गृह मन्त्रालय सुधार कार्ययोजना तयार पार्न पूर्वमुख्यसचिव पौड्याल नेतृत्वको अध्ययन समिति गठन
काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयको कामलाई अझै प्रभावकारी र परिणाममुखि बनाउने गरी एकीकृत कार्य योजना बनाउन सो अध्ययन समिति गठन गरिएको जानकारी दिए ।
अध्ययन समितिमा पूर्वसचिवहरु शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोईराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन्। सो समितिको सदस्यको सचिवको जिम्मेवारी भने गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको छ ।
अध्ययन समितिलाई कार्ययोजना तयार पार्न ३ महिनाको समय दिइएको छ । सो समय भित्र रहेर समितिले नेपाल प्रहरी, सशष्त्र प्रहरी बल नेपाल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक सुझाव दिने कार्यादेश पनि दिइएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
यता, समितिका संयोजक पूर्वमुख्यसचिव लिलामणि पौड्यालले सरकारले दिएको जिम्मेवारी इमान्दारिता र लगनशीलताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफूहरुले तयार पार्ने सो अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीकै तहबाट प्रतिवद्धता आउनुपर्ने आवश्यक्ता औंल्याए।
गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अध्यागमन व्यस्थापनन, कारागार व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह सुधारका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।
गृह मन्त्रालय र अन्तरगका निकायहरूको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपायहरु र त्यसको कार्य योजना समेत तयार गर्ने प्रयोजनका लागि गठित समिति/उप-समिति
१.अध्ययन समितिको गठन
अध्ययन समिति
क.श्री लीलामणि पौंड्याल, पूर्व मुख्य सचिव, संयोजक
ख.श्री शरद चन्द्र पौंड्याल पूर्व सचिव सदस्य
ग.श्री शंकरप्रसाद कोइराला, पूर्व सचिव सदस्य
घ.श्री लक्ष्मी प्रसाद ढकाल, पूर्व सचिव सदस्य
ङ.प्राध्यापक डा खड्ग के.सी सदस्य
च.श्री प्रकाश अर्याल, पूर्व प्रहरी महानिरीक्षक सदस्य
छ.श्री सिंह बहादुर श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सदस्य
ज.डा विन्दु पोखरेल समाजशास्त्री सदस्य
झ.विजय गौतम सूचना प्रविधि विज्ञ सदस्य
ञ.सह सचिव, नीति योजना महाशाखा सदस्य सचिव
१.१ विषयगत उप-समितिहरूको गठन
१.१.१ नेपाल प्रहरी, विषयगत उप-समितिको गठन
उप-समिति
क) श्री प्रकाश अर्याल, पूर्व प्रहरी महानिरीक्षक संयोजक
ख) कानुन /न्याय /सरकारी वकिल समुहवाट सेवा निवृत सह सचिव सदस्य
ख) श्री वम वहादुर भण्डारी , पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य
ग) वसन्त राज गौतम, पूर्व सह सचिव सदस्य
ङ) श्री सुरक्षा विषयमा अध्यापन गर्ने एक जना प्राध्यापक वा विज्ञ सदस्य
च) श्री प्रहरी उपरिक्षक नेपाल प्रहरी सदस्य सचिव
१.१.२ शसस्त्र प्रहरी वल, विषयगत उप-समितिको गठन तथा कार्यादेश
उप-समिति
क.श्री सिंह बहादुर श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक संयोजक
ख.कविराज खनाल पूर्व सह सचिव सदस्य
ग.श्री नरेश सुब्बा पूर्व सहायक रथी सदस्य
घ.सीमा सुरक्षा सम्वन्धी क्षेत्रमा क्रियाशिल एक जना विज्ञ सदस्य
ङ.सशस्त्र प्रहरी उपरिक्षक, सशस्त्र नेपाल वल सदस्य सचिव
१.१.३ अध्यागमन व्यवस्थापन विषयगत उप-समितिको गठन
उप-समिति
क.श्री शरद चन्द्र पौंड्याल पूर्व सचिव संयोजक
ख.श्री खुँम राज पुन्जाली, पूर्व सचिव /सह सचिव सदस्य
ग.गृह/अध्यागमन प्रशासनमा काम गरी सह सचिव पदवाट निवृत एक जना सदस्य
घ.महानिर्देशक अध्यागमन विभाग, सदस्य
ङ.निर्देशक अध्यागमन विभाग, सदस्य सचिव
१.१.4 कारागार व्यवस्थापन, विषयगत उप-समितिको गठन
उप-समिति
क.श्री लक्ष्मी प्रसाद ढकाल, पूर्व सचिव संयोजक
ख.कृष्णचन्द्र घिमिरे पूर्व सह सचिव सदस्य
ग.श्री वीरेन्द्र श्रेष्ठ, पूर्व वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक सदस्य
घ.श्री महानिर्देशक कारागार व्यवस्थापन विभाग सदस्य
ङ.निर्देशक कारागार व्यवस्थापन विभाग सदस्य सचिव
१.१.५ स्थानीय प्रशासन र सेवा प्रवाह विषयगत उप-समितिको गठन
समितिको गठन
क.श्री शंकरप्रसाद कोइराला, पूर्व सचिव संयोजक
ख.श्री एकमणी नेपाल, पूर्व सह सचिव सदस्य
ग.श्री प्रदीपराज कँणेल सदस्य
घ.श्री सह सचिव शान्ति सुरक्षा महाशाखा, गृह मन्त्रालय , सदस्य
ङ.डा मन्दीप सुवेदी विपद व्यवस्थापन विज्ञ सदस्य
च.उ. स. गृह मन्त्रालय, सदस्य सचिव
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।