टोखामा बिस्केट जात्रा सुरु

टोखामा बिस्केट जात्रा सुरु

काठमाडौँ, चैत १४ । ऐतिहासिक तथा प्राचीन नगरी टोखामा यस वर्षको बिस्केट जात्रा सुरु भएको छ ।

स्थानीय गणेश मन्दिर नजिकैको चोकमा विभिन्न रङ्गीचङ्गी ध्वजा पताकाले सिँगारिएको लिङ्गो ठड्याइएपछि जात्रा सुरु भएको हो ।

नयाँ वर्षको स्वागतका लागि यहाँ बिस्केट जात्रा गर्ने परम्परा छ । यही चैतको अन्तिम सातामा शुभ साइत हेराएर त्यस क्षेत्रका स्थानीय विभिन्न देवदेवीको पूजा तथा बिस्केट जात्राका लागि निमन्त्रणा गर्ने गरिन्छ ।

आगामी वैशाख ६ गतेसम्म जारी रहने उक्त जात्राका अवधिभर स्थानीय गणेश भैरवको जात्रा निकालिन्छ । त्यसैगरी स्थानीय शक्तिपीठमा पञ्चबलिको व्यवस्था गर्नुपर्छ । त्यस्तै सपनतीर्थ पोखरीमा स्नान गर्नका लगि मेला लाग्ने गर्छ ।

प्राचीन समयमा विभिन्न दानवीय शक्तिले त्यस क्षेत्रमा नगरवासीलाई दुःख दिएकाले तिनलाई सुरक्षित राख्नका लागि सो जात्रा निकाल्ने प्रचलन सुरु गरिएको स्थानीयवासी मनिराज डङ्गोलले जानकारी दिए ।

त्यहाँको सो जात्रा अलि फरक रहेकाले जिब्रो छेड्ने प्रचलन भने छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सो जात्रा प्रवद्र्धन गर्न संस्कृतिविद् तथा स्थानीयवासीले पहल गरिरहेका छन् ।

त्रिदेवीको खटजात्रा

भद्रकाली, सङ्कटा र कङ्केश्वरी अजिमाको मूर्तिलाई आज घोडेजात्राका दिन खटजात्रा गरिएको छ ।

प्रत्येक वर्ष आजकै दिन ती देवीलाई एकापसमा भेट गराउनका लागि खटमा राखेर टुँडिखेलमा जात्रा गर्ने परम्परा छ । ती देवी दिदीबहिनी भएको जनविश्वास छ । काठमाडौँमा तीनै देवीलाई ठूलो शक्तिपीठका रुपमा लिइने गरिएको छ ।

विशेष बाजागाजासहित सम्बन्धित गुठीका प्रतिनिधिले ती देवीलाई खटमा सिँगारेर जात्रा सम्पन्न गरेका हुन् । सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएको सो जात्रामा सहभागी भएमा रोग व्याधिबाट मुक्त भई पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने कङ्केश्वरी अजिमाका प्रतिनिधि रमेशमान मुनिकारले जानकारी दिए ।

त्यसैगरी काठमाडौँका नेवार समुदायले परम्परागत घोडेजात्रा पर्वलाई आज उत्सवका रुपमा मनाएका छन् । सो समुदायले दसैँपछिको ठूलो पर्वका रुपमा घोडेजात्रालाई मनाउने र आफन्त तथा इष्टमित्रलाई बोलाएर भोज भतेर गर्ने परम्परा छ । ती समुदायका एकथरिले आज चैते दसैँ र अर्काथरिले घोडेजात्रा मनाउने गर्छन् ।

माओवादी केन्द्रको ठहर– सरकार निजामति ऐनमा ढिलाई गर्न चाहन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आरोप लगाएको छ। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले निजामती विधेयकमा ढिलाइ गरिरहेको आरोप लगाएका हुन्। उनले समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू मात्रै आउने र मन्त्री नआउने गरेको गुनासोसमेत गरे। मन्त्रालयले आफ्ना धारणा नराख्ने र सांसदहरूलाई मात्रै बोल्न लगाउने गर्दा सार्थक छलफल नहुने उनको भनाइ थियो। उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्यहाँ बस्ने हाम्रा कर्मचारीहरू सबैभन्दा बढी आउनुपर्ने हो। जसले डे टु डे कर्मचारीलाई परेका समस्या केके हुन्, राष्ट्रलाई परेका समस्या केके हुन्, विकास गर्नलाई र अझ यसलाई राम्रो बनाउन केके गर्नुपर्छ भनेर त्यो मन्त्रालयसँग सम्बन्धित छलफल, धारणा, कहिले बुझ्ने हो? मलाई लाग्छ, सबैभन्दा महत्त्वपूर्णवस्तु यो हो। सामान्य प्रशासन हेर्ने मन्त्रीज्यू नै नआउने, त्यसपछि हामी छलफल अघि बढाइरहने? आफ्नो कुरा नराख्ने, टिमले टिप्ने मात्रै। यो विधेयकलाई कतै ढिलो गर्न खोजेको पो हो कि? यो विधेयक त संघीयतासँग सम्बन्धित विधेयक हो। यो विधेयकले त प्रदेशमा असर गरेको छ। यसले त संघीयता कार्यान्वयनलाई असजिलो बनाएको छ।’ बैठकमा एमाले सांसद ठाकुरप्रसाद गैरेले निजामती क्षेत्रमा प्रवेशको प्रक्रियालाई निष्पक्ष, पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए। जागिरको समग्र आवधिक र समग्र मूल्यांकनको लागि ऐनले निश्चित दिशानिर्देश गर्नुपर्ने उनको धारणा थियो। दण्ड सजाय र पुरस्कारको प्रबन्धका बारेमा यसले स्पष्ट दिशानिर्देश गर्नुपर्ने पनि उनको धारणा थियो।  

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।  प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ । यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आरका वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।  प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

‘चिसोबाट बच्न सावधानी अपनाउनू’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ।  शुक्रबार अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै प्राधिकरणले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो।   मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ।  शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने विभागको पूर्वानुमान  छ। रासस

बढ्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं  । नेपाली बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले बढेको हो। आज सुन तोलामा एक लाख ५० हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार सुन तोलामा एक लाख ५० हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढे र १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

लोकप्रिय