देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न अव सक्दैन : रायमाझी

देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न अव सक्दैन : रायमाझी

अर्घाखाँची, कात्तिक १७ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु अब धान्न नसक्ने भएकोले दुई पार्टी पद्धती राम्रो हुने बताएका छन । त्यसैकारणले अहिले वाम एकता शुरु भएको बताए ।

बिहीबार प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उम्मेदवारहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझी
माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका तर्फबाट अर्घाखाँचीबाट उम्मेदवारी मनोनयन गरेका टोपबहादुर रायमाझीले राजनीतिक क्रान्ति सम्पन्न भई आर्थिक समृद्धीको लागी आफनो उम्मेद्धवारी दर्ता भएको बताएका छन् ।

जिल्लालाई नमुना जिल्ला बनाउनको लागि मैले उम्मेदवारी दिएको हुँ उनले भने, ‘निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो, हामी देशको मूल कानुन बनाएर स्थानीय तहको निर्वाचन गरि केन्द्र र प्रदेशको निर्वाचनमा जाँदै छौ । यो संविधान कार्यान्वयनको चरण हो । अब देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न नसक्ने भएकोले दुई पार्टी पद्धती राम्रो हुन्छ । ’

नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसी
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार डा। रामबहादुर बिसीले अर्घाखाँचीका जनताको स्वास्थ्य क्षेत्रको विकास गर्नका लागि आफू लागि पर्ने बताए । जिल्लाको विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।

उनले पनि जिल्लालाई नमुना जिल्ला बनाउने अभियानमा लाग्ने आश्वासन दिए । केही साथीहरु गणितीय हिसाबले अगाडि भए पनि जनताले यस पटक फरक व्यक्ति खोजेकोले मैले जिल्ने निश्चित छ उनले भने ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बिसी
राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बि।सीले देशलाई बैदेशिक हस्तक्षेपबाट बचाई राख्न र संघियताको खारेजीकालागी आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘संविधान संशोधन गर्ने र देशलाई टुक्राउन खोज्नेसंग हाम्रो चुनावी तालमेल हुँदैन’ उनले भने ।

‘बाम गठबन्धनसंग चुनावी तालमेलबारे छलफल भैरहेको छ, कुरा मिलेमा आफूले उम्मेद्धवारी फिर्ता गर्नसक्ने सम्भावना छ’ उनले भने ।

नयाँ शक्तिका छन्द पन्थी
नयाँ शक्ति नेपालका प्रतिनिधी सभाका उम्मेदवार छन्द पन्थीले आर्थिक सम्बृद्धिका लागि नयाँ बिकल्पको रुपमा नयाँ शक्तिले देश भरबाट विजयी हासिल गर्ने बताए ।

विवेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्र
विवेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्रले नयाँ सोचका साथ आफूहरु अर्घाखाँचीको चुनावी मैदानमा उत्रिएको बताए । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक तरिकाबाट अगाडि बढ्ने भएकाले यस पटक आफूले जित्ने दाबी गरे ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय