कलेजो अर्बुदः आयुर्वेदीय उपचार पद्धति उपयोगी

कलेजो अर्बुदः आयुर्वेदीय उपचार पद्धति उपयोगी

काठमाडौं, माघ २९ । ‘माया मारिसकेका थियौँ आमाको, कलेजोको क्यान्सर भएको पुष्टि भएपछि धन्न आयुर्वेदिक औषधि खाएर ठीक हुनुभयो’– ६४ वर्षीया चित्रमाया खनालका छोरा लेखनाखले सुनाए ।

इलाम शान्ति डाँडा–९, निवासी चित्रमायालाई चार वर्षअघि कलेजोको समस्या देखिएपछि अर्बुदको आशङ्काले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा रोग भएको पुष्टि भयो ।

‘बिरामी बोल्न नसक्ने, चम्चाले पानी पिलाएर राखिएको थियो, शल्यक्रिया गर्दा डाक्टरले पाँच प्रतिशतमात्र बाँच्ने सम्भावना हुन्छ भनेपछि शल्यक्रिया गर्न मन लागेन, आयुर्वेदिक औषधि खुवाएँ, अहिले आमालाई पूर्ण रुपमा ठीक छ’, खुसी व्यक्त गर्दै उनले थपे ।

ललितपुरको कुपन्डोल गुरुद्वारा नजिकै रहेको गणेश आयुर्वेदिय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी उनले आफ्नी आमालाई चार महिना आयुर्वेदिक औषधि खुवाएको थियो ।

‘वैद्यले त तीन महिना औषधि खुवाए पुग्छ भनेको थियो, मैले नै पूरा ठीक होस् भनेर थप एक महिना खुवाएर पछि परीक्षण गर्दा पूर्ण रुपमा ठीक भएको स्वास्थ्य प्रतिवेदन आयो’, कलेजोका लागि आयुर्वेदीय औषधि अमृत साबित भयो’ उनले आफ्नी आमाले थप जीवन पाएको अनुभव सुनाए ।

चित्रमाया मात्र हैन, उहाँजस्ता धेरैले आयुर्वेदिक औषधिबाट पुनर्जीवन पाएका छन् । कपनका ४५ वर्षीय बद्री खड्काले बाँच्ने आशा गुमाइसक्नुभएको थियो तर अहिले स्वस्थ जीवन बिताएको छ ।

‘कलेजोमा क्यान्सर भयो भनेपछि आँतले हरेस खाइसकेको थियो, आयुर्वेदिक औषधि तीन महिना खाएपछि ठीक भयो’, उनले अहिले आफूलाई कलेजोको कुनै समस्या नभएको सुनाए । आयुर्वेदिक औषधिको प्रयोगले आफूले नयाँ जीवन पाएको राजकुमार केसीको पनि अनुभव छ ।

बयालिस वर्षीय केसी तीन महिना आयुर्वेदिक औषधिको सेवनपछि अहिले पूर्णरुपमा ठीक भएको छ ।

‘बाँचुला, यसरी काम गरेका खान सकूँला भन्ने थिएन, कलेजोमा क्यान्सर भएपछि जीवन सकिएजस्तो लागेको थियो, आयुर्वेदिक औषधिले ज्यान बचायो’, उनले भने ।

रोगीलाई उपचार र परामर्श दिएर पुनर्जीवन दिने गणेश आयुर्वेदिय औषधालय प्रालिका प्रमुख वैद्य राउतले यस्ता धेरै व्यक्तिलाई पुनर्जीवन दिने काम गरेको छ । उनले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा विसं २०४६–०४७ तिर विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा १५ महिने तालिम प्राप्त गरेपछि कलेजो उपचार गर्न सुरु गरेको हो ।

उनले २५ वर्षदेखि कलेजोको उपचार गर्दै आएको छ । कलेजो मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हो । कलेजो, फियो, आन्द्रा र मिर्गौलाले पाचन प्रक्रियासँग अन्त्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।

वैद्य राउतले भने, ‘कलेजो, फियो, आन्द्रा र मिर्गौला शरीर सञ्चालन गर्ने मिटर बक्स नै हुन्, यी अङ्गले रक्त निर्माणदेखि अप्रत्यक्ष रुपमा परेका विषादीलाई पनि शुद्धीकरण गरी बाहिर निकाल्ने काम गर्छन् ।’

कलेजोसम्बन्धी समस्यालाई संस्कृतमा ‘कामला’, नेपालीमा ‘कमलपित्त’, अङ्ग्रेजीमा ‘जन्डिस’ भनेर बुझिन्छ । कलेजो झरझराउँदो कलेजी रङको हुन्छ । विभिन्न कारणले कमलपित्त हुन सक्छ । कमलपित्त भएपछि एसजिपिटी, एसजिओटी र विर्लुबिन अत्याधिक मात्रामा बढ्छ । आफ्नो काम गर्न असक्षम भएपछि रगत उत्पादन हुन सक्दैन । रातो रक्तकोष निर्माणमा कमी हुन्छ । कलेजोको समस्या भएमा यसका लक्षण अल्छी लाग्ने, खाना रुचि नहुने र शरीर शिथिल हुँदै गएर छिट्टै मृत्यु हुन्छ ।

लक्षण थाहा पाउनेबित्तिकै स्वास्थ्य परीक्षण गरेर आयुर्वेदिक औषधि खानुपर्छ ।

‘दक्षिण एसिया आयुर्वेदको जन्मभूमि हो, पाँच हजार वर्षअगाडि चीनको तावो पद्धति ९आयुर्वेदीय पद्धति० अपनाएर हालसम्म पनि चीन सरकार उच्च महत्व दिएर नागरिकको स्वास्थ्योपचारमा लागि परेको छ तर चीनमा भन्दा पनि नेपालको आयुर्वेद विज्ञ धेरै गुणा कुशल र सक्षम थिए’, राउतले थपे, ‘जुन कुरा नेपालमा तयार भएको आयुर्वेदसम्बन्धी नेपालको दस्तावेज ‘चन्द्रनिघण्टु’ ले पुष्टि गरेको छ तर त्यसको कार्यान्वयन गर्ने पक्षमा सरकार कमजोर देखिन्छ ।’

पहिल्लो समयमा बोटबिरुवाको तस्बिरसहित पुस्तक निकालिएको छ तर त्यसले कच्चा वैद्य उत्पादन गर्ने कार्य भएको छ जसले गर्दा आयुर्वेद बदनाम भएको छ । चन्द्रनिघण्टुका पारखी धेरै बितिसके । ‘नेपाल पनि आयुर्वेदको मातृभूमि हो, आयुर्वेदको विकास जरुरी छ किनभने आयुर्वेद विज्ञानले बिनाशल्यक्रिया उपचार सम्भव देखाएको छ’, राउतले आयुर्वेदीय पद्धतिको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

आयुर्वेदीय औषधि र सचेतना ९आहार÷विहार० बाट उपचार गर्न सकिन्छ । कलेजोले विषादीलाई मलमूत्रबाट फ्याँक्ने काम गर्छ ।

“आयुर्वेदीय उपचार पद्धति अपनाउनेले कलेजो प्रत्यारोपण सोच्नु पर्दैन, कलेजो प्रत्यारोपण सामान्य नागरिकको पहुँचमा छैन, विदेशमा करोडाँै खर्च गर्नुपर्ने हुन्छ”, राउतले भने । खानेकुरामा ध्यान दिएर आयुर्वेदीय औषधिको सेवन गरेमा कलेजो समस्या ठीक हुने राउतले पुष्टि गरेकोछ ।

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको छ । यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाएको छ । यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने सुझाव दिएको छ । यस्तै, २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ । एजेन्सी

लोकप्रिय