झापाका बासिन्दा सयपत्री फूलको व्यवसायबाट आत्मनिर्भर बन्दै

झापाका बासिन्दा सयपत्री फूलको व्यवसायबाट आत्मनिर्भर बन्दै

भद्रपुर । अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन ।

न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ ।

यति धेरै महत्व र माग भएर पनि नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको छ । सीमावर्ती प्रमुख नाकाहरुबाट वर्षेनी करोडौँको फूल भित्रिरहेको छ । भन्सार नाकाबाट भन्दा बढी मात्रामा अनधिकृत रुपमा खुला सिमानाबाट भित्र्याइने गरिएको छ ।

फूलमाथिको यही परनिर्भरता हटाउन र आय बढाउन झापाका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । झापाको अर्जुनधारा, भद्रपुर, मेचीनगर, विर्तामोड, गौरादह लगायतका क्षेत्रमा किसानहरुले यसपालि २० बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएका छन् । बाह्रैमास फुल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने बिरुवा रोपेका उनीहरुले यसपालिको तिहारमा स्वदेशी फूलले बजारको माग धान्ने बताएका छन् ।

भद्रपुर–७ इलुबारीमा खगिन्द्रा खुशीले दुई बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ । “तिहारमा भारतबाट भित्रिने सयपत्री फूल किन्न घुइँचो लागेको देखेर मलाई यसको खेती गर्ने सोच आयो,” निजी लगानीमा खेती शुरु गर्नुभएकी खुशी भन्छन्– “फूल फुलाउन मात्र पर्दोरहेछ, किन्ने व्यापारीहरु बारीमै आउँछन् ।”

सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फुल्न थाल्ने भएकाले उहाँको बारीमा अहिले फूल फुल्न थालिसकेको छ । तिहारका लागि अर्कै बिरुवाहरु हुर्किरहेका छन् ।

विर्तामोडको सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालन गर्नुहुने साहित्यकार खुशी फूल खेतीमा काम गर्न सजिलो हुने र उत्पादन खर्च समेत कम हुने अनुभव सुनाउनुहुन्छ । तिहार अगावै फूल फुल्दा बजारमा नबिक्ने हो कि भनी शुरुमा उहाँलाई चिन्ता लागेको थियो तर, त्यसो भएन । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुबाट साधारण सभाका लागि आएका माग पूरा गर्नै धौ धौ छ ।

मेचीनगर–९ मा डी एण्ड डी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएकी दीक्षा उप्रेतीले यसपालि १० कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गर्नुभएको छ । “फूल खेती नेपाली महिलालाई स्वरोजगार बनाउने एउटा वैकल्पिक व्यवसाय हो,” नर्सरी व्यवसायकी अनुभवी दीक्षा भन्छन् – “मैले तीन तले खेतीको रुपमा सयपत्रीसँगै मेवा र कागती खेती गरेकी छु ।”

तिहारमा सयपत्री फुलिसक्ने र त्यसपछि मेवा फलाउने उहाँको योजना छ । उहाँको खेतीमा कलकत्ते भेराइटीज जातको सयपत्रीका बिरुवामा यतिबेला कोपिला लाग्न थालेका छन् । तिहारमा मात्र फुलाउने योजनाअनुसार उहाँले बिरुवाको मुन्टा बेलाबेला टिपेर फाल्ने गर्नुभएको छ ।

उहाँले सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन ‘मलसिङ’ प्रविधि प्रयोग गर्नुभएको छ । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा टुसाउन दिनका लागि मात्र दूलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ ।

डी एण्ड डी बायोप्लान्टेकबाट उहाँले खेती गर्न चाहनेहरुलाई परामर्शसहित यसपालि ३५ हजार सयपत्रीका बिरुवा बिक्री गरिसकेका छन् ।

झापाका महिलालाई व्यावसायिक बनाउन सहयोग पुर्याउँदै आएको महिला उद्यमी सङ्घ झापाले विर्तामोड–१ र भद्रपुर–८ मा एक बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको नमुना खेती गरेको छ । सङ्घको खेतीमा सयपत्रीको कोपिला मात्र भर्खर बस्न थालेको छ । “सयपत्री फुल्नु अघि नै मालाको अर्डर आइसक्यो, बजारको कुनै चिन्ता छैन” – सङ्घका अध्यक्ष गोभा भट्टराई बताउँछन् ।

सङ्घले सयपत्रीको बिरुवा उमारेर इच्छुक व्यक्ति र समूहलाई यसपालि एक लाख बिरुवा बिक्री गरेको भट्टराईले जानकारी दिए । सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । एक कठ्ठा र दुई कठ्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् ।

विर्तामोड–९ निवासी अर्का किसान दलबहादुर अधिकारीले यसैका लागि चारवटा अत्याधुनिक टनेल निर्माण गरेर खेती शुरु गरेका छन् ।

उनले पाँच कठ्ठामा बेमौसमी हजारिया जातको सयपत्री फूलको खेती लगाएको बताए । उनले टनेलमा फुलाएको फूलको एक खेप बिक्री भइसकेको छ । अरु खेतमा लगाइएको सयपत्री तिहारका बेला फुलाउने उनको योजना छ । अर्जुनधारा जलेश्वरधाममा दैनिक पूजाका सामग्री बेच्ने खुद्रा व्यापारीहरु सयपत्री किन्न उहाँको बारीमै पुग्ने गरेका छन् ।

महिलाहरुले फूल खेतीप्रति देखाएको लगनशीलताका कारण विर्तामोड नगरपालिकाले पनि प्रोत्साहन दिन थालेको छ ।

फूल किसानलाई प्रोत्साहन गर्न विर्तामोड नगरपालिकाले उद्यमी महिला सङ्घलाई बेर्ना खरिद र तालीमका लागि चालु बजेटबाट रु ५० हजार अनुदान दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताए ।

टनेल बनाएर आधुनिक विधिबाट बेमौसमी फूलको खेती गर्दै आउनुभएका विर्तामोड–९ का दलबहादुर अधिकारीलाई समेत नगरपालिकाले रु ६० हजार अनुदान दिएको छ । विर्तामोड नगरपालिकाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले नगरलाई फूलमा आत्मनिर्भर बनाउने योजना अनुरुप प्रोत्साहन प्रदान गरिएको र यस्तो प्रोत्साहन अझै बढाउँदै लगिने बताए ।

उद्यमशील महिला सङ्घ झापाले महिलालाई सयपत्री फूलको खेतीमा लाग्न आग्रह गर्दै आएको छ ।

“थोरै पूँजी र मेहनतमा फूल खेती गर्न सकिन्छ,” सङ्घका अध्यक्ष भट्टराईले भने– “महिला दिदीबहिनीहरु सयपत्री फूलको खेती गर्नूस्, बजार हामी खोजिदिन्छौँ।”

चितवन र काठमाडौँबाट समेत सयपत्री फूलको मालाको माग आउन थालेको बताउँदै उनी भन्छन्– “अहिले भइरहेको खेती अपुग छ । झापामा धेरै ठूलो सम्भावना छ सयपत्री फूल खेतीको ।”

इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बागबानी विषयमा अध्यापन गराइरहेका विकास खनालले झापाको माटो र हावापानी सयपत्री फूल खेतीका लागि उपयुक्त भएको बताए ।

“वर्षेनी विदेशबाट करोडौँको फूल आयात भइरहेको छ तर, हामी स्वदेशमै यसको सम्भावनालाई देख्न सकिरहेका छैनौं,” खनाल भन्छन्–“झापालाई फूल खेतीको पकेट क्षेत्र घोषणा गरेर सरकारले किसानलाई तालीम, प्राविधिक सहयोग र अनुदान दिनुपर्छ ।”

सयपत्री फूल खेतीप्रतिको आकर्षणले मुलुकभरकै माग धान्ने गरी उत्पादन गर्न झापा सक्षम हुने विश्वास विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई व्यक्त गरेका छन् । फूलको परनिर्भरता हटाउन सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अन्य सहुलियत प्रदान गर्नुपर्ने बजार विश्लेषकहरु बताउँछन् । रासस

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ बर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।” महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरुको सुरुआत गरेर  सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरु देखिएको अध्यक्ष ढकालको दाबी थियो ।   महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उहाँको भनाई थियो । उहाँले भन्नुभयो– “पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठओटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।” यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरुमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “यसअघि हामीले आर्थिक मुद्दा अर्थात् मुलुकको अर्थतन्त्रका विषयमा एकमत हुन दलहरुलाई पटक पटक आग्रह गरेका थियौँ । त्यसैले मलाई लाग्छ लगानी सम्मेलनकैदिन बिहान एकै पटक आठ ओटा कानुन अध्यादेशबाट ल्याउँदा पनि सबै दलको सहमति थियो, सबैले स्वागत नै गरे । हामीले पहिलेपहिले कुनै एक अध्यादेश जारी गर्दा पनि विपक्षी दलहरुले विरोध गरेको देखेकै थियौँ । यसरी महासंघको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति विस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि विस्तारै बन्दै गएको छ ।” यतिखेर जिल्ला जिल्लामा जाँदा साना व्यवसायीहरुले लौन हाम्रो सानोतिनो पुजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्यो भन्ने गरेका प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई पनि एकतृत गरी ठूला लगानीमा लगाउन सक्ने बताउनुभयो । यस्तै पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्ब को नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना भइसकेको जानकरी पनि उहाँले दिनुभयो । यो कम्पनीमार्फत् जहाँ जसलाई काम गर्नका लागि पुँजी पुगेको छैन उसले पनि इक्वीटीका रुपमा प्रयोग गर्न सक्ने तथा देशैभरि छरिएर रहेको पुजीलाई एकतृत गरी लगानी गर्न सकिने वातावरण यो कम्पनीमार्फत् सिर्जना हुने उहाँको भनाई थियो । देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले गएको डेढ बर्षमा धेरै काम गरेको उदाहरण पेश गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित सयम भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह पनि गर्नुभयो ।

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

लोकप्रिय