एमाले बैठक स्थल बाहिर किन भयो कुटाकुट, हातपातमा संलग्न पत्रकार हरिशले गरे यस्तो खुलासा

एमाले बैठक स्थल बाहिर किन भयो कुटाकुट, हातपातमा संलग्न पत्रकार हरिशले गरे यस्तो खुलासा

काठमाडौं । नेकपा एमालेको केन्समिति बैठक चलिरहेको बेला कार्यक्रमबाहिर भने दुईजना पत्रकारबीच कुटाकुट चल्यो । एकैछिनमा कुटपीट, मुक्कामुक्की र हातपातको भिडियो भाइरल भयो ।

केही समयअघि सर्वोच्च अदालत परिसरमा वकिलहरुबीच भएको यस्तै मुक्कामुक्की सम्झिंदै कतिपयले प्रतिक्रिया पनि दिए “आखिर पत्रकार पनि के कम” रिपोर्टिङ गर्न गएका पत्रकारबीच किन भयो त कुटाकुट भन्ने विषयमा कुटाई संलग्न एकजना पत्रकार हरिशजंग क्षेत्रीले खुलासाफगरेका छन् ।

फेसबुक पेजमा घटनाबारे लेख्दै उनले हिमालय टिभीका क्यामेरा पर्सन श्याम थापाले अकस्मात आक्रमण गरेको बताए । “फोटो खिच्नै लाग्दा थापा आएर अचानक हातपात गरे ।”उनले भनेका छन् । खासमा श्याम थापालाई कुनै फोटो पत्रकारले एउटा कार्यक्रममा “पागल” भनेको रहेछन् । आज श्यामलाई देख्दा थापाले त्यही पागल भनेर होच्याउने मान्छे भनेर आक्रमण गरेछन् । तर घटना त्यहीँ रोकिएन । क्षत्रिका अनुसार थापाले हिमालय टेलिभिजनमा छलफलका लागि पुग्दा फेरि हरिशमाथि आक्रमण गरेका थिए ।

दुबैजनाबीचको झगडामा फोटो पत्रकार संघका अध्यक्ष प्रदीप वन्तले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेर वार्ता गरेपछि अहिले घटना सामसुम भएको छ ।

पढ्नुस हरिशले लेखेको घटना विवरण :

“आजको घटनाको यथार्थ यस्तो हो है। आज मेरो जीवनमा एउटा अप्रत्याशित घटना घट्यो, एमालेको तेस्रो केन्द्रिय कमिटी बैठकको रिपोर्टिङका लागी बबरमहलस्थित कार्की ब्याङ्क्युट पुगेको थिंए। फोटो खिच्नै लाग्दा हिमालयन टेलिभिजनका क्यामेरा प्रर्सन श्याम थापाले एक्कसी मलाई तान्दै तैले मलाई अनुपम फुटल्याण्डमा पागल भनेको होइनस भन्दै तथानाम गाली गर्दै हातपात सुरु गरे । म एकछिन अलमल परे मैले उहाँलाई पागल भनेको सम्झना सम्म छैन । उहाँ माथी अरु कसैले नै त्यस्तो गरेको थियोे होला तर तिमी नै हौं भन्दै आज एक्कसी म माथी जाइलागे तर म अनविज्ञ छु घटना हुँदा आत्मरक्षाका लागी मैले बचाउको प्रयास गरेको मात्रै हु । अपसोच मैले गर्दै नगरेको गल्तीले आज जग हसायो, त्यसमा पनि नेपाली ठुला सञ्चारमाध्यमले एकोहोरो समाचार लेखेर मेरै चरीत्र हत्या गरे । तर उक्त घटनामा म माथि हातपात गर्ने निज श्याम थापाले हिमालयन टेलिभिजनमा पुग्दा अझै म माथी हातपात गर्दा म फेरि एकपटक स्तब्ध भए । अन्तमा उनले तपाईं जस्तै मान्छे थियोे त्यसैले आवेगमा आएर गालीगलोज र हातपात गरेको स्विकार्दै म मानसिक रूपले अस्वस्थ नभएको भन्दै माफी मागेका छन् । बिनाकारण भएको घटनामा मैले नि आत्मरक्षाका लागि हात उठाएकोमा माफी मागे१ बाकी राजेन्द्र सर आएपछि छलफल हुनेछ र निष्कर्ष निस्किने छ । आफ्नो एकरत्ति गल्ती बिना आज देशभर सामाजिक सञ्जाल मार्फत भाइरल भइयो । र नेपाली मिडियाको आफैं घटना बुन्ने र लेख्ने चरीत्र र युट्युबे प्रवृत्ति एकपटक फेरि उदाङ्गो भो । आजको यो घटनालाई समन्वय गर्ने आदरणीय राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष प्रदीप वन्त, महेश्वर केसी, कृष्ण खड्का, सुनिल प्रधान, हिमालयन टेलिभिजन परिवार र मेरो शुभचिन्तक पर्ती आभार व्यक्त गर्दछु।”

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

म न्यायिक प्रक्रियालाई सघाउन आएको छुः लामिछाने

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई लाई सघाउन आएको छु ।’  उनले सरकारको राज्य सत्ता कब्जा गर्ने आफ्नो बर्चस्व कायम गर्ने योजना रहेको समेत उनले बताए । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

एमालेको पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीले थाल्यो एक रूपैयाँ दान अभियान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङसँग जग्गा दान लिएको भन्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेको छ। आइतबार अखिल क्रान्तिकारीको प्राविधिक जिल्ला समितिले एमाले पार्टी कार्यालय बनाउन एक रूपैयाँ सहयोग संकलन सुरू गरेको हो। प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि भेला भएका विद्यार्थी नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सहयोग संकलन सुरू गरेका छन्। एमालेले काठमाडौंको कीर्तिपुरमा व्यवसायी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो। सत्तारूढ दलले व्यवसायीसँग चन्दा लिएर पार्टी कार्यालय बनाउन लागेको भन्दै आलोचना भइरहेका बेला अखिल क्रान्तिकारीले उक्त विरोध प्रदर्शन गरेको हो।

लोकप्रिय