देउवाले माओवादी, फोरम लोकतान्त्रिक सहितका दलको समर्थनमा प्रधानमन्त्रीमा उम्मेदवारी दिएका छन् । यद्यपि नेकपा एमालेको संसद अवरोध जारी नै रहेका कारण भोलि नै निर्वाचन हुने सम्भावना भने कम छ ।
‘उहाँले भोट भाग्नु भो, हामीले हाम्रा मुद्दाप्रति सहमत हुने र समाधान गर्नेलाई सहयोग गर्न सकिन्छ भन्यौं, राजपाका नेता राजेन्द्र महतोले भने । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा शनिबार भएको छलफलमा देउवाले भोट मागेका छन् । जवाफमा राजपाका नेताहरुले आफूहरुको मुद्धासँग सहमति हुनेलाई विगतमा सहयोग गरेको र भोलि पनि गर्ने बताएका छन् ।
देउवाले प्रचण्ड सरकार गठनका क्रममा भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताए ।