किन हुन्छ कुर्कुच्चामा पीडा ?

किन हुन्छ कुर्कुच्चामा पीडा ?

‘कुर्कुच्चा दुखाइलाई समस्या हाम्रो समाजमा अत्यन्त सामान्य रूपमा लिने गरिएको छ,’ डा.पाण्डे भन्छन्, ‘महिला, दिनहुँ धेरैबेर उभिनुपर्ने व्यक्ति, हिल भएको वा कडा सोल भएका जुत्तारचप्पल लगाउनेहरूलाई यो समस्या बढी हुने गरेको छ ।’

डा.चक्रराज पाण्डे

अचेलका पहिलेजस्तो माटो, बालुवा, घाँस भएका सडक हुन छाडे । त्यस्ता नरम सडकको ठाउँ अलकत्रा, ढुंगा, कंक्रिट भएका सडकले लिए । त्यस्तै सतहमा निरन्तर हिँड्नुपर्ने अवस्थामा हामी बाँचिरहेका छौँ ।

परिवर्तित सडक र सतहको अवस्थाले हाम्रो कुर्कुच्चालाई प्रभावित गर्न थालेको छ । त्यसमा पनि अनुपयुक्त, अवैज्ञानिक जुत्ताचप्पल र फेशनको नाउमा हाई हिल आदिको प्रयोगले धेरै मानिसलाई कुर्कुच्चा दुख्ने समस्याले सताउन थालेको छ । हाम्रो समाजका धेरैजसो व्यक्ति यस्तो शारीरिक समस्या (प्लान्टर फेसियाइटिस) बाट आक्रान्त हुन थालेका छन् ।

यो रोगबारे हाम्रो मुलुकमा कुनै खास अध्ययन भएको छैन । तर हाडजोर्नी सम्बन्धी समस्या लिएर चिकित्सक कहाँ पुग्नेहरूमध्ये करिव १५ प्रतिशतमा प्लान्टर फेसियाइटिस अर्थात् कुर्कुच्चा दुख्ने समस्या हुने गरेको छ । यस्ता समस्या भएकाहरू युवा र मध्य आयु अर्थात् ३०–५० वर्ष उमेर समूहका बढी रहेको हाडजोर्नी तथा खेलकुद र जोर्नी प्रतिस्थापन शल्यचिकित्सक डा.चक्रराज पाण्डेको अनुमान छ ।

‘कुर्कुच्चा दुखाइलाई समस्या हाम्रो समाजमा अत्यन्त सामान्य रूपमा लिने गरिएको छ,’ डा.पाण्डे भन्छन्, ‘महिला, दिनहुँ धेरैबेर उभिनुपर्ने व्यक्ति, हिल भएको वा कडा सोल भएका जुत्तारचप्पल लगाउनेहरूलाई यो समस्या बढी हुने गरेको छ ।’

बिहान उठेर केही पाइला हिँड्दैमा कुर्कुच्चामा तीव्र दुखाइको अनुभूति भए यो प्लान्टर फेसियाइटिसको लक्षण हुन सक्छ । यो तीव्र दुखाइले गर्दा पीडितहरू खुट्टा भुइँमा राख्न सक्दैनन् ।

उसो त थाइराइडको उपयुक्त उपचार नपाएका, हाडको घनत्व (बोन डेन्सिटी) कम भएकाहरूमा समेत यो समस्या भेटिएको छ । पैतालामा बोसोको मात्रा कम हुँदै गए पनि यो समस्याले दुःख दिन थाल्छ ।

प्लान्टर फेसिया खुट्टाको तल अर्थात् कुर्कुच्चामा बाक्लो तन्तु भएको खण्ड हो । यसले कुर्कुच्चाको हाडलाई खुट्टाका औँला सग जोड्छ र खुट्टाको चाप (आर्क) बनाउँछ । यो एक प्रकारले हाम्रो शरीरको तौललाई सहन गर्नसमेत सहयोगी हुन्छ ।

‘जब यो तन्तु सुन्निन्छ तब यसलाई प्लान्टर फेसियाइटिस भनिन्छ,’ डा.पाण्डे भन्छन्, ‘यो सुन्नाइ त्यतिखेर हुन्छ, जब कुर्कुच्चामा भएको तन्तुको वाक्लो तह (फेसिया) धेरै बढी तन्किन्छ ।’ यस्तो हुँदा निकै दुख्छ, हिँड्नै नसकिने हुन्छ ।

डा.पाण्डेका अनुसार कुर्कुच्चाको दुखार्इ सामान्य उपायले नगए हाडजोर्नी विशेषज्ञसँग सल्लाह लिएर नियमित हेरचाह गर्नुपर्छ । चिकित्सकीय सल्लाहमा उपयुक्त हिल प्याड लगाउने गर्दा पनि फाइदा पुग्छ । यो समस्या हटाउन कहिलेकाहीं शल्यक्रियाको समेत आवश्यकता पर्न सक्छ ।

दीर्घकालीन प्लान्टर फेसियाइटिसले गर्दा कुर्कुच्चाको हाडको प्लान्टर फेसिया जोडिने ठाउँमा हाडको निर्माण हुन्छ । यसलाई हिल स्पर सिन्ड्रोमसमेत भनिन्छ ।

अमेरिकन कलेज अफ फुट एन्ड एंकल सर्जन्सका अनुसार, प्लान्टर फेसियाइटिस खेलका लागि डिजाइन नगरिएका जुत्ता लगाउँदा पनि हुन सक्छ । खुट्टाको दोषपूर्ण सरचनासमेत प्लान्टर फेसियाइटिसको समस्या हुने सामान्य कारण हुन सक्छ । यति मात्र नभई, तनाव हुनु, हाड भाँच्चिनु, तन्त्रिकामा चोट लाग्नु जस्ता कारणबाट पनि यो समस्या निम्तिन सक्छ ।

डा.पाण्डेका अनुसार कुर्कुच्चाको दुखार्इ सामान्य उपायले नगए हाडजोर्नी विशेषज्ञसँग सल्लाह लिएर नियमित हेरचाह गर्नुपर्छ । चिकित्सकीय सल्लाहमा उपयुक्त हिल प्याड लगाउने गर्दा पनि फाइदा पुग्छ । यो समस्या हटाउन कहिलेकाहीं शल्यक्रियाको समेत आवश्यकता पर्न सक्छ ।

यो समस्या आफैं नियन्त्रित हुन पनि सक्छ र निको हुन ६ महिनादेखि डेढ वर्षसम्म लाग्न पनि सक्छ ।

टार्सन टनेल अर्थात् पैतालामा जाने नसाको बाटो साँघुरो हुँदा पनि प्लान्टर फेसियाइटिससँग मिल्दोजुल्दो लक्षण देखिन्छ, पैताला झमझाउने र दुख्ने हुन्छ ।

बालुवामा हिँड्दा पैतालाको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउँछ । मधेस वा पहाडका नदीको बगरमा नांगा खुट्टा आधा घण्टासम्म हिँड्ने गरे यो समस्याबाट चाँडै मुक्ति पाउन सकिन्छ ।

स्ट्रेचिङ व्यायाम उपयोगी

कुर्कुच्चा दुख्ने समस्याबाट पीडितहरूका लागि पैताला तन्काउने ९स्ट्रेचिङ० व्यायाम फाइदाजनक हुन्छ । तर यो व्यायाम विशेषज्ञको सल्लाह लिएर मात्रै गर्नुपर्छ । प्रारम्भिक सुन्नाइ कम नहुन्जेल खुट्टामा पर्ने दबाबलाई यो व्यायामले रोक्न सघाउँछ ।

तातो पानीले सेक्नु हुन्न

यो समस्या भएकाहरूले सामान्यतस् तातो पानीले पैताला सेक्नु हन्न, बरफले सेक्नुपर्छ । तातोले सुन्नाइ बढाउँछ, चिसोले भने घटाउँछ । तर मधुमेह भएकाहरूले बढी बरफको उपयोग गर्नु हुन्न ।

तेल मालिश राम्रो

सुत्ने बेला पैतालामा गरिने तेल मालिसले यो समस्याबाट उन्मुक्ति दिन्छ । हल्का हातले बिस्तारै पैताला मिच्दै मालिस गर्दा फाइदा पुग्छ ।

गहनामा हैन, जुत्तामा लगानी गरौँ

जन्मदेखि मरणसम्म नभई नहुने र अत्यावश्यक प्रक्रिया हो– हिँडाइ । यो प्रक्रियामा तपाईंले हिँडने सतह र लगाउने जुत्ता–चप्पलले प्रभाव पारिरहेका हुन्छन् । कुर्कुच्चको पीडा मात्रै नभई खुट्टासम्बन्धी थुप्रै समस्या र जटिलताका लागि तपाईंले लगाउने अनुपयुक्त र अवैज्ञानिक जुत्ता–चप्पलसमेत जिम्मेवार हुन्छन् ।

उपयुक्त र वैज्ञानिक जुत्ता–चप्पल उपयोग गरेर प्लान्टर फेसियाइटिसजस्ता खुट्टासम्बन्धी थुप्रै समस्याबाट बच्न सकिने औंल्याउँदै डा.पाण्डे भन्छन्, ‘गरगहना र लुगाफाटामा मात्र हैन स्वस्थ रहन जुत्ता–चप्पलमा पनि लगानी गर्नुस् ।’ जुत्ता–चप्पल हेर्नमा हमात्र हैन, लगाउनमा समेत राम्रो, अनुकूल हुनुपर्छ । हाल वाकिङ अन एयर प्रविधि अन्तर्गत बनेका, पैतालामा बढी भार नपर्ने खालका जुत्ता–चप्पल समेत पाइन्छन् । शरीरको भार पैतालामा नभई खुट्टाको बीचभागमा लिने जुत्ता–चप्पल लगाउनु उपयुक्त हुने डा.पाण्डे सुझाउँछन् ।

तलुवा नरम भएको, खुट्टालाई न बढी खुकुलो न बढी टाइट हुने जुत्ता उपयोग गर्नुपर्छ । यस्तै, निश्चित समयमा जुत्ता–चप्पललाई फेर्दै गर्नुपर्छ ।

लक्षण

कुर्कुच्चाको तल्लो खण्डमा दुख्नु
खुट्टा तल पोल्नु र दुख्नु
खुट्टा हल्का सुन्निनु वा रातो हुनु
पैतालामा कडापन हुनु
पैतालाको पीडा कुर्कुच्चाभन्दा बाहिर निस्किरहेको अनुभव हुनु

किन दुख्छ ?

खुट्टामा दबाब बढी हुँदा
लामो दूरीसम्म ओरालो झर्दा
उबडखाबड सतहमा दौडिँदा
अचानक शरीरको तौल बढ्दा
पिँडौलाको जोर्नी निर्माणमा भाग लिने बलियो नशा कडा हुँदा
पैताला र खुट्टाको आकार–प्रकारसँग मिल्दो जुत्ता नलगाउँदा
दिनहु घण्टौँ उभिनुपर्दा
हाई हिल लगाउने व्यक्तिले एक्कासि हिल नभएको जुत्ता लगाउन थाल्दा

हेल्थटुडेबाट साभार

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय