चुनावबारे कैलालीका राजनीतिक दलहरुको मिश्रीत प्रतिक्रिया

चुनावबारे कैलालीका राजनीतिक दलहरुको मिश्रीत प्रतिक्रिया

लोकेश धामी ,कैलाली, वैशाख १३ । प्रदेश नम्बर सात सहित ४ वटा प्रदेशमा स्थानीय तहको चुनाव सार्ने सत्तारुढ दल र मधेसी दलहरुबीच भएको सहमतिप्रति केही दलले विरोध जनाए पनि केहिले भने चुनावी गतिविधि बढाउन समय पाएको प्रतिक्रिया दिएका छन् । चुनाव सार्ने निर्णयले मधेसी मोर्चा पनि चुनावमा आएको र यसले स्थानीय तहको चुनावमा सबैको सहभागिता हुने र शान्तिपूर्ण हुने देखिएको यहाँका कतिपय नेताहरुले बताएका छन् । सबैलाई मिलाएर चुनाव दुई चरणमा गर्नु सकारात्मक भएको नेपाली काँग्रेस कैलालीका सचिव पुर्ण कँवुरले बताए । उनले सबैलाई मिलाएर लैजाने गरि भएको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै चुनाव केही दिन पर सरेपछि प्रचारप्रसारका लागि दलहरुलाई प्रर्याप्त समय मिलेको प्रतिकृया दिए । उनले राजनैतिक दलले जनताको घरदैलोसम्म जाने समय पाएको भए पनि जनतामा भने चुनाव नहुने हो की होईन भन्ने आशंका छाएको बताए ।

सरकारले चुनावको मिति सारेपछि जनताहरुमा चुनाव हुने÷नहुने भन्ने आशंका पैदा गराएको नेकपा एमालेका जिल्ला सचिव रणबहादुर चन्दले बताए । सत्ताको खेलका कारण चुनाव सारिएको भन्दै उनले चुनाव हुन नदिने खेल हो की भन्ने आशंका पैदा भएको उनको भनाई छ । उनले उम्मेदवारहरुलाई चाँही जनताको घरदैलोसम्म पुग्न प्रर्याप्त समय मिलेको बताए । नेकपा मोओवादी केन्द्रका केन्दिय सम्मेलन आयोजक समिति सदस्य रमेश धामीले सरकारले चुनावको मिति सारेर दलहरुलाई फाईदा नै भएको बताउँदै समय प्रशस्त मिलेका कारण चुनाव गतिविधि बढी भन्दा बढी गर्न समय मिलेको प्रतिकृया दिए । स्थानिय तहको पहिलो चरणको निर्वाचन बैशाख ३१ गते क्षेत्र नम्बर ३, ४, ६ तथा दोस्रो चरणमा जेठ ३१ गते १, २, ५ र ७ नम्बर प्रदेशमा गर्ने निर्णय सरकारले गरेको छ । दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशहरु जेष्ठ ५ गतेसम्मका लागि निर्वाचन गतिविधि रोकिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन प्रसाद अर्यालले बताए । उनले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने भए पनि निर्वाचन गतिविधि जेठ ५ गतेपछि मात्रै सुचारु गरिने जानकारी दिए ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय