निर्वाचन लक्षित सप्तरीमा छ हजार सुरक्षाकर्मी परिचालन !

निर्वाचन लक्षित सप्तरीमा छ हजार सुरक्षाकर्मी परिचालन !

राजविराज, भदौ २३ । प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको बताएका छन् ।

त्यस्तै दुई हजारभन्दा बढी सशस्त्र प्रहरी निर्वाचनमा खटाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले जानकारी दिए ।

प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात/सातजना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा पाँच÷पाँचजना सशस्त्र प्रहरीलाई खटाइएको प्रहरी उपरीक्षक यादवले बताए ।

त्यस्तै नेपाल प्रहरीले पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लामा ४६२ मतदान केन्द्र र २९५ मतदान स्थल रहेको छ । जसमा सुरक्षाको दृष्टिकोणले २२४ अतिसंवेदनशील र २३८ संवेदनशील मतदान केन्द्र रहेको सप्तरीका प्रहरी प्रमुख सिंहले बताए ।

यता मतदान हुने दिन असोज २ गते सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेरा बनाएर सुरक्षा दिने प्रहरी उपरीक्षक सिँहले भन्नुभयो । आवश्यकता परेकामा थप प्रहरी छिमेकी जिल्लाबाट ल्याउने उनले बताए ।

जिल्लाको १८ वटै स्थानीय तहका लागि ४६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटाइने जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेशकुमार ठाकुरले जानकारी दिए ।

जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा १६५ वडा रहेका छन् । जिल्लामा तीन लाख ३१ हजार ७९ मतदाता संख्या रहेको छ । एक लाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी मतदाता छन् ।

सप्तरीमा स्वतन्त्रसहित पाँच हजार ६८३ जना चुनावी मैदानमा

असोज २ गते प्रदेश नं.२ मा हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीमा स्वतन्त्रसहित कुल पाँच हजार ६८३ जना विभिन्न राजनीतिक दलका उमेदवारको उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीकाअनुसार जिल्लामा रहेको १८ वटा स्थानीय तहमध्ये नौवटा नगरपालिकाको प्रमुखमा १०३ जना, नौवटा उप–प्रमुखमा ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यस्तै ९ वटा गाउँपालिकाको प्रमुखमा ११४ जना र उपप्रमुखमा ७४ जनाले उम्मेदवारी दिएका छन् । कुल १६४ वटा वडाका लागि प्रमुखमा भने एक हजार २१७ जनाले उम्मेदवारी दिएको बताइएको छ ।

यस्तै वडा सदस्यका लागि ३२८ सदस्यमध्ये दुई हजार ३० जना र १६४ दलित महिला सदस्यका लागि ९८२ जना र १६४ महिला सदस्यका लागि एक हजार ७४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज नगरपालिकाको प्रमुखमा तीनजना स्वतन्त्रसहित १३ जना, उपप्रमुखमा नौ जना, वडाध्यक्षमा १२५ जना, सदस्यमा २०६ जना, दलित महिला सदस्य ८८ जना र महिला सदस्यमा १०६ जना गरी कुल ५४७ जनाको उम्मेदवारी परेको छ । रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय