झुक्यायो मौसमले

झुक्यायो मौसमले

काठमाडौं, चैत १६ । बिहान काममा निस्कँदा रेनकोट र छाताविना हिँडेको मानिस साँझ घर फर्किंदा भिजेर घर पुग्छ । त्यही व्यक्ति भोलिपल्ट फेरि भिजिएला भन्दै रेनकोट र छाता बोकेर हिँड्छ, तर पानी पर्दैन । यो क्रम मार्च महिना सुरु भएसँगै सबैले भोग्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानमा पनि फरक पर्दै आएको छ । मंगलबार बिहानपख खुलेको आकाश १० नबज्दै धुम्मिएको थियो ।

विभागले सोमबार गरेको पूर्वानुमानअनुसार मंगलबार केही स्थानमा छिटफुट वर्षा हुने देखिए पनि बुधबार भने ३२ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । त्यो पनि अपराह्नपछि साँझसम्मै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यो कुन ठाउँमा हुने वर्षा हो भन्ने विषयमा महाशाखा मौसमविद्हरू नै अन्योलमा परेको देखिन्छ । केही मौसमविद् यो सामान्य प्रक्रिया भएको र अहिले मौसमले नै झुक्याएको बताउँछन् । मौसमविद्का अनुसार सामान्यतः मार्च अर्थात् फागुन–चैत मेघ गर्जनसहित वर्षात् हुने मौसम भए पनि पछिल्ला वर्षमा त्यस्तो वर्षा हुन छाडेको थियो । अघिल्ला वर्षको तुलनामा यस महिनामा बढी नै वर्षात् भएको छ ।

‘वर्षात् मात्र होइन, लामो समयसम्म बदली गराउने प्रणालीको विकाससमेत गराएको छ,’ वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले भने, ‘मार्चको उत्तराद्र्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बदलीसँगै वर्षा भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन । खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ ।’

मार्च महिना बढी पानी पर्ने समय भए पनि यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा नभएको भन्दै उनले उपत्यकामा झन्डै दोब्बर वर्षा भएको बताए । सामान्यतः मार्चमा उपत्यकामा ३५ मिलिमिटर वर्षात् हुने गरेकामा मंगलबार ६५ मिलिमिटर वर्षात् भइसकेको छ । यो अझै केही दिन लम्बिने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणका कारण मौसम बदलीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिम बंगाल र बंगलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघ गर्जनसहितको असिना र वर्षा भएको छ । अर्कातर्फ वायुमण्डलका तल्लो सतहमा बंगालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ ।

जलवाष्पयुक्त हावा वायुमण्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताए । ‘पश्चिमी वायुका साथै पूर्व र मध्य भागमा वायुमण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रवेशले असर देखिएको छ,’ उनले भने, ‘तर यसको वायुमण्डलमा माथिसम्म प्रभाव छैन, जसका कारण पानी पर्न सकिरहेको छैन ।’ यस प्रणालीले मध्य र पूर्वी भागमा असर गरे पनि पश्चिमी भागमा खासै बदली हुने देखिँदैन ।

पूर्वी भागको तल्लो सतहमा सामान्य खालको न्यूनचापीय क्षेत्रको विकासले गर्दा बदली गराएको मौसमविद् अर्यालको भनाइ छ । उनका अनुसार पूर्वी र मध्य भेगमा अझै दुई–चार दिन बदलीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बदली रहनेछ । अहिले प्री–मनसुन पनि चलिरहेको छ । मार्च, अप्रिल र मे महिना प्री–मनसुन अवधि हुन् । जुन महिनाको पहिलो साताबाट मनसुन सुरु हुन्छ ।

मौसमविद् श्रेष्ठले लामो समयदेखि विकास भएको यो प्रणाली मध्य र पूर्वी भेगमा अझै दोहोरिने र यसले मेघ गर्जनसहित असिना पानी र हावाहुरी ल्याउने सम्भावना रहेको बताए । नेपालको पूर्वतिर सर्दै समाप्त हुनुपर्ने प्रणाली मध्य र पूर्वी भेगमा अडिएको छ, यसको असर बंगलादेशमा पनि बढी छ । ‘पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र रहिरहेकाले यो प्रणाली लम्बिने देखिन्छ । यो सुक्खा मौसम हो, मनसुन सुरु भएपछि मात्र पानी पर्नुपर्ने हो, त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिनचाहिँ अनुसन्धान नभई भन्न सकिन्न,’ मौसमविद् श्रेष्ठले भने, ‘नेपालको पूर्वी तथा मध्य भागमा अलि बढी पानी परेको देखिन्छ ।’ मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमा समेत असर पर्नसक्ने आँकलन गरिएको छ ।

यो खबर आजको राजधानीमा छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय