झापामा चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने

झापामा चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने

बनियानी (झापा),  फागुन ६। झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ ।

राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति, २०७३ प्रस्ताव

काठमाडौँ, फागुन ११। परम्परागत आयुर्वेद चिकित्सा उपचार पद्धतिलाई सर्वसुलभ र सरल बनाउने लक्ष्यका साथ नयाँ राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति, २०७३ प्रस्ताव गरिएको छ । नीतिका बारेमा छलफल गर्न मंगलबार आयोजित कार्यशालालाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापाले नीतिको मस्यौदा समयसान्दर्भिक र महत्वाकांक्षी रहेको बताउनुभयो । योगा, पञ्चकर्म, जडीबुटीलगायत आयुर्वेद तथा पूरक चिकित्सा विशेषता पहिचान गरी स्वास्थ्य राष्ट्र निर्माणका लागि सो प्रणालीको महत्व बढ्दै गएको उहाँको धारणा थियो । सो अवसरमा समितिका सदस्यसचिव डा शङ्कर गौतमले नीतिले मुलुकको सङ्घीय प्रणालीअनुसारको संस्थागत संरचना, औषधि गुणस्तर, जडीबुटी प्रवद्र्धन, सर्ने तथा नसर्ने दीर्घ रोगको रोकथाम, ज्येष्ठ नागरिक सेवा, मानसिक स्वास्थ्य, बाल तथा मातृत्व स्वास्थ्य, वातावरणीय स्वास्थ्य प्रवद्र्धनलगायत विषय समेटिएको बताउनुभयो । नेपालमा प्रतिरक्षात्मक, प्रर्वद्धनात्मक, पुनःस्थापनात्मक र उपचारात्मक स्वास्थ्य सेवाका लागि आयुर्वेद प्रणाली सरल र सहज उपाय भएकामा समेत सो अवसरमा जोड दिइएको थियो । मुलकुभर नै प्रत्येक गाउँपालिकामा कम्तीमा पनि एक आयुर्वेद स्वास्थ्यकर्मी उपलब्ध गराउने नीतिमा समावेश गरिएको छ । रासस

लोकप्रिय