क्रिकेट विवाद समाधानतर्फ ?

क्रिकेट विवाद समाधानतर्फ ?

काठमाडौं, फाल्गुन १८ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटका सम्बन्धमा हालै प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– धेरै लामो समयदेखि रहेको विवादका सम्बन्धमा सकारात्मक वार्ता भएको छ । नेपाली क्रिकेटमा विवाद सुरु भएको लामो समय भइसकेको छ । नेपाली क्रिकेट स्वंय आईसीसीबाट निलम्बनको स्थितिमा छ । नेपाल क्रिकेट संघ (क्यान) अस्तित्वमा छैन । एक पक्ष भने आफूहरू नै वास्तविक क्यान भएको दाबीमा कायम छन् । आईसीसीको नजरमा भने अहिले नेपालमा सल्लाहाकार समितिमात्र छ ।

नेपाली क्रिकेटले ठूलो क्षति बेहोरिरहेको यो स्थितिमा आईसीसीको यो भनाइ अगाडि आएको हो । प्रश्न भने अझै कायम छ, के नेपाली क्रिकेटको विवाद समाधानतर्फ अग्रसर हो अथवा विवाद अझ चर्कने स्थितिमा छ । पछिल्लो समय आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइट्ससहितको समूह काठमाडौं आएको थियो । उनीहरूको प्रयासमा सल्लाहकार समितिमा क्यानको अस्तित्वको दाबी गर्ने समूहको समेत सहभागिता थियो ।

सल्लाहकार समितिको बैठकमा भाग लिनेमा निर्वाचित क्यान भएको दाबी गर्दै आएको समूहबाट अध्यक्ष चतुरबहादुर चन्द तथा महासचिव अशोकनाथ प्याकुर्‍याल सहभागी थिए ।

उक्त बैठकमा सहभागी हुनेमा ग्लेनराइट्स र आईसीसीका एकाउन्ट शाखा प्रमुख अमर सेखससहित नेपालबाट चूडामणि पौडेल, पवन अग्रवाल र रोहित दाहाल थिए । विदेशमा भएकाले संयोजकद्वय विनयराज पाण्डे र वसन्त चौधरीसँगै दीपक कोइराला भने बैठकमा अनुपस्थित रहे ।

सल्लाहाकार समितिमा काम र जिम्मेवारीका सम्बन्धमा निश्चित भएपछि चन्द र प्याकुर्‍यालको नियुक्तिले आधिकारिता पाउनेछ ।

प्रश्न छ, उनीहरूको सहभागिता क्यान पदाधिकारीकै रूपमा हो अथवा स्वतन्त्र रूपमा रु उनीहरू दुवैले आफूहरू क्यानकै प्रतिनिधि भएको दाबी गरिरहेका छन्, तर आईसीसी मात्र नभएर राष्ट्रिय खेलकुद परिषद ९राखेप० स्वयंले पनि क्यानको अस्तित्वलाई भने मानेको छैन । यस्तोमा औपचारिक आधारमा यो स्वतन्त्र सहभागिता हुनसक्छ ।

क्यानको अस्तित्व मान्ने हो भने नेपालमा एउटा होइन, दुई अथवा त्योभन्दा बढी क्यान छन् । अहिले तत्काल भने नेपाली क्रिकेट फेरि फर्केर पुरानै स्थितिमा पुगेको विश्लेषण भने गर्न सकिन्छ, जहाँ फरक धारणा र समूहको प्रतिनिधित्व गरिरहेकाहरू एउटै टेबलमा आएका छन् ।

अहिलेको सल्लाहकार समितिमा राखेप, निर्वाचित क्यान दाबी गर्ने समूह, यसअघि क्यान हाँकेको समूह, राखेपले बनाएको अर्को क्यानको प्रतिनिधिसँगै स्वतन्त्र व्यक्ति पनि अटाएका छन् । फेरि थपिएको प्रश्न हो, के उनीहरूले सँगै मिलेर काम गर्नेछन् अथवा फेरि विवाद त गर्ने छैनन् ? सरकारी हस्तक्षेप र निष्पक्ष चुनाव नभएको दुई गम्भीर मुद्दामा आईसीसीले क्यानलाई गत वैशाख १३ मा निलम्बन गरेको थियो ।

आईसीसीले सन् २०१४ को अन्त्यदेखि क्यानलाई दिने सबै खालका सहयोग एवं खर्च समेत रोक्दै आएको छ । यसले नेपाली क्रिकेटलाई गम्भीर धक्का पुर्‍याएको छ । यसबीच फागुन २८ र ३० मा नेपाल र केन्याबीच वल्र्ड क्रिकेट लिगको खेल काठमाडौंमा हुँदैछ ।

त्यसै दौरान फेरि आईसीसीका प्रतिनिधि काठमाडौं आउनेछन् र सल्लाहकार समितिको बैठक बस्नेछ । आईसीसीलाई मान्ने हो भने त्यही बैठकले नेपाली क्रिकेटको भविष्य निर्णय गर्नेछ ।

यस्तोमा नेपाल र केन्याबीचको खेलको नतिजा समग्र नेपाली क्रिकेटका लागि जति महत्त्वपूर्ण हुनेछ, सम्भवत: त्योभन्दा बढी महत्त्व उक्त बैठक र त्यसले तय गर्ने बाटोको हुनेछ । नेपाली क्रिकेटको विवाद समाधान गर्ने एउटा राम्रो अवसर तयार छ, के त्यसका लागि सबै तयार छन् ? प्रश्न धेरै छन् ।

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

लोकप्रिय