धाइजनको सहिदमार्ग पुनः सूचारु हुने

धाइजनको सहिदमार्ग पुनः सूचारु हुने

झापा, फागुन १६ । निर्माणाधिन अवस्थामै अलपत्र परेको झापाको दुहागढी—६ धाइजनमोडदेखि दुहागढी—१ जोडिने सहिदमार्ग पुनः सूचारु हुने भएको छ ।

नव सृजनशील युवा समाजले स्थानीयबासी, निर्माण समिति र सम्बन्धित ठेकेदारसँग सोमबार आयोजना गरेको ‘समस्या र त्यसको सामाधान’ विषयक छलफल ठेकेदारले प्रतिबद्धता जाहेर गरेपछि उक्त मार्ग मंगलबारबाट सुचारु हुने भएको हो ।

सहिदमार्ग निर्माण निपरन्तर नहुँदा धुँलो र धुवाका कारण आफूहरुलाई समस्या परेको भन्दै स्थानीयबासीले चाडो निर्माण गरिदिन ठेकेदारलाई ध्यानाकर्षण गराका थिए । सोही क्रममा ठेकेदार ‘दीवा झापाली जेभी व्लिडर्स’ का प्रबन्ध निर्देशक शेरबहादुर थापाले काम सूचारु गर्दा स्थानीयको सहयोग भए मंगलबारबाटै कालोपत्रको काम सूचारु गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

२०७३÷०७४ मा सहिदमार्गको स्तरोन्नतिका लागि क्षेत्र नम्बर २ का सभाषदको सांसद विकास कोष र स्थानीय निकायको गरी ३ करोड १५ लाख निकासा भएपछि ०७३ साल बैसाखबाट उक्त बाटोको निर्माण सुरु गरिएको थियो । एक चरणको कामपछि ठेकेदारले बाटो निर्माणमा ससाना समस्या आएको भन्दै ठेकेदारले निर्माण रोकेको थिए ।

५ किलोमिटर २ सय मिटर लम्बाई र ४० फुट चौडाई रहेको उक्त सहिदमार्गमा ‘डबल वेस सकेस डेसिङ’ को कालोपत्रे गरिने ठेकेदार थापाले भनाई छ । उनले मंगलबारदेखि बाटो खन्ने काम सुरु गर्ने र ३० डिग्री सेल्सियस मौसम भएपछि कालोपत्रे गरिने बताए ।

कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सर्वसाधारणले ठेकेदारप्रति देखाएको सहानुभूतिलाई ठेकेदारले अनुशरण गर्दै चाडो भन्दा चाडो निर्माण सूचारु गर्न आग्रह गरेका थिए । प्रतिउत्तरमा कम्पनीका साइड इन्चार्ज मौसम थापाले बाटो निर्माण गर्दा सुरुदेखिको अवस्थाका विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा निर्माण समिति र स्थानीय नव सृजनशील युवा समाजले बाटो रेखदेख तथा अनुगमन गर्ने समेत निर्णय भएको छ । नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतले समयमै बाटो निर्माण नहुँदा धुलोका कारण स्थानीयवासी आक्रान्त बनेको ध्यानाकषर्ण गराउँदै निर्माणमा कुनै पनि समस्या आए स्थानीयको तर्फबाट ठेकदारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

त्यसैगरी अभिनारायण मैनाली, कृष्ण सुवेदी, गोपीराज मैनाली, सूर्य कडरिया, श्याम राजवंशीलगायतले समयमै बाटो निर्माण नहुँदा आफूहरु पीडित भएको भन्दै चाडो निर्माण गर्न ठेकदारलाई सुझाव दिएका थिए । बद्री महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश उप्रेतीले गरेका थिए ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय