नयाँ ग्यास उद्योग दर्ता र सञ्चालन नदिन व्यवसायी आंदोलित

नयाँ ग्यास उद्योग दर्ता र सञ्चालन नदिन व्यवसायी आंदोलित
  1. काठमाडौं, ४ फागुन । खाना बनाउने ग्यास उद्योगीले नयाँ उद्योग दर्ता र सञ्चालनमा आउन नदिनका लागि दबाब दिने निर्णय गरेका छन् । नेपाल आयल निगमले नयाँ ग्यास उद्योगको इजाजत वितरण थालेकाले त्यसलाई रोक्न उद्योगीहरू एकजुट भएका हुन् ।

अाजको नयाँ पत्रिकामा खबर छ– मंगलबार एलपी ग्यास उद्योग संघ आबद्ध उद्योगी बैठक बसेर नयाँ उद्योग खोल्न नदिनका लागि शुरुवाती चरणमा दबाब दिने निर्णय गरेका छन् । उनीहरूले बुधबार बिहान आपूर्तिमन्त्री दीपक बोहरालाई नयाँ उद्योग सञ्चालनमा आउन नदिने विरोधको निर्णयसहित विभिन्न १७ बुँदे माग राखेर ज्ञापनपत्र बुझाउँदै छन् ।
संघ अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबारको बैठकबाट ग्यास कारोबारलाई व्यवस्थित र उपभोक्तामुखी बनाउने निर्णय गरेको बताए । ‘हामीले गरेको निर्णयअनुसार नियम, विनियम बनाउन र अहिले भइरहेका गलत क्रियाकलाप रोक्न आपूर्ति मन्त्रालयलाई ध्यानकर्षण गराउन लागेका हांँ,’ उनले भने । ०६९ मा मन्त्रालयले मुलुकभर रहेका ५३ ग्यास उद्योग बढी भएकाले थप दर्ता गर्न नपाइने भन्दै अनुमति माग गर्ने २८ उद्योगको आवेदन फर्काइदिएको थियो ।

तर, निगममा २ वर्षअघि प्रबन्ध निर्देशकको कार्यभार सम्हालेका गोपालबहादुर खड्काले आफूखुसी नयाँ ग्यास उद्योगको इजाजत वितरण गरिरहेको उद्योगीहरूको आरोप छ । निगमले ग्यास विनियमावली, ०६५ लाई संशोधन गरी नयाँ उद्योग ल्याउनका लागि कानुनी बाटो खुला गर्ने प्रयत्न निगमले गरिरहेको छ ।

उद्योगीको आठ निर्णय
-आयल निगमले ग्यास विनियमावली, ०६५ लाई संशोधन गरी सजिलै नयाँ उद्योग दर्ता गर्न दिने तयारी थालेको छ । अहिले ५३ उद्योग रहेको र यो संख्या बढी भएकोले घटाउन दबाब बढेको छ । त्यसैले नयाँ उद्योग दर्ता गर्न नदिने ।
-ग्यास उद्योगीले सिलिन्डर दुर्घटनाबाट हुने क्षतिबापत १ करोड रुपैयाँसम्मको बिमा भुक्तानी गर्ने । यसमा उपभोक्ता, विक्रेता, उद्योगी र सिलिन्डर निर्माता कम्पनी कसको दोषले सिलिन्डर विस्फोट भएको भन्ने विश्लेषण गर्ने मापदण्ड सरकारले बनाइदिनुपर्ने ।
-यो वर्षदेखि उद्योगीले सुरक्षित रूपमा ग्यास प्रयोगका लागि सचेतनाको थालनी गर्ने । २० असार ०७० मा सरकारले ७५ प्रतिशत र उद्योगीले २५ प्रतिशत सचेतनामा खर्च गर्ने निर्णय भएको थियो । त्यसको कार्यान्वयन गरी सचेतनामा तीव्रता दिनुपर्ने ।
-सरकारले ग्यासको मौज्दात राख्न बेग्लै भण्डारण गृह बनाउने भनेको छ । उद्योगीले हाल भएकै बोटलिङ प्लान्टको क्षमता बढाएर १ लाख ४२ हजार मेट्रिकटनको पुर्‍याउने र सुरक्षा सुविधा थपेर आधुनिक मेसिनरी जडान गर्ने प्रस्ताव ।
-अहिले निगमले ग्यास खरिद अनुमति (पिडिओ) का लागि भारतीय आयल कर्पोरेसन (आइओसी) का रिफाइनरीलाई लिखित पत्राचार गर्दै आएको छ । त्यसका लागि झन्डै एक साता लाग्ने गरेको छ । उद्योगीले इमेलबाट पिडिओको सूचना जाने र निगमको पत्र बोकेर जानुपर्ने झन्झटलाई हटाउनुपर्ने ।
-नेपाली बुलेट सञ्चालनका लागि भारतको एक्स्प्लोसिभ डिपार्टमेन्ट सुरक्षा खतरा परीक्षण गरी प्रमाणपत्र दिएको छैन । जसकारण नेपाली बुलेट सञ्चालनमा आउन सकेका छैनन् । आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबाट सञ्चालनका लागि चाँडो पहल गर्नुपर्ने ।
-सरकारले फाइबरको ग्यास सिलिन्डर प्रयोगमा ल्याउन सक्ने मापदण्ड स्वीकृत गरेको छ । भारतमै प्रयोगमा नआएको र प्रतिसिलिन्डर खरिद मूल्य ८–९ हजार रुपैयाँ पर्ने भएकाले तत्काल कार्यान्वयन नगर्न माग गर्ने ।
-उद्योगी र विक्रेताको कमिसन ०७० यता वृद्धि भएको छ । उद्योगीले ३२ रुपैयाँ र विक्रेताले ३० रुपैयाँ प्रतिसिलिन्डर नाफा लिइरहेको छ । मुनाफादर बढाउन दबाब दिने ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय