कपिलवस्तु नगरपालिकाको मेयरमा माओवादीका शत्रुघन चौधरीको चर्चा

कपिलवस्तु नगरपालिकाको मेयरमा माओवादीका शत्रुघन चौधरीको चर्चा

कपिलवस्तु । आगामी वैशाख ३० गते हुने स्थानीय निकायको चुनाव नजिकिदै गर्दा कपिलवस्तु नगरपालिकामा गठबन्धनका प्रत्यासी उम्मेदवारका आकांक्षी धेरै हुँदा गठबन्धनको तर्फबाट मेयर तथा उपमेयर छनौट गर्न सतारुढ दललाई हम्य हम्य परेको छ ।

कपिलवस्तुमा २०७४ सालको स्थानीय निर्वाचनमा ९२५४ मतका साथ नेपाली काँग्रेसको तर्फबाट किरण सिंह विजयी भएका थिए । अहिले स्थानीय चुनाव नजिकिएसँगै सत्ता साझेदार दल नेकपा (माओबादी केन्द्र)को तर्फबाट कपिलबस्तु नगर समितिका अध्यक्ष शत्रुघन चौधरीको पक्षमा स्थानीय क्षेत्रमा माहोह सिर्जना भएको छ । उनी निर्वाचन मिति घोषणा भएसँगै पार्टिले उनलाई मेयरको उम्मेदबारको रुपमा अघि सारेको छ त्यससँगै निर्वाचनको प्रचार प्रसार जनभेटघाट उनको दिनचर्या जस्तै बनेको छ ।

अन्य सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस,नेकपा (एकीकृत समाजवादी),जनता समाजवादी पार्टी एंव राष्ट्रिय जनमोर्चा लगायतका पार्टीले भने नगरपालिकामा आफ्ना आधिकारिक उम्मेदवार तय गर्न सकेका छैनन् । माओबादी केन्द्र बाहेकका अन्य दलभित्र प्रत्यासी उम्मेदवारको संख्या धेरै भए पछि अन्य दलमा उम्मेदवार तय गर्न सकस परेको हो।

अहिले माओवादीको प्रत्यासीका रुपमा रहेका चौधरीलाई २०७७ चैत्र २१ गते नेकपा (माओबादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए । नेकपा(माओवादी केन्द्र) को सदस्यता प्राप्तिसँगै उनले प्रचार प्रसार लगायत सामाजिक कार्यमा सक्रियता देखाउँदै आएका छन । आजका मितिसम्म आधिकारिक रुपमा चुनावी मैदानमा उत्रिएका एक मात्रै उम्मेदवार नेकपा (माओबादी केन्द्र)का नगर अध्यक्ष शत्रुघन चौधरी मात्रै रहेको कुरा प्रचार प्रसार,सक्रियता एवम सामाजिक सञ्जालबबाट बुझ्न सकिन्छ ।

विगत २० बर्षदेखी राजनितिक तथा सामाजिक क्षेत्रमा सक्रिय चौधरी वि.सं.२०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयद्धारा गठित जनता आवास कार्यक्रमको संयोजकको रुपमा रहेर जिल्लाभरी करिब एक हजार निम्न वर्गका गरिब तथा अति विपन्न परिवारको घर निर्माणमा सक्रिय उनी स्थानीय जनतामाझ चिरपरिचित अनुहार हुन। यसै गरी पुर्वाधार र सेवाका हिसाबले पछि परेको कपिलबस्तु जिल्लाको जिल्ला अस्पताल उनी अस्पताल विकास समितिको अध्यक्ष भएकै पालामा उनकै पहलमा करिब २१ करोडको बजेट ल्याई सुविधा सम्पन्न अस्पताल तत्कालिन स्वास्थ्य तथा जनसँख्या मन्त्री राजेन्द्र महतोद्धारा सिलन्यास गराएको कुरा अस्पतालका कर्मचारीहरु बताउँछन ।

त्यसेगरी कपिलवस्तु जिल्लाको सदरमुकाममा स्थित रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १२ करोड ठगी अपचलन मुद्धामा पिडित बचतकर्ताहरुको तर्फबाट नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारी लगायत सरोकार वाला निकायलाई बार्ता र आन्दोलनको माध्यमबाट पटक पटक ध्यानाकर्षण मात्रै गराएनन उनले बचत कर्ताको नेतृत्व गरेको छोटो समयमै उक्त मुद्धा फैसला गराउन भुमिका निर्वाह गरी करिब ७ हजार बचतकर्ताहरुलाई न्याए दिलाएको एक स्थानीयले बताए ।

२०६४ सालको संविधानसभा चुनावमा झिनो मतान्तरले पराजित भएका चौधरी २०७० सालको प्रतिनिधि सभा चुनावमा सन्तोषजनक उपस्थिति जनाएका थिए । स्थानीय तह आएसँगै प्रत्यक्ष रुपमा समाजसेवामा लागेका उनलाई माओवादी केन्द्रले प्रथामिकताकासाथ कपिलवस्तु नगरपालिकाको मेयरको उम्मेदवारको रुपमा अघि सारेको हो । यद्यपी केन्द्रिय गठबन्धन तथा जिल्लाको निर्णय अनुसार नगरमा गठबन्धनको निर्णय मान्य हुने भन्दै गठबन्धनले अगाडी सारेको व्यक्तिलाई सबैले सहयोग गर्दै प्रतिगमनलाई परास्त गर्नुपर्ने उनको धारणा छ ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय