जन्मेको ८ महिनामा १८ किलो भएकी यी बालिका

जन्मेको ८ महिनामा १८ किलो भएकी यी बालिका

वैशाख १ । जन्मेको ८ महिनामै एक बालिकाको तौल १८ केजी पुगेपछि उनका आमाबाबु चिन्तित बनेका छन् ।

भारत, पन्जाबस्थित चाहत कुमारी जन्मेको ८ महिनामै पाँच वर्षको बच्चाको जत्तिकै तौल भएको छ । उनले खाना पनि १० वर्षको बच्चाले खानेसरह खान्छिन् ।

छोरीको तौल यसरी बढ्दै जानुमा बच्चाका बाबुआमा चिन्तित बनेका छन् ।

ती बालिकाको तौल यसरी दिनप्रतिदिन बढ्नुको कारणबारे अनुसन्धान भइरहेको स्थानीय डा. वासुदेव शर्माले बताए ।

डा.शर्माकाअनुसार चाहतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र श्वासप्रश्वास, अनिद्रालगायतको अरु समस्याहरु थपिँदै गएका छन् । उनलाई छालासम्बन्धी समस्या पनि देखिएको छ । रगत परीक्षण गरेर हेर्दा निकै जटिल अवस्था देखिएको छ । उनको परिवारले आर्थिक अवस्था सामान्य भएकाले चाहतको उपचारका लागि राम्रो अस्पताल जान नसकेको बताए ।

२३ वर्षीय बाबु सुरजकाअनुसार चाहत जन्मिँदा कुनै समस्या नभएको तर, चार महिना पुगेपछि एक्कासि तौल बढेको उनी बताउँछन् ।

उनले यो सबै हुनुमा आफ्नो र परिवारको कुनै दोष नभइ भगवानको दोष भएको बताए । उनले आफ्नो छोरीलाई देखेर मानिसहरु हास्दा नराम्रो लागेकोसमेत बताए ।

चाहतकी आमा २१ वर्षीया रिनाले आफ्नो दोस्रो सन्तान छोरी पनि गुमाउनुपर्छ कि भन्ने चिन्ताले रातभरि निदाउन नसकेको बताउँछिन् ।

रिनाले यसअघि छोरोलाई जन्म दिएकी थिइन् । तर, बचेन । उनले रुँदै भनिन्–‘फेरि अब छोरीको अवस्थाले चिन्ता लागेको छ ।’

डा.शर्माले उनको उपचारका लागि अमृतसरमा रहेको नागरिक अस्पतालमा लैजान सिफारिस गरेका छन् । तर, चाहतको बाबुले अमृसतसर टाढा र खर्चिलो भएकाले जान नसक्ने बताएका छन् ।

चाहतकी आमा रिनाले सधैं सपनामा छोरीको उज्जवल भविष्य देखेको बताउँदै उनको भविष्य राम्रो होस् भनेर भगवानसँग प्राथना गरेको बताइन् ।

किन हुन्छ यौन सम्पर्क गर्दा अचानक मृत्यु ? यस्ता छन् विश्वका चर्चित घटनाहरु

यौन सम्बन्धलाई शारीरिक र मानसिक आनन्दको क्रियाका रुपमा बुझिन्छ तर एक अर्काको आपसी सहमतिमा यौन सम्बन्ध भइरहेको अवस्थामा अकस्मात मृत्यु भएका कैयन घटनाहरु रहेका छन् । त्यसो भए किन हुन्छन् त यस्ता घटनाहरु? यौन सम्बन्धका क्रममा मृत्यु भएकोलाई विभिन्न शब्दावलीमा उल्लेख गरिएको छ, जस्तै "सेडलमा मर्नु" वा फ्रेन्च भाषामा "ला मोर्त द'अमोर"। नेपालीमा भने त्यस्तो कुनै शब्द रहेको छैन । शरीर विज्ञानका अनुसार यौन सम्बन्धका बेला विशेष गरी चरमोत्कर्षका क्रममा अक्सिटोसिन हर्मोनको स्तर बढने गर्दछ। जसलाई "माया हर्मोन" पनि भनिन्छ। यो हर्मोनले मानिसलाई सामीप्यतामा बाँधिन र परस्पर विश्वास निर्माण गर्न मद्दत गर्छ। यौन क्रियाकलापलाई विभिन्न मुड सुधार गर्ने रणनीतिहरूमध्ये एक मानिन्छ, अर्थात् यसले निरासा, उदासी वा डिप्रेसनको भावना कम गर्न मद्दत गर्न सक्छ। २०११ मा जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको एक मेटा-विश्लेषणमा, हरेक हप्ता यौन क्रियाकलापमा एक घण्टा थप हुँदा प्रति १०,००० वर्षमा २–३ मायोकार्डियल इन्फार्कसन र एक आकस्मिक हृदय मृत्युको जोखिम बढेको देखाएको छ। यौन सम्बन्धले भल्साल्भा म्यानुभरमार्फत सबराक्नोइड हेमरेजलाई समेत बढावा दिनसक्छ। २०११ मा जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित अर्को मेटा-विश्लेषणमा, आफ्नो जोडीप्रति प्रतिवद्ध पुरुषको तुलनामा अवैध या अरु महिलासँग सम्बन्धमा रहने पुरुषहरूमा यौन सम्पर्कका बेला गम्भीर वा प्राणघातक हृदयघातका घटनाहरू हुने सम्भावना धेरै बढी हुने पाइएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा हुने मृत्युहरू लगभग ०.६% सबै आकस्मिक मृत्यु हुन्छन्। बेलायतमा, ५० वर्ष मुनिका मानिसहरूको ०.२% आकस्मिक हृदयघातको एक घण्टाभित्र यौन सम्बन्धका क्रममा मृत्यु भएको पाइएको छ। सामान्यतया सुरक्षित मानिने साइडेनाफिल औषधिलाई पनि वृद्ध वा कमजोर पुरुषहरूमा यौन क्रियाकलापका क्रममा आकस्मिक हृदयघात भइ हुने मृत्युसँग जोडिएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत्युहरूको संख्या अन्य औषधि, जस्तै कोकिनको प्रयोगसँग पनि जोडिएको छ। हृदयजन्य कारणहरूले गर्दा यौन क्रियाकलापका क्रममा हुने अधिकांश मृत्युहरू पुरुषको रहेको छ। विश्व प्रशिद्ध घटनाहरु यो सूचीमा केवल सहमतिमा भएका यौन क्रियाकलापका क्रममा वा सिधै तिनीहरूको कारणले भएका मृत्युहरू मात्रै समावेश गरिएको छ। यसमा इच्छाविपरितका यौन क्रियाकलापहरू, जस्तै बलात्कारलाई समेटिएको छैन। Pope John XII (d. 964) लाई सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत भएको मानिन्छ। Pope John XII १४ मे ९६४ मा मरेका थिए। कथानक अनुसार उनी Stefanetta नामकी महिलासँग यौन सम्बन्ध राख्दै गर्दा पक्षघातबाट मरेका थिए। बेलायतका प्रधानमन्त्री Lord Palmerstonको सन् १८६५ मा छोटो बिरामीपछि देहान्त भयो।  भनिन्छ नौकरानीसँग बिलियर्ड टेबलमा यौन सम्बन्ध गर्दा उनको मृत्यु भएको थियो, तर यो विवादास्पद छ, केही श्रोतले भने कि उनी निमोनियाबाट मरेको बताएका छन्। फ्रान्सका राष्ट्रपति Félix Faure सम्म सहमतिमा भएको यौन क्रियाकलापका क्रममा मृत अवस्थामा फेला परेका थिए। सन् १८९९ मा उनको मृत्युको कारण मस्तिष्क रक्तस्रावको रूपमा सूचीबद्ध गरिएको थियो। प्रत्यक्षदर्शीहरूरुका अनुसार मृत भएका बखत उनी अर्धनग्न अवस्थामा थिए। एक प्रसिद्ध Jesuit धर्मशास्त्री Cardinal Jean Daniélou सन् १९७४ मा पेरिसको एक वेश्यालयमा ६९ वर्षको उमेरमा मरे। उनी भेट्न गएको स्थानकी यौनकर्मीले कार्डिनल दान दिन गएको बताएपनि उनको मृत्यु शारीरिक सम्पर्ककै क्रममा भएको थियो । संयुक्त राज्यका पूर्व उपराष्ट्रपति र Rockefeller परिवारको सम्पत्ति उत्तराधिकारी Nelson Rockefeller सन् १९७९ मा ७० वर्षको उमेरमा हृदयघातबाट मरेका थिए। तर  उनको मृत्यु यौन सम्बन्ध गर्दा भएको विश्वास गरिएको छ। उनका मृत्युका असामान्य परिस्थितिहरूका कारण न्यूयोर्क म्यागजिनले भनेको थियो, "Nelson thought he was coming, but he was going"। उनको मृत्युको समयका विवरणहरू धेरै फरक थिए र उनको शीघ्र दाहसंस्कारले मृत्युको सटीक कारण अनिश्चित बनायो। (यहाँ उल्लेख गरिएको जानकारी इन्टरनेटमा उपलब्ध बिभिन्न श्रोतबाट लिइएको हो)

२२ वर्षकी युवतीले अस्पतालबाट चोरिन २६ दिनको शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको बच्चालाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन्। ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर बच्चा लगेर फरार भएको प्रहरी जनाएको छ। उनको खोजि कार्यजारी राखेको प्रहरीले जनाएको छ। 

४०, ५० रुपैयाँमा जीउ बेच्न बाध्य छन् यी किशोरीहरु

सुन्दा पनि अचम्म लाग्ने याे खबर, च-रम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो शरीर बेच्न बाध्य भइरहेछन् । यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । याे राेचक खबर दक्षिणी अफ्रिकाका कैयौं क्षेत्रमा भएकाे र हुदैँ गएकाे छ । यहाँका च रम भोक-मरीबाट पी डित छन् । रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ – भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा दे ह व्या पार गरिरहेका छन् । दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोक-मरीको सम स्या झे लिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झे ल्नु परिरहेको छ । वर्ल्ड भिजन ले आफ्ना स्टाफले नै अंगो ला र जिम्बाब्बेमा दे ह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ सं कटका कारण बाल विवाहको ख तरा पनि बढिरहेको छ ।

९० वर्षीय हजुरबाले गरे गर्लफ्रेण्डसँग बिहे

काठमाडौं । हिन्दी चलचित्रको एउटा चर्चित गीत छ– ना उम्र की सीमा हो, ना जनम का हो बन्धन…। बेलायतको एउटा वयोवृद्ध जोेडीले हालै गरेको निर्णय ठ्याक्कै यही गीतसँग मिल्न पुगेको छ । ९० वर्षका पुगे बेन्टन । डाँडामाथिको घाम भनेझैं कतिखेर हो संसार छोड्ने भन्ने अवस्थामा पुगेका छन् उनी । तर गत हप्ता भने उनले एउटा निर्णय गरे । ३७ वर्षदेखि सम्बन्धमा रहँदै आएकी जोने ओरिस नामक महिलासँग उनले बिहे गरे । अचम्म त के छ भने उनर्की प्रेमिका उनीभन्दा झनै जेठी छिन् । डेलिमेलका अनुसार, गत हप्ता बेलायतको समरसेटमा रहेको घर गएर ९० वर्षीय बेनेट र ९२ वर्षीय जोने ओरिसले बिहे गरे । जोने ओरिसका दुई बच्चा छन् भने ६ नातीनातिना छन् । अझ उनका दुई त पनाती नै छन् । उनले लामो समयदेखि बेनेटको प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन । जोने ओरिसको पहिलो विवाह भने सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि अर्को बिहे गरेपनि उनका ४२ वर्षअघि श्रीमानको मृत्यु भयो । यसपटक भने उनीहरुले प्रेम सम्बन्धलाई औपचारिक रुप दिने निर्णय गरे । को कतिखेर मर्ने हो के थाहा, त्यसअघि पति पत्नीको दर्जा पाउनु राम्रो सोचेर बिहे गरेको उनीहरुले बताए ।

लोकप्रिय