खै कसरी सक्छ यार, जिन्दगीले जिन्दगीलाई छोड्न !

खै कसरी सक्छ यार, जिन्दगीले जिन्दगीलाई छोड्न !
तिमी जाँदै छौ
पैतालामा मेरो जिन्दगी कुल्चिएर
म तिनै डोबहरुमा
हराउदैछु लुक्दैछु
ती तमान यात्राहरुबाट छुट्टि लिदै
उकुसमुकुस
रङ्गिन सपनालाई अलविदा गर्दै
त्यो उदासिलो यथार्थमा फर्कि‌दैछु
जहाँ तिमी नफर्किने गरि
डोबमा मलाई छोडि जाँदैछौ
खै कसरी सक्छ यार
जिन्दगीले जिन्दगीलाई छोड्न !
                     सुदिप चौलागाईं
अब भो म सक्दिनँ
तिम्रो अन्तिम संवाद
मुटु थररररर काँप्यो
दम बढेजस्तो
आकाश झरेजस्तो
अनि शरीर ढलेजस्तो
तिम्रो खुसि भन्नू
अलवा केही थिएन्
ओठले जाउ भने
मनले आउ
मैले गरेको प्रेममा
सुनामि आयो
म एकाएक
मन-बिहिन भए
म बाँचुला जसाे तसो
आसुको हिसाब कहाँ हुन्छर
नयाँ जिवनको शुभकामना तिमिलाई !
आजभोलि बिउझनु
आदत भएको छ
तिम्रो सपनामा कतै
म पात्र हुन्छु कि
भन्दै ननिदाउनु
चाहात भएको छ
तिमिसँग यात्रि बनेर
सपनामै रातभरि परिक्रमा गर्नुछ
माग्नु छ बाँकि हिसाब किताब
प्रेमको तराजुमा भावना जोख्नुछ
बाध्यताको ढकभन्दा भावना गरुँगो भए
भावना बराबरको जिउँदै बाचेपनि
मरे सरहको अर्को ढक थप्दिनुछ !
आज फोनलाई
बाडुल्कि लाग्यो
उसले सम्झिछे क्यारे
मलाई किन पो सम्झिन्थि र
चुठि सकेको थालमा
फेरि को पो आउला भाग बस्न
म खिस्स हास्न खोजे
सुनामि आई लगिदियो मुस्कान
हावा भन्थि हर समय
म हावा बिना कोहि बाचेर देखाउन
म हावा बनी उसलाई
बचाईराख्नु पो सायद कमजोरी भएछ !
जीवन कोमामा भईरहदा
प्रेमले आईसियु रोजेको हो
भावना बिरामी परेर
बिछोडको बियोगले शरीर
आलस्य भई ढलेको हो
ओखति प्रेम थियो
धनी मन थियो
साचै भनौ गरिब साथ नपचेको हो
नपाएर गुमाउनु भन्दापनि
पाएर नै गुमाएको छु
म गन्तव्यमा पुगिसके
सुरुवाति र अन्त्य घाट न हो
अब यात्रा तिम्रो सफल रहोस् !
प्रेममा हुनसक्छौ
तर गर्न सक्दैनौ
गर्नु दबाब हो
दबाबमा स्वार्थ छ
प्रेम निस्वार्थ छ
उनी बारबार भन्थिन
मलाई मात्रै प्रेम गर्नु
अरे यार शत्रुको अगाडि
पनि सास म फेरेकै हुन्छु
प्रेम र स्वास एकै हुन्
स्वास बन्द गरे मृत्यु
अनि प्रेम एकैलाई गरे दबाब
दबाबमा स्वार्थ अनि प्रेम निस्वार्थ !
प्रेममा घात भए
मन जल्छ रे
मन जल्ने भए
खरानिको के हुन्छ
मत भन्छु प्रेममा घात भए
त्यो प्रेमनै हुदैन
प्रेम शब्द हो
जसको अर्थै नै हुदैन्
प्रेममा बिछोड भए
असहन हुन्छ रे
मिलन बिछोड हुन्छ भने
त्यो प्रेमनै हुदैन्
प्रेममा बस दुई आत्मा हुन्छ
अनि बाकि सब पर्मात्मा हुन्छ !
मैले प्रेम गर्न जानिन
तिमी खेलाडि थियौ
म त बस प्रेम सिक्दै थिए
तर तिमिबाट सायद
प्रेमले नै केही सिक्दै थियो
गर्नु अनि छोड्नु तिमिलाई
अह बिल्कुल नौलो थिएन
तर गर्न खोज्नु पनि
बिल्कुल मलाई नौलो थियो
अघाएर या नपाएर बाटो लाग्यौ
तिमिले कोनि प्रेममा के खोज्यौ
मैले तिमि बाहेक केहि खोजिन्!
तिम्रो सिउदोमा अरु कसैले
गाडि कुदाउँछ भने
म पैदल यात्रि हुँ
जाउ उहिसँग
उसँग केही छ
मसँग केही नै छैन्
मसँग बस प्रेम छ
उसँग त सबथोक छ
पैसा ख्वाएर डलर झिकाउला
मसग आयौ भने त हेर
गरिबी खाएर बाध्यता झिक्नुपर्छ
तिमी आफ्नो भविष्य सोच
मैले त आफैलाई गुमाएको छु
शुन्यले शुन्यतानै हो पाउने प्रिय !
उनलाई पाउने
भुत सवार थियो
कस्तो थिए कस्तो भई आए
हरदिन उनलाई सम्झनु
बाहेक मलाई चाडपर्व आएन
म अहिले पनि बाचेको छु
साचै भनौ बाचेजस्तो मात्रै गरेकोछु
तिमिले छोड्नु या मैले छोड्नुले
बिल्कुल पिरोलिएको हैन
म त त्यो बिश्वासलाई घृणा
गर्छु जुन तिम्रो लागि जन्मियो
अनि नहुर्किदै आत्महत्या !
प्रेम पाउने चाहातले
लाएको यो बिश्वासिलो नकाव
तिम्रो अविस्वासको तिरसगै
मैले उतारेको छु
अब तिम्रो नजरमा नत म
राम हुनुछ नत रावण नै
प्रेम गर्छु पनि भनिनौ र गर्दिन पनि
मसग त यस्तो दोधार थिएन
मैले प्रेमनै तिमिलाई माने
तर प्रेम प्रेमनै नहुने रैछ
म बहुला निस्किएँ, तिमी शातिर खेलाडी !
बोल्न खोजिनन् उनी
गल्ति एक तर कारण अनेक
बनाउदै बिस्तारै तर्किदैथिईन
मैले वास्ता गर्न छोड्नै सकिन
उनी बाहेक मैले अरुको वास्तै
नगरेर पनि हुन सक्ला
हिजो पाईलै पिच्छे साथ दिन्छु
भन्नेले आज पाईलाको डाम आफु
हिड्ने सडकमा नदेखियोस् झै
गर्दै हिडिरहदा मैले मेरो पैतालालाई
जुत्ताले ढाकेको हु !
उनी म बाहेक
सबैसग बोल्ने
म उनी बाहेक
कोहिसग बोल्नै नखोज्ने
यस्तै दोधारे प्रेम थियो
जुन थियो रपनि थिएन
कहिलेकाही त यस्तो लाख्थ्यो कि
चाहा पनि आफ्नो हैसियत
बराबरको होस् तर थिएन्
उनी मेरो बिपनाको सपना थिईन्
तर उनको म बाहेकको सपना
बडा सान्दार थियो
काँडा कहिले फुल नबन्ने रैछ !
फरक यति नै थियो
उनिलाई प्रेममा बिश्वासै
 थिएन् अनि मलाई
उनमा बाहेक अरुमा
प्रेम नै थिएन
उनको आग`मन´मा
मैले मेरो मन भेट्थे
मैले `म´ भेट्थे
उनिले प्रेमलाई हराएसगै
मैले बिश्वासलाई जिन्दगीको
त्यो यात्रामा कतै छोडिदिए
अहिले म आफैसँग डेटिङमा छु
तिमी अवसर खोज्दै नआउनु !
यति चाहे उसले कति नि चाहिन
अन्जुलिमा भावना बटुलेर
साचै भनौ प्रेम नबन्दो रैछ
मैले साथ चाहे उ तर्किन चाहिँ
उसले बिर्सि उ छाया थिई मेरो
जतिनै टाढिए पनि साथैमा
उसको खुसिमा रम्नु बाहेक अब अह बिकल्प छैन
प्रेमले प्रेमलाई बिर्सेको दिन
मैले मलाई बिर्सिए ,म शून्य
छु शुन्यता नै लक्ष्य !
मैले कहिले प्रेम प्रस्ताव राखिन
पाउने आश पनि त गरिन
जस्लाई चाहे उस्ले अर्कै चाहेपछि
मैले उनको चाहालाई शुभकामना
दिदै आफ्नो चाहाको अन्तेस्टि गरे
म साचै अचम्म को छु पाउदिन
भन्ने जान्दाजान्दै पनि आश गर्छु
आशले आशको घाँटी ननिचोरुन्जेल
सम्म म आसै आशमा आश गर्छु
प्रेम गर्थे म
सोचले सोचेको हुँ सोचलाई सोचेरै मेटाईदिउला !
तिमिले अह खोजेनौ मलाई
म बिलाउन नै लागेथे शुन्यतामा
तिम्रो खोजको पर्वाहा छैन्
म कसिङ्गरलाई महल कुन झुपडी कुन
तिम्रो लागि भन्दै लेखेका
केही प्रेमिल बातहरु अब ईरेज गर्दिन्छु
डिलिट गर्दिन्छु तिम्रो तस्बिर
जुन कुदिएको थियो मनमा
मैले आफैलाई गुमाउदैछु तिमी आफ्नो
अस्तित्व खोज्दै अब नआउनु।
एउटा हातमा valentine बोकि
अर्को हातमा संभोग उमार्दै
ती प्रेमिल हातहरु एकबार
बारम्बार बलात्कार भैरहेछन्
मलाई प्रेम यो हप्तामा किन्नु छैन्
प्रेमको भाउ तोक्न कसैले पाउदैन
जसरि डोबमा भएका ती तमाम सम्झनाहरु
बिछोडको बियोगले ढाक्नै सक्दैन्
मैले कसैलाई प्रेम गरिन
र, त प्रेमले जित्ने हिम्मत राखेन !
मेरो प्रेम
लोकसेवामा सोधिने
प्रश्न जसमा उत्तरका निम्ति
तीन अप्सनहरु छैनन् बुछिदेउ
केही यस्ता पनि प्रश्नहरु हुन्छन्
जुन प्रश्नको उत्तर फेरि प्रश्नै हुन्छ
उनी भन्दैथिई हजुरको लागि म को हु
जिन्दगीले जिन्दगीको प्रश्न सोद्दैथियो
जहाँ प्रश्न अनि उत्तर दोधार हुनै सकेन !
हातमा मृत्यु बोकि
मृत्युबाट बच्न
मृत्यु निलि यसैलाई फ्याली
जिउदै मरेको शरीरलाई
एकबार बारम्बार मारि
मरेको सास बोकि
बाचिरहेछन् ती
मरिसकेका आत्माहरु
सडकमा यत्रतत्र देख्दछु
त्यस्ताहरु जो
बाच्नलाई मरिरहेछन्
अनि मर्नलाई बाचिरहेछन् !
मेरो जिन्दगीले जितेकोछ
म जहिले जिति रहेछु
मैले हार चाख्नै परेन
मैले जीवन बुझेको छैन
र त कहिले हारेकै छैन्
जीवन शब्दै कोमामा छ
रत मर्नकालागि बाचेकाहरु
त्यो लक्ष्यमा लिप्त छन्
जुन छ रपनि छैन्
म भन्छु जीवन शून्य हो
यहाँ हारे पनि जिते पनि
पाउने शुन्यतानै हो
आउने जाने घाटकै निम्तो हो !
तिमी जिन्दगी के हो भन्छौ
मलाई भनिदेउ तिमी के हौ
तिमी तिमिनै हैनौ
जन्मनसाथ तिमिले आफ्नो
अौपचारिक
परिचय गुमाएको हौ
अनअौपचारिक परिचयको
नकाव लाएर घुमिरहेछौ
अहिले तिम्रो परिचय छ रपनि छैन
तिमी तिमी हौ तर पनि तिमी हैनौ
जिन्दगी पनि यहि हो
छ रपनि छैन्
जे छैन त्यहि हो
जे छ त्यो हैन् !
संसारलाई मंदिर मानि
खुसिलाई प्राथना ठानि
अब म त्यो भक्त निस्किन्छु
जो भगावनमा हैन रक्सिमा
आस्ता राखोस्
पापिलाई मंदिर अनि धर्म चाहिन्छ
मन जल्नेहरुलाई भट्टि भए पुग्छ
म कस्तै थिईन अहिले
कस्तो-कस्तो भएको छु
धन्यवाद तिमिलाई म `म´ भएकोछु
केही थिइन् तर
अहिले केहिनकेहि भएको छु !
प्रेममा
चाहात हुदैन
बाहाना हुदैन
जबर्जस्ती हुदैन
बाध्यता हुदैन
विवसता हुदैन
बस दुई आत्मा हुन्छ
एक उनी त एक म !
अनौपचारिक परिचय बोकेर
प्रेमलाई लिलाम गर्न नखोज
यहाँ अौपराचिक परिचय
सबैको शून्य हो
शुन्यले जति गरेनि शुन्यता पाउछ
प्रेम शब्द हो यसको अर्थ शून्य हो
शुन्यको अर्थ नखोज !

वरिष्ठ पत्रकार कौशल चेम्जोङको ‘नेपालको इतिहासमा उदयपुर’ पाठककाे हातमा

उदयपुर । वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७)’ शुक्रबार लोकार्पण गरिएको छ।  त्रियुगा नगरपालिका कार्यालय, गाईघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। वि.सं. १९०० देखि २००७ सम्मको १०७ वर्षे ऐतिहासिक कालखण्डलाई केन्द्रमा राखेर तयार गरिएको ३६८ पृष्ठको यो पुस्तक सात अध्यायमा विभाजित छ। पुस्तकले उदयपुरको राजनीतिक विकासक्रम, प्रशासनिक संरचना, सामाजिक परिवर्तन, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणलाई तथ्यपरक ढंगले प्रस्तुत गरेको प्रकाशक उदयपुर अनुसन्धान केन्द्र ले जनाएको छ। यसअघि ‘उदयपुरको इतिहास’ मार्फत प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्मको इतिहास दस्तावेजीकरण गरिसकेका लेखक चेम्जोङले यो पुस्तकलाई त्यसै अनुसन्धान यात्राको दोस्रो खण्डका रूपमा प्रस्तुत गरेका हुन्। पुस्तकमा विशेषतः राणाकालीन शासन व्यवस्था, स्थानीय प्रशासनिक संरचना, सामाजिक विभाजन, शिक्षा, आर्थिक गतिविधि तथा राजनीतिक चेतनाको विकासलाई ऐतिहासिक प्रमाणका आधारमा विश्लेषण गरिएको छ। लोकापर्ण कार्यक्रममा पुस्तकका टिप्पणीकार तथा त्रियुगा जनता बहुमुखी क्याम्पस का प्रमुख प्राध्यापक डा. कैलाशकुमार राई ले केही भाषागत कमजोरी भए पनि उदयपुरको १०७ वर्षे इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु पुस्तकको ठूलो उपलब्धि भएको बताए। उनका अनुसार इतिहासका विद्यार्थी, शोधकर्ता तथा स्थानीय इतिहासमा रुचि राख्ने पाठकका लागि यो कृति उपयोगी दस्तावेज बन्नेछ। लेखक चेम्जोङले झण्डै दुई दशकको अध्ययन, अभिलेख संकलन र क्षेत्रीय अनुसन्धानपछि पुस्तक तयार पारेको बताए। उनले अनुसन्धान क्रममा प्राप्त सामग्रीमा त्रुटि वा कमी देखिए आगामी संस्करणमा सुधार गर्दै जाने प्रतिबद्धता जनाए। साथै, पाठक र अनुसन्धानकर्ताबाट सुझावको अपेक्षा पनि व्यक्त गरे। चेम्जोङले अब वि.सं. २००७ देखि २०४६ सम्मको उदयपुरको राजनीतिक–सामाजिक इतिहास समेट्ने अर्को पुस्तक तयार पार्ने जानकारी पनि दिए। लेखकका अनुसार पुस्तक तयार गर्ने क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, स्थानीय दस्तावेज, अनलाइन स्रोत तथा पुरातात्त्विक सामग्रीको गहिरो अध्ययन गरिएको छ। यससँगै स्थानीय ज्येष्ठ नागरिक, सामाजिक अगुवा, पूर्वकर्मी, क्रान्तिकारी मुक्ति योद्धा तथा अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गरी मौखिक इतिहास पनि संकलन गरिएको छ। यसले पुस्तकलाई केवल लिखित सामग्रीमा सीमित नराखी बहुआयामिक बनाएको लेखकको भनाइ छ। पाण्डुलिपि अध्ययन तथा सुधार प्रक्रियामा त्रिभुवन विश्वविद्यालय इतिहास विभागका सह–प्राध्यापक डा. विजय मिश्र बाट महत्वपूर्ण सुझाव र मार्गदर्शन प्राप्त भएको लेखकले उल्लेख गरेका छन्। स्थानीय तहबाट प्राप्त सहयोगले पनि पुस्तक प्रकाशनमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। प्रकाशकीयमा उदयपुर अनुसन्धान केन्द्रले काठमाडौं–केन्द्रित इतिहासले नेपालको समग्र यथार्थ चित्रण गर्न नसक्ने उल्लेख गर्दै क्षेत्रीय तथा स्थानीय इतिहास लेखनलाई राष्ट्रिय आवश्यकता भएको स्पष्ट पारेको छ। केन्द्रका अनुसार वि.सं. १९०० देखि २००७ सम्मको अवधि नेपालको इतिहासमा राजनीतिक उतारचढाव, सामाजिक परिवर्तन र शासन व्यवस्थाको संक्रमणकालका रूपमा महत्वपूर्ण मानिन्छ। यही अवधिमा उदयपुरले भोगेका प्रशासनिक संरचना, आर्थिक सम्बन्ध, सामाजिक रूपान्तरण र राजनीतिक चेतनाको विकासलाई पुस्तकले ऐतिहासिक तथ्यका आधारमा उजागर गरेको दाबी गरिएको छ। पुस्तक सात अध्यायमा संरचित छ। पहिलो अध्यायमा अनुसन्धान पद्धति, स्रोत तथा पूर्वकार्यको समीक्षा समेटिएको छ। दोस्रो अध्यायमा नेपालको राष्ट्रिय राजनीतिक इतिहाससँग उदयपुरको सम्बन्ध र प्रभावबारे चर्चा गरिएको छ। तेस्रो अध्यायमा प्रशासनिक, न्यायिक र सैनिक संरचनाको अध्ययन गरिएको छ भने चौथो अध्यायमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको चित्रण गरिएको छ। पाँचौं अध्यायमा वि.सं. १९००–२००७ सम्मका महत्वपूर्ण घटनावली तथा २००७ सालको जनक्रान्तिमा उदयपुरको भूमिकालाई समेटिएको छ। छैटौं अध्यायमा निष्कर्ष र सातौं अध्यायमा स्रोत सामग्री तथा अनुसन्धान प्रक्रिया समावेश गरिएको छ। लेखक चेम्जोङका यसअघि ‘भूत लघुकथा संग्रह’, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती’, ‘जीवनका रङ्गहरू’, ‘उदयपुरको इतिहास’ र ‘उदयपुरको साहित्य’ लगायत कृतिहरू प्रकाशित छन्। लामो समयदेखि आख्यान र गैर–आख्यान दुवै विधामा सक्रिय उनी अनुसन्धानमूलक लेखनका परिचित नाम मानिन्छन्। मोफसलमा बसेर अनुसन्धान र प्रकाशन गर्नुपर्ने चुनौतीबारे बोल्दै लेखकले स्रोत अभाव, आर्थिक कठिनाइ, अभिलेखीय समस्या तथा संस्थागत सहयोगको कमीले अनुसन्धानमूलक लेखन कठिन बनेको बताए। उनका अनुसार स्थानीय इतिहास संरक्षण र अभिलेखीकरणका लागि राज्यले थप सहयोग गर्न आवश्यक छ। स्थानीय इतिहासलाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्य बोकेको ‘नेपालको इतिहासमा उदयपुर’ उदयपुरको ऐतिहासिक पहिचान उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। इतिहास अध्ययनमा रुचि राख्ने पाठक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।

भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा सुरु

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैरवनाथ (भैलखः) को रथ तानातान गर्दै जात्राको औपचारिक सुरुआत हुनेछ । यससँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ । जात्राको मुख्य आकर्षण भैलखः रथ तानातान हो । पहिलो दिन पाँचतल्ले मन्दिरबाट भैलखःलाई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका स्थानीयले डोरी तानेर आ–आफ्नो टोलतर्फ लगिन्छ । यस क्रममा दत्तात्रेयसम्म पुर्‍याई पुनः तमारी हुँदै गःहिटीमा पुर्‍याएर पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको चौथो दिन ल्यसिङखेलमा ५५ हात लामो यसींद्यो (लिङ्गो) उठाइन्छ भने पाँचौं दिन नयाँ वर्षको दिन भैरवनाथ र भद्रकालीको रथलाई जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ । अन्तिम दिन भैलखःलाई पुनः तानातान गरी जात्रा समापन गरिन्छ । संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित छ । यसलाई प्रचलित ‘सर्प मार्ने’ किंवदन्ती गलत भएको उहाँको भनाइ छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन प्रशासनले विशेष सुरक्षा व्यवस्था गरेको छ । पहिलो र अन्तिम दिन भैलखः तान्ने समय दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र सीमित गरिएको छ । रथमा निश्चित व्यक्तिबाहेक अरूलाई चढ्न नदिने, नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाइएको छ । करिब २ हजार प्रहरी परिचालन गरिने र चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

आज हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजाआराधना गर्ने चलन छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदिएको शास्त्रमा उल्लेख छ । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’का रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भएको जानकारहरू बताउँछन् । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शत्रुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनु पूर्व नै अस्तित्वमा आइसकेको बताइन्छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानका बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठुलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठुलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसरमा आज स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजाआराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बलि पनि भनिन्छ, किनकि हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवन पुत्रका रूपमा चिनिन्छन् । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्त्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । हनुमानले भक्ति योग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजाआराधना गर्नाका साथै शोभायात्रा निकाल्ने गरिएको छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिन्छ ।

आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्कनुभएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका हुन् । नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरूलाई दुःख दिनु पनि हिंसा भएकाले अरूको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।

लोकप्रिय