के तपाईलाई मनमा नानाथरी कुरा खेल्ने र चिन्ता लाग्ने हुन्छ ?
मनमा कुरा खेल्नु प्रायः सामान्य हो । यसलाई रोग या समस्या भन्न मिल्दैन । कतिपय मानिसहरू स्वभावले बढी कल्पनाशिल हुन्छन् । किशोर किशोरिहरू पनि कल्पनामा बढी डुब्दछन । मनमा कुरा खेल्नु लाई समस्या पो हो की भन्ने तब सोचिन्छ जब यस्ले दैनिक जीवन मा अवरोध ल्याउँछ ।
असामान्य रूपले मनमा कुरा खेल्ने कारणहरु बिभिन्न हुन सक्छन । ती मध्ये सबै भन्दा ठुलो कारण तनाव हो । केही मानिस को व्यक्तित्वनै मनमा कुरा खेलाउने हुन्छ । यी बाहेक डिप्रेसन र आत्तिने रोग हरुमा पनि मनमा बिभिन्न प्रकारका कुरा खेल्छन ।
व्यक्तित्वस् कुनै मानिसहरु सजिलैसंग आफुलाई ब्यक्त गर्न नसक्ने हुने र उनीहरुलाई कसैले केही भन्यो भने वा उनीहरु चित्त नबुझ्ने कुरा भयो भने कुरा मनमा नै राख्ने हुन्छन् । यो अवस्थालाई रोग भन्न मिल्दैन । तर यी मानिस हरू पटक पटक तनाव मा परेमा चाँही डिप्रेसन र आत्तिने रोग जस्ता मानसिक रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ ।
आत्तिने रोग (Anxiety) मा केही नराम्रो हुन्छ कि भन्ने एक किसिमको डर लाग्ने, नचाहिने चिजको अनावश्यक चिन्ता लागिरहनेस पारिवारीक चिन्ता¸ आर्थिक चिन्ता र भविष्यको चिन्ता पनि समस्याको तुलनामा धेरै हुने हुन सक्दछ । “बोल्दा मैले गल्ति गर्ने पो हो किरु” “मानिसहरुले मेरो हाँसो उडाउने हुन किरु” “रिंगटा लागेर मा लड्ने पो हुँ किरु” “मुटु बढी ढुक ढुक गरेर र दिमागले केहि काम नै गरेन भने बडा बेइज्जत हुने पो हो किरु” जस्ता कुरा पनि मन् मा खेल्ने हुन सक्छ । यसरी मनमा कुरा खेल्दै गएमा केही शारीरिक लक्षण पनि देखिन सक्छन्, जस्तै जस्तै मुटु काप्ने, श्वास अनुभव हुने, जिउ या हात् खुट्टा काप्ने, चिटचिट पसिना आउने आदि ।
डिप्रेसन मा चिन्ता साथै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ । यस्तो कारणले गर्दा हाम्रो दैनिक कार्यमा असर गर्न थाल्छ । नकारात्मक विचारका साथै अनावश्यक थकानको महसुस हुने¸ कमजोरी अनुभव हुने¸ झुम्म परेको जस्तो हुने¸ टाउको दुख्ने र काम गर्ने जाँगर कम हुन थाल्छ ।
डिप्रेसन र आत्तिने रोग दुबैमा अनावश्यक सानो कुरामा पनि रिस उठ्ने¸ झर्को लाग्ने पहिलाको जस्तो काममा वा पढाईमा एकाग्रता कम हुँदै जाने¸ बिर्सने समस्या हुने¸ आत्मबलको कमी हुने पनि हुन सक्छ । यी बाहेक निर्णय लिन पनि गाह्रो हुने हुन सक्छ । निदाउन गाह्रो हुने वा निदाए पछि फेरी सुत्न गाह्रो हुने पनि हुन सक्छ । ननिउँदा फेरि अनेक नकारात्मक र चिन्ताका कुरा मन मा खेल्न सक्छन् । हात खुट्टा झमझमाउने¸ रिँगटा लागेको जस्तो हुने¸ शरिर पोलेको जस्तो पनि हुन सक्छ ।
सल्लाह
मनमा चिन्ता हुँदा र नकारात्मक कुरा खेल्दा मानिसहरू आफ्ना नजिकका हितैशीसँग छलफल गरेपनी पश्चात्य देशमा झै काउन्सिलर कहाँ जाने चलन नेपालमा आइसकेको छैन् । हितैशी हरूसँग कुरा गर्दा मन हल्का भएपनी सल्लाह चाँही उनिहरुको अनुभव, आस्था र धारणाले रङियेको हुन सक्छ । काउन्सिलरले चाँही कस्तो अवस्थामा कस्तो सल्लाह दिने भने तालिम लिने भएको ले उनिहरु को सल्लाह बढी बस्तुपरक हुन्छ । काउन्सिलर संपर्क सजिलो नभएमा चाँही तनाव बहन गर्ने तरिकाहरु ९क्लिक गर्नुहोस्० प्रयोग गर्दा फाईदा हुन सक्छ ।
तर जब चिन्ता र नकारात्मक बिचार बढ्दै गएर शारीरिक लक्षणहरू देखापर्छन, राम्रोसंग जानकारी नभएको हुनाले प्रायजसो यस्तो समस्याले पिडित ब्यक्तिहरु लक्षण अनुरूप नसाको चिकित्सक (Neurologist) वा मुटुको चिकित्सक (Cardiologist) या अन्य चिकित्सकलाई देखाउन जान्छन । जस्तै नसाको चिकित्सक कहाँ टाउको दुख्ने¸ झमझमाउने ईत्यादी लक्षणको उपचार गर्न जान्छन । मुटुको चिकित्सक कहाँ ढुकढुकी बढ्ने समस्याले पुग्दछन । अवश्य पनि यी शारीरिक लक्षण प्रकट भैसकेपछी आवश्यक डक्टरी जांच गर्नु पर्दछ । यस्को लागि सबैभन्दा पहिले General Practitioner लाई देखाउंदा राम्रो हुन्छ । त्यस पछि आवश्यक परेमा General Practitioner ले बिशेशज्ञ डक्टरलाई रेफर गर्नेछन । तर चिन्ता र नकारात्मक सोचाइ धेरै छ र शारीरिक समस्या भन्दा अगाडी चिन्ता र नकारात्मक सोचाइ शुरु भएको हो भने चाँही शुरु मै मानसिक रोग बिशेषज्ञ लाई जचाउदा राम्रो । मानसिक रोग बिशेषज्ञले अन्य चिकित्सकले जस्तै चिकित्सा बिज्ञान पढेको हुने हुनाले आवश्यक जांच र अन्वेशणहरू (रगत र पिसाब जांच तथा ई सी जी, भिडिओ एक्स्रे, सीटी स्क्यान र एम. आर. आइ.) पनि सिफारिस गर्न सक्ने तालिम लिएका हुन्छन् । यदि आवश्यक परे अर्थात शरीरको कुनै भाग मा खराबी देखिएमा मानसिक रोग बिशेषज्ञले सम्बन्धित चिकित्सकलाई रेफर गर्ने छन् ।
मानसिक रोग बिशेषज्ञ (Psychiatrist), मनोबिज्ञ (Psychologist) या काउन्सिलरको सल्लाह लिन जानुको अर्थ न त औषधी खानु हो न त पागल घोसित हुनु । तर नेपालमा बिभिन्न मिथ्याको कारणले जसलाई मनोबैज्ञानिक सल्लाह आवश्यक हुन्छ उ धेरै तिर भौतारिएर बल्ल मानसिक रोग बिशेषज्ञ (Psychiatrist) या मनोबिज्ञ (Psychologist) सम्म आईपुग्छन ।
यस लेखको उद्देश्य सामान्यतया मनमा कुरा खेल्नु मानसिक समस्या होईन, तर मनमा अनेक चिन्ता हुने र नकारात्मक कुरा खेलेर दैनिक जीवन मा अवरोध पुगेको छ भने यो मानसिक समस्या पनि हुन सक्दछ र उचित सल्लाह र परामर्श लिनु राम्रो भन्न खोज्नु हो । त्यस्तै चिन्ता र नकारात्मक सोचाइको उचित व्यस्थापन नगरिएमा बिभिन्न शारीरिक लक्षण पनि उत्पन्न हुन सक्छन् र यसरी उत्पन्न भएका शारीरिक लक्षणको उपचारमा चिन्ता र नकारात्मक सोचाइको उचित व्यस्थापनको आवश्यकता पर्छ भन्नु यस लेख को अर्को उद्देश्य हो ।
लेखकः डा निशिता पाठक, मानसिक रोग विशेषज्ञ, सशस्त्र प्रहरी अस्पताल तथा अल्का अस्पताल, जावलाखेल, ललितपुर
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस
कोरोनापछि मंकिपक्स संक्रमणको आतंक, के हुन यसका लक्षण ?
काठमाडौं । कोरोना महामारीको त्रास कायमै रहेको बेला एउटा अर्को महामारीले विश्वलाई त्रसित पारेको छ । अहिलेसम्म १४ भन्दा बढी देशमा देखा परेको मंकिपक्स नामक संक्रमण चिन्ताको विषय बनेको हो । अफ्रिकामा देखा पर्ने यो भाइरस यसपटक भने यूरोप र बेलायतमा समेत देखा परेको हो । मङ्कीपक्स के हो ? बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ। यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन। यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए। यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्स् मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट। पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ। यसका लक्षणहरू के के हुन ? सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्। केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ। बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ। कसरी सर्छ? मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ। यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ। अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ। सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ। यो कति खतरनाक छ ? धेरैजसो सङ्क्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ। तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ। मङ्कीपक्स फैलिनु कति असामान्य हो ? थुनिएको बाँदरमा पहिलो पटक पहिचान गरिएको यो भाइरसको सङ्क्रमण सन् १९७० यता १० अफ्रिकी देशहरूमा कहिलेकाहीँ देखिने गरेको छ। सन् २००३ मा यो अमेरिकामा पहिलो पटक देखिएको थियो। अफ्रिका बाहिर मङ्कीपक्स देखिएको नै यो पहिलो अवसर थियो। त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन। सन् २०१७ मा नाइजीरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्क्रमण देखिएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए। मङ्कीपक्सको उपचार के हो ? सङ्क्रमण नियन्त्रण गरेर यो रोगलाई रोकिन्छ। बिफरको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ। भाइरसविरोधी औषधिहरू पनि उपयोगी हुन सक्छन्। के महामारी बन्ला ? यूकेका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्। नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन्स् ूसङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।ू ूयो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।ू नेपालको अवस्था के छ ? अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन्। परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन। यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ। नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए। “सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन”, लालले भने। लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन्। “अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ” उनले भने। बिबिसीबाट
औषधिबिना उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने त ?
काठमाडौं, २९ पुषस् नेपालमा करिव ३० प्रतिसत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ । ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ । उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ । यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ । तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन् । विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ । यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन् । औषधिको प्रयोग नगरिकनै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्। औषधिबिना उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने त ? शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम गर्न आजैदेखि सुरु गर्नुस्। यसले बिस्तारै व्यायाम गर्ने बानी बढ्न थाल्छ । व्यायामले शरीरको स्फूर्ति बढाउनुका साथै रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ । जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ स्वास्थ्य आहारविहार शरीरका लागि राम्रो हो। सकेसम्म प्रशोधित खानेकुराहरुको सेवनबाट टाढै रहनुपर्छ । जस्तै प्रशोधित चिनी तथा अन्न। त्यसमाथि तपाईंले नुनको सेवन कत्तिको गर्नुहुन्छ त्यसमापनि फरक पर्छ। धेरै जसो नुनको मात्रा रेष्टुरेन्टको खाना तथा प्रशोधित खानामा पाइने गर्दछ।त्यसलै त्यसको सेवन सकेसम्म नगरेकै राम्रो । तपाईंले आफ्नो तौलको ५ प्रतिशतमात्र घटाउनु भयो भने पनि रक्तचाप नियन्त्रणमा पनि धेरै सघाउ पुर्याउँछ। दीर्घकालिन रुपमा आफ्नो तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। छोटो समयको लागि डाइटमा ध्यान दिएर तौल घटाउने अनि पछि जथाभावी खानेकुरा खानाले पछिसम्म राम्रो गर्दैन। मद्यपान कम गर्ने अध्ययनका अनुसार जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ। त्यसैगरी जसले १४ भन्दा बढी पेग रक्सी खान गरेको छ उसलाई ६९ प्रतिशतसम्म उच्च रक्तचाप हुने सम्भावना हुन्छ। धुमपान त्याग्नाले रक्तचाप कम गर्न मद्धत गर्छ र मुटु रोगका समस्या पनि घटाउँछ।जीवनशैली परिवर्तनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने गर्दछ । चिकित्सकहरुले पेनकिलरहरु पनि नियमित रुपमा प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैगरी निद्राको समस्या छ भने पनि त्यसलाई उपचार गराउनुपर्छ । अनिद्राले अरु पनि धेरै रोगहरु निम्त्याउन सक्छ ।
यी ५ लक्षण देखिए हुनसक्छ ओमिक्रोन– डा. पुन
डेल्टासँगै ओमिक्रोनको सरप्राइज उपस्थिति हुँदा संक्रमणको तीब्रतामा बुस्ट-अप भएको छ। यी दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन भने सकिँदैन। तर पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस-जीन नेगेटिभ (सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको) र बाँकीमा एस-जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलँदै गरेको देखिन्छ। यद्यपि यी दुई भेरियन्टहरुको उपस्थितिको अनुपातमा आगामी दिनमा के कति फरक हुनेछ भनेर हेर्न भने अर्को विज्ञप्ति कुर्नु पर्ने हुन्छ। अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्। १) घाँटी दुख्ने/असहज हुने। २) थकान महसुस हुने। ३) टाउको र शरीरका मांशपेशी दुख्ने। ४) हल्का शरीर तातिएको महसुस हुने। ५) नाकबाट पानी आउने/बन्द हुने। तर यी माथि उल्लेखित लक्षणहरु सामान्यतय खोप लगाएकाहरुमा नै देखिएका थिए। यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद/गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन। खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। तसर्थ खोप लगाउनमा सबैको अर्जुन दृष्टि हुन् अति जरुरी देखिन्छ। -स्वास्थ्यखबरबाट