एमसिसीकाे बिराेधमा वाइसिएल र क्रान्तिकारीले ११ बजे संसदन भवन घेराउ गर्ने

एमसिसीकाे बिराेधमा वाइसिएल र क्रान्तिकारीले ११ बजे संसदन भवन घेराउ गर्ने

काठमाडौं । अमेरिकी सहायता परियाेजना एमसिसीलाई संसदमा टेबल गर्ने सरकारकाे निर्णयविरुद्ध वाइसिएल नेपाल र।अखिल क्रान्तिकारीले आज ११ बजे संसद भवन घेराउ गर्ने घाेषणा गरेका छन्।।

वाइसिएल र क्रान्तिकारीले एमसिसी राष्ट्रघाति सम्झाैता भएकाे र परिमार्जन नगरि यसलाई छलफलमा लैजान नहुने बताउँदै ११ बजेदेखि सदन घेराउ गर्ने बताएकाे हाे ।

“हामी सशक्त प्रतिवाद गर्छाै ।” वाइसिएल अध्यक्ष सुमन देवकाेटाले भने, “एमसिसी सम्झाैता यथास्थितिमा पारित गर्ने षडयविरुद्ध देशैभरि प्रदर्शन हुन्छ । काठमाडौंमा ११ बजेदेखि संसद भवन घेराउकाे आव्हान गरिएकाे छ ।”

देवकाेटाले दबाबमा आएर सरकारले एमसिसिलाइ आम जनताकाे इच्छा विपरित अगाडि बढाउनु गलत भएकाे बताए । “पर्याप्त छलफल भएकाे छैन । यसका कतिपय प्रावधानबारे अहिले पनि आशंका छन् । सामान्य परियाेजना किन संसदमा लैजान आवश्यक भयाे भन्ने प्रश्न अनुत्तरित नै छ । सरकारलाई के काे हताराे ?” उनले भने ।
देवकाेटाले प्रदर्शन शान्तिपुर्ण हुने बताउँदै संसद घेराउकाे कार्यक्रममा हस्तक्षेप गरिए कडा प्रतिवाद गर्ने समेत बताए ।

प्रतिनिधि सभाकाे बैठक आज दिउँसो एक बजे बस्ने भएकाे छ । सरकारले आजकाे बैठकमा एमसिसि टेबल गर्ने बताएकाे छ । यद्यपि सार्वजनिक कार्यसूचिमा भने एमसिसि परेकाे छैन ।

संसद सचिवालयले जारि गरेकाे कार्यसूचि अनुसार, आजकाे बैठकमा तीनवटा कार्यसूचि रहेका छन् । तर यी कार्यसूचिमा एमसिसि विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झाैता टेबुल गर्ने भन्ने चाहिँ छैन ।

कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । 

संसद बैठककै तयारिस्वरुप सभामुखले कार्यव्वस्था समितिकाे बैठक बाेलाएका छन् । बैठकमा एमसिसिलाइ कार्यसुचिमा राख्ने या नराख्ने विषयमा छलफल हुने छ ।

नेकपा एमालेले सदन अवराेधलाई निरन्तरता दिने निर्णय गरेकाे अवस्थामा एमसिसि कार्यसूचिमा राख्न सरकार र सभामुखलाई सहज परिस्थिति भने छैन । एमालेले आफू सरकारमा छँदा एमसिसि परियाेजना अघि बढाउन खाेजेकाे भएपनि अहिले भने यसबारेमा माैन देखिएकाे छ ।

सभामुख अग्नि सापकोटाले दलहरुबीच सहमति भए एमसिसि टेबल गर्ने नराेक्ने बताइसकेका छन् । तर सदनकाे अवराेधमा भने उनले अघि बढाउने सम्भावना कम रहेकाे देखिन्छ । प्रतिपक्षसँग समेत सहमति कायम गरेर अर्काे बैठकमा यसलाई प्रस्तुत गर्ने सम्भावना समेत रहेकाे संसद सचिवालयका एक कर्मचारिले बताए ।

एमसिसिकै बिराेधमा आज कतिपय दलहरुले नेपाल बन्दकाे घाेषणा गरेका छन् ।

भारतीय सेना प्रमुख द्विवेदी आइपुगे नेपाल

काठमाडौं। भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौं आइपुगेका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ।  नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ। त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन्।

रुकुम पूर्वमा माओवादीले खोल्यो खाता, जगत् घर्ती निर्विरोध निर्वाचित

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ ।  पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित हुनुभएको हो । २०७९ को निर्वाचनमा  माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले  २३४ मत ल्याएर विजयी हुनुभएको थियो भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गर्नुभएको थियो ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रचण्डको अपिल (भिडिओ)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपिल गर्नुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै प्रचण्डले यस्तो अपिल गर्नुभएको हो । प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशीला भएकोमा जोड दिनुभयो ।  ‘यहीँबाट नयाँ युगको सुत्रपात भएको मान्न सकिन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘आजको दिन हामी सबैले स्मरण गर्नुपर्ने, हामी सबैले सम्मान गर्नुपर्ने दिन हो।’ प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।  ‘हामी अहिले शान्ति सम्झौताको मूल स्पीरिटअनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ,’ प्रचण्डले भन्नुभयो, ‘मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको थियो। आज यो प्रक्रिया निष्कर्षतिर जाँदैछ।’ प्रचण्डले यसप्रति खुसी व्यक्त गरेका छन्। ‘हामी सबै यसमा खुसी छौँ। हाम्रो प्रतिवद्धता के छ भने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न सकिन्छ।’   प्रचण्डले नेपाली जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन स्वीकारेका छन्। ‘जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन भन्ने असन्तुष्टि जनतामा छ,’ उहाँले भन्नुभयो, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पको साथ जरुरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ। म यस अवसरमा शान्तिको निम्ति कामना गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनता प्रति पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु।’

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न दिइने

काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसअघि उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगको कार्यतालिका छ। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । आज दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ। ३५ महिला, ४८ पुरुष र एक अन्य छन् । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरुष र एक अन्य गरी जम्मा ३ सय २३ जनाको उमेदवारी परेको छ।

लोकप्रिय