नेप्से हरियो अंकमा पुग्दा किन खुशी देखिएनन् त शेयरबजारका लगानीकर्ता ?

नेप्से हरियो अंकमा पुग्दा किन खुशी देखिएनन् त शेयरबजारका लगानीकर्ता ?

काठमाडौं । तरलता अभावको मारमा शेयरबजार परेको छ । बैंकहरुसँग लगानी योग्य पुँजी अभाव हुन थालेपछि त्यसको प्रत्यक्ष असर दैनिक शेयर कारोबार रकममा देखिन थालेको हो । बैंक तथा वित्तीय संस्थाले सजिलै सेयर कर्जा उपलब्ध गराउन नसक्दा कारोबार रकम २० करोड हाराहारीमै सीमित भएको हो । लगानी योग्य पुँजी अभाव हुँदा कर्जाको ब्याजदर पनि चुलिएको छ ।

बैंकहरुले १५ प्रतिशत हाराहारीमा सेयर कर्जाको ब्याज लिइरहेका छन् । ब्याजदर महँगो भएकाले पनि लगानीकर्ता बजारप्रति खासै उत्साहित हुन नसकेका हुन् । ब्याजदरको प्रत्यक्ष प्रभाव बुधबारको शेयरबजारमा पनि देखिएको छ । बजार नाप्ने नेप्से सूचक हरियो भए पनि कारोबार रकम भने निकै सुस्त देखिएको छ । बजारको दिगो विकास हुन सूचकसँगै कारोबार रकममा पनि तेजी आउन जरुरी हुन्छ ।

यतिबेला पुँजी बजारलाई नयाँ गति दिन सरकारी प्रयास अत्यावश्यक देखिएको छ । बजार सुधारका लागि सरकारले गतिलो कदम नचालेसम्म लगानीकर्तामा नयाँ जोश आउने देखिंदैन । सरकारले शेयरबजार सुधारका लागि गैरआवासीय नेपालीलाई लगानी खुला गरिदिनुपर्छ । यस्तै, अनलाइन प्रणाली भित्रिन सके बजारले नयाँ गति लिने अपेक्षा गर्न सकिन्छ ।

बढ्दो आपूर्ति व्यवस्थापन गर्न बजार निर्माता पनि आवश्यक छ । यसैगरी, सेयर शिक्षा दिएर गाउँगाउँमा चेतना विस्तार गरिनुपर्छ । ब्रोकरको क्षमता विस्तार गरी गाउँगाउँमा पुर्याउने, बैंकलाई ब्रोकर लाइसेन्स जस्ता विधि अपनाएर पनि सेयर बजारको विकासमा सहयोग पुर्याउन सकिने अवस्था छ ।

नेप्से सूचक बुधबार ४.०६ अंकले बढेर १२८५.९६ विन्दुमा अडिएको छ । समग्रमा बजार ०.३२ प्रतिशतले बढेको हो । कुल १५६ कम्पनीको १८ करोड ४५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कुल ६ लाख २३ हजार ८८५ कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेमा ९ वटा समूहको कारोबार भएकामा ६ वटा समूहको सूचकमाथि लागेका छन् भने ३ समूहका सूचक राता देखिएका छन् । बिमा समूहको सूचक सबैभन्दा धेरै २९.२१ अंकले बढेको छ । माइक्रो फाइनान्स समूहको सूचक पनि ८.५७ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूह ३.७३ अंकले बढ्दा उत्पादनमूलक समूह भने ६.८२ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको १ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र एभरेष्ट बैंक परेका छन् ।

कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी

नेपालीपैसाबाट साभार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय