धनगढी उपमहानगरमा कांग्रेसले छान्यो दलित समुदायबाट मेयरमा उम्मेदवार

धनगढी उपमहानगरमा कांग्रेसले छान्यो दलित समुदायबाट मेयरमा उम्मेदवार

धनगढी, जेठ २१ । राजनीतिक पार्टीहरुले दलित, महिला लगायत सामाजिकरुपमा अपहेलित र विभेदमा परेका समुदायलाई मुख्य नेतृत्वमा उम्मेदवार बनाउन नसकेको बेला कैलालीमा भने नेपाली कांग्रेसले दलित समुदायबाट उम्मेदवार छनौट गरेको छ ।

नेपाली कांग्रेसले प्रदेश नं. ७ कै केन्द्रका रुपमा चिनिने धनगढी उपमहानगरपालिकाको मेयरमा दलित समुदायबाट आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि नृपबहादुर वडलाई उम्मेदवार चयन गरेको छ ।
काँग्रेस केन्द्रीय पदाधिकारीको बैठकले धनगढी उपमहानगरसहित कैलालीका ५ नगरपालिकामा प्रमुखका उम्मेदवारको टुङ्गो लगाएको  हाे । ती तहमा उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ ।

पदाधिकारी बैठकले गौरीगंगा नगरपालिकाको प्रमुखमा दिनेश जोशी, लम्की–चुहामा भक्तबहादुर थापा, टीकापुरमा जंगबहादुर साउँद, भजनीमा बीरबहादुर हमाल र घोडाघोडीमा रीता चौधरीलाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको एक जना केन्द्रीय सदस्यले जानकारी दिए । ती केन्द्रीय सदस्यका अनुसार उपप्रमुखका उम्मेदवारको टुङ्गो  यही जेठ २५ गतेको बैठकले लगाउने छ । नेकपा माओवादी केन्द्रसंग तालमेल हुने चर्चा रहेको अत्तरिया नगरपालिकामा उम्मेदवार चयन हुन सकेको छैन ।

काँग्रेस कैलालीका सचिव प्रकाश बमले धनगढीसहित जिल्लाका केही तहमा केन्द्रले उम्मेदवार चयन गरेको जानकारी आएको बताए । उनले निर्णय भए पनि निर्णय औपचारिक रुपमा सार्वजनिक नभएको बताए ।
धनगढी उपमहागरपालिकाको मेयरका उम्मेदवार वड काँग्रेसका धनगढी नगर सभापति पनि हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय उनले काँग्रेसमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । काँगे्रसभित्र नेता कृष्णबहादुर महरा पनि धनगढीको मेयरको उम्मेदवारका लागि प्रवल दावेदार थिए ।
‘पार्टीले उम्मेदवार बनाइएको जानकारी दिंदै फिल्डमा गएर चुनावको तयारीमा खट्न निर्देशन दिएको छ ।’ काठमाण्डौंमा रहेका उम्मेदवार वडले भने–‘उम्मेदवार बनाएर पार्टीले मलाई ठूलो जिम्मेवारी दिएको महसुस गरेको छु ।’ उम्मेदवारका आकांक्षी सबैलाई मिलाएर चुनाव जित्ने जिम्मेवारी आफूले पुरा गर्ने उनले बतँए । नगरमा उम्मेदवार छनौटमा देखिएको विवाद कम हुँदै गएको उल्लेख गर्दै उनले असन्तुष्ट सबैलाई मिलाएर चुनावी अभियानमा लाग्ने बताए । धनगढी नेपाली काँग्रेसको गढ भएकाले जित्नेमा आफू ढुक्क रहेको उनको दावी छ ।

नगर प्रमुखमा विजयी भए एसियाली विकास बैंकको सहयोगमा लागू भएको क्षेत्रीय सहरी विकास कार्यक्रम तथा सघन सहरी विकास कार्यक्रमको कार्यान्वयन, नगर क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहने उनले बताए । उम्मेदवार वडले विकासका पूर्वाधारमार्पmत धनगढीलाई नमुना सहरको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत केही दलले उपमहानगरपालिकाका उम्मेदवार यसअघि नै चयन गरिसकेका छन् । ती दलहरु उम्मेदवार चयन गरेर जनताका घरदैलोमा मत मागिरहँदा काँग्रेस भने उम्मेदवार विनै मत मागिरहेको थियो ।

एमालेले मेयरको उम्मेदवारमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणी देवकोटा, माओवादीले मेयरमा रामसमझ राना र उपमेयरमा शान्ती अधिकारी क्षेत्री तथा राप्रपाले मेयरमा विष्णुबहादुर साहु र उपमेयरमा जनक कुमारी कुँवरलाई उम्मेदवार बनाएको छ । यस्तै व्यवसायी गोपाल हमाल पनि मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावमा उत्रिएका छन् । १९ वडा रहेको यस उपमहानगरपालिकामा ७६ हजार ४ सय ३० जना मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ६ अन्तरगत पर्ने धनगढीबाट गएको संविधानसभा निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए । देउवाले छाडेपछि भएको उपनिर्वाचनमा पनि काँग्रेसकै पुष्कर ओझा विजयी भएका थिए । पहिलो संविधान सभाको निर्वाचनमा भने माओवादीका तत्कालिन नेतृ लिला भण्डारीले जित हासिल गरेकी थिइन ।

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिनुभयो । आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन सरकारलाई आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’ यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गर्नुभयो । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भन्नुभयो– ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’ सरकारले ७० नम्बर ल्याएको प्रचार गरेकोप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले कांग्रेसको बैशाखी टेकेर दुई तिहाईको घमण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उहाँको टिप्पणी थियो । अध्यक्ष ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभयो । उहाँले नक्कली भूटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ उहाँले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताउनुभयो । उहाँले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गर्नुभयो । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दानपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो । आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो । भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको दिएकोमा कांग्रेस एमालेलाई धन्यवाद दिनुभयो । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताउनुभयो । ‘माओवादीले थालेको सुशासनको रेडर्क कसैले मेटाउन सक्ने छैन’ अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड भएको बताउनुभयो । अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरुलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठूलो त्रासको रुपमा देखिन थालेको र जनतालाई फेरि एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हक अधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताउनुभयो । उहाँले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताउनुभयो । उहाँले माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताउनुभयो । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन् ।’ उहाँले अब आफूहरुले जनता छोराछोरीलाई बन्दुक होइन, उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताउनुभयो । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताउनुभयो । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उहाँले बताउनुभयो । ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको खण्डन अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्नुभयो । उहाँले पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताउनुभयो । ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’ ‘सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?’ अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा बिरोध गर्नुयभो । उहाँले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् ।’ कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रुपमा गलत ब्याख्या गरेको उल्लेख गर्दै उहाँले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारवाही गर्ने प्रवृत्तिको बिरोध गरेको बताउनुभयो ।

कांग्रेस-एमाले जस्ता भ्रष्ट दलहरुसँग सहकार्य गर्नु गल्ती थियो : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई बताउनुभएको हो । उहाँले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गर्नुभयो । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो ।  आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो । भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको बताउनुभयो । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताउनुभयो ।

प्रचण्डको प्रश्न– भूटानी शरणार्थी लगायतका काण्ड कहाँ पुग्यो ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभएको छ। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।  उहाँले नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’ यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भनने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गर्नुभयो । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन रु’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भन्नुभयो– ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभदै भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’ सरकारले ७० नम्बर ल्याएकोमा प्रचार गरेकोप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर रु मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो।दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास। आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुई तिहाईको घडण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उहाँको टिप्पणी थियो ।

प्रचण्डको प्रश्न– सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा बिरोध गर्नुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उहाँले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् ।’ कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रुपमा गलत ब्याख्या गरेको उल्लेख गर्दै उहाँले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारवाही गर्ने प्रवृत्तिको बिरोध गरेको बताउनुभयो ।  उहाँले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताउनुभयो ।

लोकप्रिय