ज्ञानेन्द्र शाहीको बचाउमा राप्रपाका भातृ संगठन

ज्ञानेन्द्र शाहीको बचाउमा राप्रपाका भातृ संगठन

काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरुले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आफ्नो विज्ञप्ति सच्याउन र पार्टी प्रवक्ता ज्ञानबहादुर शाही माथिको लान्छना फिर्ता लिन भनेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गरिएको पत्रकार सम्मेलनमा राप्रपा सम्बद्ध भातृ संगठनहरुले विज्ञप्ति नसच्याए र प्रवक्ता शाही माथि लगाएको आरोप फिर्ता नलिए खरो रुपमा उत्रिने चेतावनी समेत दिएका छन् ।
राप्रपा प्रवक्ता शाहीले पार्टीको एक कार्यक्रममा सरकारको आलोचना गर्दै ‘पक्राउपुर्जी जारी भएकाहरु प्रधानमन्त्रीसँग मिटिङ गर्दै हिँडेका छन’् भनेका थिए । शाहीको सोही अभिव्यक्तिको खण्डन गर्दै विज्ञप्ति निकालेर विप्लव नेतृत्वको नेकपाले अभिव्यक्ति सच्याउन र अभिव्यक्ति नसच्याए गम्भीर परिणाम भोग्न तयार हुन चेतावनी दिएको थियो । राप्रपा सम्बद्ध भातृ संगठनहरुले विप्लव नेतृत्वको नेकपाको सो विज्ञप्तिमा आपत्ति जनाउँदै सच्याउन र लान्छना फिर्ता लिन भनेका हुन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कमल राजा बम रजवारले विज्ञप्तिको भत्र्सनागर्दै लान्छना फिर्ता लिनुपर्ने बताए ।
उनले आफ्नो पार्टी र प्रवक्ता शाही माथिको लान्छना फिर्ता नलिए नेकपा विरुद्ध खरो रुपमा उत्रिने चेतावनी पनि दिए । ‘ज्ञानेन्द्र शाहीको अभिव्यक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले जुन विज्ञप्ति निकालेको छ, त्यसको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । राप्रपा कानुनी राज्यको अवधारणालाई विश्वास गर्ने र विधिको शासनलाई विश्वास गर्ने पार्टी भएकाले हामी विधिको शासनको पक्षमा रहेका छौं ।’ उनले भने, ‘देशको राष्ट्रिय शक्तिका प्रवक्तालाई जुन किसिमको धाक, धम्की दिन खोजिएको छ । यसको विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन खरो भएर उभिने कुरा म अवगत गराउन चाहन्छु ।’
राप्रपा निकट युवा संगठनका केन्द्रीय सचिव निराजन बमले पार्टी प्रवक्ता शाहीसँग नेत्र विक्रम चन्द मात्र नभएर सिंगो गणतन्त्र डराइरहेको टिप्पणी गरे । राप्रपा विप्लवको विज्ञप्ति देखि नडराउने उनले चुनौती दिए । देश र जनताको हितमा बोल्दा आफ्ना पार्टीका प्रवक्ता माथि लान्छना लगाएर विज्ञप्ति निकालिएको भन्दै उनले नेकपालाई कमजोर पार्टीको संज्ञा दिए ।
‘तपाईँहरुले एउटा विज्ञप्ति निकालेर राष्ट्रिय प्रजातन्त्र पार्टी डराउँदैन । यो देशको राष्ट्रिय राजनीतिक उदयमान पार्टी हो । त्यो पार्टीका प्रवक्ताले देश र जनताको हितमा बोलिरहँदा आज एउटा पार्टीले नै विज्ञप्ति निकालेर सचेत रहनुस् भन्नु कति कमजोर मान्छे होला ? बन्दुक पड्काएर आएकाहरु किन डराएका होलान् ?’ उनले प्रश्न गरे ।
विज्ञप्तिमा भनिएको जस्तो कुनै घटना हुन गएको खण्डमा र आफूहरुले त्यस्ता कुनै गतिविधि थाहा पाएको अवस्थामा बन्दुक आफूहरुलाई पनि चलाउन आउने उनले चेतावनी दिए ।
राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष कैलाश कटुवालले प्रवक्ता शाहीले पक्राउ पुर्जी जारी भएको मान्छेले प्रधानमन्त्रीसँग मिटिङ गरिरहँदा पनि नदेख्ने सरकारको आँखा खोलिदिएको टिप्पणी गरे । पक्राउ गरेर कानुनी कारबाही गर्न नसक्ने भए किन पक्राउ पुर्जी जारी गरेको ? उनले प्रश्न समेत गरे ।
देशमा राजा सहितको सनातन हिन्दु राष्ट्र पुनस्थापना गरिसकेपछि नेकपा जस्ता दलाल, तस्कर, भ्रष्टचारी र देशद्रोहीहरुलाई खोजीखोजी जेल कोच्ने समेत उनले चेतावनी दिए ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय