु बताउँछन् ।

प्रवेश परीक्षाको तयारीमा चलिरहेकै बेला भएको यो चलखेलले प्रवेश परीक्षा पास गराउन पैसाको ठूलै डिल गरेको देखिएको छ । परीक्षार्थीसँग फेसबुक मेसेन्जरमै पैसाको डिल गरेका छन् । र, विचौलियाको रुपमा आइओएमकै विद्यार्थी प्रयोग भएको देखिएको छ । र, परिक्षार्थी आश्वस्त नभएपछि फेरि अर्को प्रश्न परिक्षार्थीले सोध्छन् र जवाफमा रौनियारले भनेका छन–हामी कहाँ भइरहेछ, लाष्ट आवरमा एन्सर पठाउने तर पैसा लाग्छ । गराउने मान्छे गराई रहेछ क्यारे । तिमी जति पढे पनि नपढे पनि नपढ्नेको नाम स्कलरशीप वा पेइङमा भयो भने डन्ट रिग्रेट लेटर है । त्यतिबेला पैसाको लागि भएको वार्गेनिङबारे विद्यार्थीहरु भन्छन् ।

राहुल रौनियारमात्र होइन, यस्ता बिचौला र माफियाहरुको ठूलो गिरोह लामो समयदेखि एमबीबीएसको प्रवेश परीक्षा सेटिङमा संगठित रुपमा लागेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले प्रवेश परीक्षाको एन्सर सीट’ लगेर बाहिर आएको एन्सर सिटसँग म्याच गरिरहेको छ भने पैसाको वार्गेनीङ गर्ने राहुल रौनियानको बारेमा अनुसन्धान अगाडि बढाएको छ । आइओएमले बनाएको एन्सर सीट म्याच गर्दा ९० प्रतिशत मिलेको खण्डमा त्यो प्रश्नपत्र बाहिरिएको ठहरिनेछ । त्यो अवस्थामा पुनः परीक्षा हुनुपर्ने माग विद्यार्थीहरुले गरिरहेका छन् ।

उच्च पदस्थहरुकै हात

चिट चोराएर विद्यार्थी पास गराउन ठूलै गिरोह सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । राहुल रौनियार र बीके यादवलगायतका विचौलियाहरु परिक्षार्थीसँग रकम असुल्न व्यस्त रहेको देखिएको छ । त्यसबाहेक नाम चलेका केही ठूला एमवीवीएसको तयारी कक्षा सन्चालन गर्ने इन्स्च्यिुटहरु पनि यसमा संग्लन भएको हुन सक्ने देखिएको छ ।

इलेक्ट्रोनिक डिभाइस सहित पक्राउ परेका विद्यार्थी र नक्कली परीक्षार्थीहरुको वयानका आधारमा आइओएमकै अधिकारीहरुको संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । असोज २८ गते सञ्चालित प्रवेश परीक्षाका क्रममा तीनवटा परीक्षा केन्द्रबाट प्रहरीले विद्युतीय डिभाइस सहित केही परीक्षार्थीलाई पक्राउ गरेको थियो । प्रहरीले तत्कालै परीक्षा केन्द्रबाटै प्रश्नपत्रको फोटो खिचेर भाइबरमार्फत मेडिकल काउन्सिल र आइओएमका डीन जगदीश अग्रवाललाई समेत पठाए पनि त्यसको जवाफ उनले दिएका छैनन् ।

अहिलेसम्म आइओएमले परीक्षा रद्द गर्नुको साटो नतिजा प्रकाशन मात्रै स्थगन गरेपछि परीक्षार्थीहरुले समेत डीनको नियतमाथि शंका गर्दै शिक्षण अस्पताल परिसरमा निरन्तर प्रदर्शन जारी राखेका छन् । उनीहरुले डीन कार्यालयबाटै प्रश्नपत्र आउट गरिएको र डिभाइसबाट उत्तर लेखाउने गिरोह समेत आइओएमसँग मिलेको आरोप उनीहरुको छ ।

२५ लाख र ५० लाख तिरेर सेटिङमा प्रवेश परीक्षा पास गराउने गिरोहमा डा.गोविन्द केसी नजिक रहेकाहरु बढी सक्रिय देखिएका छन् र उनीहरुको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

साभार

त्रिविको उपकुलपतिमा पूर्वपदाधिकारी नै आकाङ्क्षी, ४३ जनाले दिए आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकाङ्क्षा राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन् । उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्र.डा. केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्र.डा.कुसुम शाक्यले पनि दरखास्त दिएका छन् । त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्रा.डा राजकुमार पोख्रेलले पनि उपकुलपतिका लागि दरखास्त दिएका छन् । सङ्गीता रायमाझी, सञ्जय आचार्य, प्रा.डा टङ्कनाथ धमला, प्रा.डा आनन्दवल्लभ जोशी, प्राडा अक्कलजेव मिश्र, प्राडा ऋदिशकुमार पोखरेल, नारायणप्रसाद पाठक, प्रा.डा ज्ञानेन्द्रप्रसाद पौडेल, डा. विनयकुमार झा, डा. शुभनारायण पाठक, प्रा.डा.महानन्द चालिसे, सूर्यबहादुर थापा, प्रा.डा. भोजराज अर्याललगायतले पनि दरखास्त दिएको मन्त्रालयले जनाएको छ । दरखास्त दिने अन्यमा भीमसेन देवकोटा, प्रा.डा वेदनाथ शर्मा, प्रा.डा नारायणप्रसाद बेल्बासे, प्रा.डा हेमराज शर्मा, प्राडा प्रकाश घिमिरे (काठमाडौँ), प्रा.डा प्रकाश घिमिरे (गोरखा), डा.रामचन्द्र बस्नेत, प्रा.डा केदारनाथ घिमिरे, प्रा.डा महेन्द्रप्रसाद शर्मा, प्रा.डा विनोद पराजुली, प्रा.डा देवबहादुर खड्का, प्रा.डा कृष्णराज तिवारी, प्रा.डा गोविन्द सुवेदी, प्रा.डा नवराज देवकोटा, बालमुकुन्द रेग्मी, प्रा.डा रामप्रसाद रेग्मी, प्रा.डा चित्रबहादुर बुढाथोकी, प्रा.डा त्रिरत्न बज्राचार्य, प्रा.डा एकराज ओझा र प्रा.डा प्रमोदकुमार झा रहेका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । उपकुलपतिका लागि समितिले पहिलो पटक गत पुस २० गते दरखास्त आह्वान गरेको थियो ।

त्रिविअन्तर्गतका क्याम्पस फागुन १ बाट सञ्चालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले कोरोना महामारीका कारण बन्द भएका सबै क्याम्पसमा फागुनदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको छ। त्रिवि रजिष्टारको कार्यालयले बिहीबार सूचना जारी गरी आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै पठनपाठन र स्थगित परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो। कक्षा तथा परीक्षा सञ्चालनका गर्दा कोभिड(१९ विरुद्धको मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सरकारले यसअघि नै फागुन १ देखि देशभरका विद्यालय पनि भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। कोरोना संक्रमण तीव्ररूपमा फैलिएपछि सरकारले पुस २७ गतेदेखि सबै शैक्षिक संस्था बन्द गरेको थियो।

चरम लापर्बाही, उत्तीर्णको मार्कसिटमा पटक–पटक तारा

काठमाडौं, जेठ ५ । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ। विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ। यो अपत्यारिलो सत्य हो। बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय ९पनिका० पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन्। मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापर्बाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन् । ६० आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भने एउटा मात्र छ । देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ। पनिकाका समस्या एकरदुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन । केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सक्रिप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन । त्यो सेवा पनि केही संकाय र तहका लागि सीमित गरिएको छ। पनिकामा सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता कायमै छ । पनिकाको सेवा प्रवाहमा आउने अर्को समस्या हो, अतिशय लापरबाही । पनिकाले तयार गर्ने मार्कसिटमा कसैको नाम गलत टाइप भएको हुन्छ, कसैको रजिस्ट्रेसन नम्बर छुटेको हुन्छ त कसैको प्राप्तांकमै त्रुटि भेटिन्छ। त्यस्ता त्रुटि सच्याउन लाइन बस्नेहरू बग्रेल्ती भेटिन्छन् । पीडित विद्यार्थीका अनुसार आफैंले गरेको त्रुटि सच्याउन पनिकाले थप दस्तुर लिन्छ र थप समय खर्च गरिदिन्छ । आपूmले गरेको त्रुटिमा सामान्य माफी पनि नमाग्ने र थप दुःख दिने यस्तो सेवाप्रवाह प्रणाली सम्भवतः विश्वमै यही मात्रै भएको सरोकारवालाको दाबी छ। ट्रान्सक्रिप्ट निकाल्दा केही विद्यार्थीहरूको नाम र थर नै बिग्रिएर आउने गरेको छ भने केहीको उत्तीर्णाङ्क नै तल माथि परेर आउने गरेको छ । कतिपय विद्यार्थीको नाम, ठेगाना नै फरक पर्ने गरेको छ। उत्तीर्ण विद्यार्थीहरूको पनि नतिजा अनुत्तीर्ण भएर आउने गरेको छ । जसको प्रत्यक्ष मारमा विद्यार्थी परेका छन् । पनिकाको गैरजिम्मेवारीपन र बेवास्ताका कारण ट्रान्सक्रिप्ट निकाल्न विद्यार्थीहरूले १५ दिनदेखि एक महिनासम्म कुर्नुपर्ने बाध्यता छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

३ वर्षे बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७५ साउन–भदौमा संचालित ३ वर्षे बीबीएस प्रथम वर्षको नतिजा आइतबार प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BBS लेखी एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ३३६२४ मा एसएमएस पठाउनुपर्ने छ ।

लोकप्रिय