कार्तिक ३० देखि सानिमा बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने

कार्तिक ३० देखि सानिमा बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, कार्तिक १८ ।

सानिमा बैंकले यही कार्तिक ३० गतेदेखि १० वर्षअवधिको २ अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकको निष्काशन गर्ने कूल ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता व्यक्तिगत तवर मार्फत बिक्री छ भने २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको हो ।

सर्वसाधारणमा निष्काशन हुने कूल ४ लाख कित्ता ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्टाइएको छ भने ३ लाख ८० हजार कित्ता सर्वसाधारले आवेदन दिन पाउने छन् । १०५ सानिमा डिवेञ्चर २०८५, नाम दिइएको १० वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर अर्ध–वार्षिकरुपमा प्राप्त हुने बैंकले जनाएको छ ।

ऋणपत्रमा मंसिर ४ गतेसम्म आवेदन गर्न पाइने छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

बैंकको ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले ऋणपत्रको बिक्री प्रबन्धक प्रबन्धक काठमाडौं क्यापिटल, सानिमा बैंकको उपत्यका तथा उपत्यका बहिरका शाखा कार्यालयहरुबाट दरखास्त फारमा बुझाउन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन गर्न सकिने छ ।

पूँजी प्रयाप्तता अनुपात बढाउन र व्यवसाय विस्तारका लागि ऋणपत्र जारी गर्न लागिएको सानिमा बैंकले जनाएको छ । बैंकलाई आवश्यक दीर्घकालीन पूँजीको जोहो गर्न यो ऋणपत्र बिक्री गर्न खोजेको हो। उसको पूँजी कोष अनुपात अहिले १२।९३ प्रतिशत छ ।

हाल बैंकमा बचत खाताको ब्याजदर ७ प्रतिशत हाराहारीमा मात्र रहेको छ । ऋणपत्रमा १० प्रतिशत ब्याज पाइने भएकाले उच्च प्रतिफल सहित दीर्घकालीन लगानी गर्न खोज्ने लगानीकर्ताका लागि यो राम्रो अवसर हुने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट कात्तिक ७ गते अनुमति प्राप्त गरेको थियो । बैंकको यो दोस्रो ऋणपत्र हो । यसअघि बैंकले ३७ करोडको ७५ सानिमा डिवेञ्चर २०७९ जारी गरेको थियो ।

बैंकले गत बर्षको खुद नाफाबाट १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेरोलगानीबाट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय